Nov 16, 2024

सकल र नकल आत्मिक वा आध्यात्मिक जागरण

SCRIPTURE READING — मत्ती ७:१६-१८

तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिननेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञजीर टिपिन्छ र? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्छ।
मत्ती ७:१६-१८
यस पृथ्वीमा धर्मी र अधिर्मी मानिसहरू अलग गर्न परमेश्वरको अन्तिम आगमन पहिले एक विशेष झुण्ड यस संसारमा हुनेछ। त्यस झुण्डमा प्रथम शताब्दीमा येशूका चेलाहरूमा भएको ईश्वरीय आत्मिक जागरणको अभियान जल्दोबल्दोरूपमा चर्किनेछ। त्यो विशेष जागरण येशूका चेलाहरू जिइरहेका समय पछि पहिला कहिल्यै देखिएको थिएन। परमेश्वरका जनहरूमाथि परमेश्वरको आत्मा र शक्ति खनिनेछ। त्यसबेला धेरै इसाईहरू परमेश्वरलाई प्रेम गर्नुभन्दा सांसारिक प्रेममा भुलिरहेका विभिन्न चर्च, झुण्ड तथा डिनोमिनेशनहरूबाट अलग हुनेछन्। दुवै चर्चका पास्टर, अगुवा र जनताहरूले बाइबलले घोषणा गरेका महान् सत्यहरूलाई खुशीसाथ अङ्गाल्नेछन्। ती मानिसहरू प्रभुको दोस्रो आगमनको निम्ति तयार हुनेछन्। मानिसहरूका शत्रुले यस पुनित काममा वाधा दिन भरमग्दुर प्रयत्न गर्नेछ। यस्तो खालको जागरण अभियान सुरु हुनुभन्दा अघि त्यस जागरणलाई रोक्न सैतानले नकल अभियान चलाउने प्रयास गर्नेछ। आफ्नो जाली शक्तिले नियन्त्रणमा लिइरहेका इसाईहरूलाई अझ प्रवल पार्न उसले परमेश्वरबाट नै आएको विशेष आशिष हो भन्ने चर्तिकला देखाएर विश्वासीहरूलाई भ्रममा पार्नेछ। यस संसारका विभिन्न धर्महरू मिलेर एक हुने जस्तो अभियानहरूको नेतृत्व अदृश्यरूपमा शैतानले गर्नेछ। त्यसले गर्दा मानिसहरूमा विशेष आत्मिक जागरण छाएको छ र यो परमेश्वरबाट नै हो भनेर मानिसहरूलाई बहकाउनेछन्।
तर जुन जुन अभियान वा जागरणमा बाइबलको गवाही वा वचनलाई लत्याउँछ, स्वार्थत्याग र सांसारिक मायामोहबाट अलग हुन आह्वान गरेको भित्री हृदयलाई नै जाँच्ने बाइबलीय शिक्षादीक्षालाई वेवास्ता गर्दछ, ती नकल अभियानहरूमा परमेश्वरले आशिष दिनुभएको छैन भनेर हामी विस्वस्त हुनुपर्दछ।
गलत चरित्र र जीवनशैलीलाई मान्यता दिइरहने प्रवृत्ति र परमेश्वरको ईश्वरीय आज्ञा वा दश आज्ञा प्रति हाम्रो सरोकार छैन किनकि त्यसको निरन्तरता खारेज भयो भनेर सिकाउने इसाईहरूमा नै आफुहरू धर्म परिवर्तन भएको र पवित्र भएको गलत दावी गर्दछन्। यसले गर्दा चर्चमा हुनुपर्ने पवित्रता र धर्म परायणताको स्तर खस्किरहेको छ। जतिसुकै महान् आत्मिक जागरण किन नहोस् यदि चर्चमा हुनुपर्ने स्तर घटेको छ भने त्यहाँ परमेश्वरको आत्मा र शक्तिको अभाव भएको गोप्य ज्ञान हामीमा हुनुपर्दछ।
परमेश्वरका जनहरू हौँ भनेर दावी गर्नेहरूमा प्राचिन वा शुरुमा भएको विश्वास र धर्म परायणताको सकल वा सत्य जागृतिको प्रमाण त्यसबेला दिन्छन् जब परमेश्वरको व्यवस्था वा दश आज्ञालाई यथोचित ठाउँमा पुनर्स्थपित गर्छन् वा त्यसलाई पालन गर्न आकर्षित हुन्छन्। “परमप्रभु यसो भन्नुहुन्छ:” “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्याे सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्नाे प्राणको निम्ति विश्राम पाउनेछौ।” यर्मिया ६:१६।
३२१

previous
अघिल्लो
अर्को
previous
chat