Nov 25, 2024

तेस्रो स्वर्गदूतको चर्को आवाज

SCRIPTURE READING — प्रकाश १८:१

यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्वी उज्यालो भयो।
प्रकाश १८:१
तेस्रो स्वर्गदूतको आवाजसँग आफ्नो आवाज मिसाउन खटाइएको अर्को शक्तिशाली स्वर्गदूत पृथ्वीमा ओर्लेको मैले देखेँ। उनको सन्देश चर्को र प्रभावकारी तरिकाले तेस्रो स्वर्गदूतसँग एक भएर घोषणा गरेका थिए। कसैले अपेक्षा नगरेको महाशक्तिद्वारा विश्वव्यापी काम गर्नेछ भनेर यहाँ वर्णन गरिएको छ।
स्वर्गदूतलाई महाशक्ति र तेजिलो महिमाले सुसम्पन्न गराएको थियो। जब उक्त स्वर्गदूत पृथ्वीमा ओर्ले तब सारा पृथ्वीनै उनको महिमा र तेजले चकमन्न भएको थियो। यस स्वर्गदूतबाट निस्केको ज्योतिको किरण संसारको सबै कुनाकाप्चामा छिरेको थियो। अत्यन्तै चर्को स्वरले उनी कराउँदै पृथ्वीको वरिपरि घुमे, “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।” प्रकाश १८:२। दोस्रो स्वर्गदूतलाई दिएको सन्देशसँगै बेबिलोनको पतनको सन्देश दोहोरिएको थियो। १८४४ पछि विभिन्न चर्चहरूमा घुसपैठ गरेका भ्रष्ट तत्वहरूको थप भन्डाफोर गर्दै त्यो सन्देश दिइएको थियो। जब तेस्रो स्वर्गदूतको सन्देशले महान् काम गरिन्छ तब स्वर्गबाट आएको स्वर्गदूत तेस्रो स्वर्गदूतसँग ठिक समयमा मिल्दछ र ती दुवै स्वर्गदुतहरूका आवाज अत्यन्तै चर्को हुन्छ। परमेश्वरका जनहरू एकदम सतावट र परिक्षाको घडीमा उभिन तयार पार्न त्यो आवाज वर्षेको थियो। परमेश्वरका जनहरूले ठुलो सतावटको सामना छिट्टै गर्नुपर्नेछ। तर परमेश्वरमा आस्थावान र निष्ठावानमा अडिग रहनेहरूमाथि ठूलो ज्योति परिरहेको मैले देखेँ। अनि तिनीहरू निडर भएर एक हुँदै तेस्रो स्वर्गदुतसँग मिलेर यो सन्देश घोषणा गरेका थिए, त्यसपछि तेस्रा स्वर्गदुत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्याे पशु र त्यसको मर्तिलाई पुज्याे र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ। प्रकाश १४:९-१० ।
शक्तिशाली स्वर्गदूतलाई सहयोग गर्न स्वर्गबाट स्वर्गदूतहरू खहटाइएका थिए, मैले यी आवाजहरू पृथ्वीमा जताततै घन्किरहेको सुनेँ, “हे मेरा जनहरू बेबिलोनीय भ्रष्ट चर्चहरूबाट निस्केर आओ।“ परमेश्वरको महिमा धैर्यतासाथ पर्खिरहने सन्तहरूमाथि परेको थियो अनि निडर भएर अन्तिम गम्भिर र महत्त्वपुर्ण सन्देश यो सन्देश पृथ्वीमा जताततै घोषणा गरिरहेका थिए, “बेबिलोनको पतन भयो। परमेश्वरका जनहरू तिनीहरूबाट निस्केर आओ ताकि आउनेवाला भयानक विध्वंसबाट बचुन्।”
जुन ज्योति स्वर्गदुतबाट निस्केको थियो त्यो ज्योति संसारको सबै ठाउँहरूमा छेडिएको थियो। कतिपय ती चर्चहरूमा पनि परेको थियो जसका मानिसहरूले तीन स्वर्गदुतहरूका सन्देशहरू पहिला नसुनेतापनि भ्रष्ट चर्चहरूबाट निस्कन आह्वानलाई सहस्र स्वीकारेका थिए।
३३०

previous
अघिल्लो
अर्को
previous
chat