पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदीहरूको षड्यन्त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।
प्रेरित २०:१९
आदमको समयदेखि अहिलेसम्म हाम्रो महान् शत्रु सैतानले परमेश्वरका जनहरूलाई दवाउन र नाश गर्न आफ्नो शक्तिलाई प्रयोग गरिरहेको छ। अब उसले चर्चलाई ध्वस्त पार्न आफ्नो अन्तिम अभियान चलाउन तयार गरिरहेको छ।
भेष बदलेर वा आफ्नो परिचय लुकाउन खप्पिस भएको सैतानले आफ्ना वास्तविक चरित्र र स्वभावलाई लुकाएर मानिसहरूलाई धोखा दिइरहेको छ। मानिसहरूले उसलाई नजिक्साओस र तिरस्कार नगरोस् भनेर मानिसहरूको दिमागलाई उत्तेजित पार्ने खालको रूपले आफूलाई चित्रण गरेको उसले मनपराउँछ। जब उसलाई हास्यास्पद, घृणालाग्दो, कुरुप, राक्षस र आदि पशु र आदि मानवको रूपमा मानिसहरूको सामु चित्रण गर्छ तब ऊ धेरै खुशी मान्छ।
यदि सैतान सुरुमै चलाख थियो भने झन अहिले त कति चलाख होला? धेरै हजारवर्षसम्म मानिसहरूलाई कसरी धोखा दिने, छल गर्ने र आफ्नो जालमा राख्ने जस्ता अनुभवहरू उसमा छ। तर परमेश्वरको इच्छामा हिँड्ने र उहाँका आदेशहरू पालन गर्ने परमेश्वरका जनहरू सैतानभन्दा चलाख हुन परमेश्वर र पवित्र स्वर्गदूतहरूले सजाएका छन्।
परमेश्वरको काममा सक्रिय भएर संलघ्न हुने, सैतानका जालहरूको भण्डाफोर गर्ने र मानिसहरूको सामु येशूको गौरव वा इज्जलाई उचाल्ने सबै भक्तजनहरू पावलको गवाहीमा सहभागी हुन सक्छ।आफूले जतिसुकै दु:ख, कष्ट, मृत्युशैयामा र आफ्नै जातिको षडयन्त्रको मारमा परेतापनि आफ्नो निष्ठामा अडिग भएर भनेका थिए, “पुर्ण नम्रतामा आँसु बगाउँदै, यहुदी षड्यन्त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें। तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। यहुदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टी फर्कनु र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नु भन्ने कुराको गवाही मैले दिएको छु।“ प्रेरित २०:१९-२१।
याद गर्नुहोस्, सैतानसँग कुनै मानिसको आत्मनिर्णयको स्वतन्त्रता वा विवेकलाई नियन्त्रण गर्न अधिकार र शक्ति छैन। कसैलाई पनि जबरजस्ती पाप गर्न लगाउन सक्दैन। उसले मानिसहरूलाई दु:ख देला, हैरान पार्ला तर कसैको वैयक्तित वा व्यक्ति अनुमति बिना सैतानले मानिसलाई प्रदुषित पार्न सक्दैन। उसले पीडा देला तर अपवित्र पार्न सक्दैन।
सैतानले हाम्रो दिमाग वा सोचहरूलाई पढ्न सक्दैन। तर उसले हाम्रा क्रियाकलापहरू देख्न सक्छ। हामीले उच्चारण गरेका बोलीहरू सुन्न सक्छ; र मानव जगतलाई कुन ढाँचामा राख्ने वा कसरी घुमाउने हो भन्ने उसको मानव परिवारप्रतिको लामो अनुभवको ज्ञानले मानिसको कमजोर स्वभावहरूको फाइदा उठाउन उसले प्रलोभन, परिक्षा र लालच देखाउन सक्छ। यो कस्तो दु:खलाग्दो छ कि हाम्रो दिमाग र जीवनका गोप्य स्थानहरूमा उसलाई हामी भित्राउँछौँ जसले गर्दा उसले हामीलाई नियन्त्रण राख्न सफल हुन्छ। हाम्रा बोलीवचन र कामहरूलाई हामीले नियन्त्रममा राख्नुपर्छ नीति हामीले अङ्गालेको भए कस्तो असल हुने थियो!
अत्यन्तै हिँस्रक र छली परिक्षाले सैतानले ख्रीष्टमाथि भयानक आक्रमण गरेको थियो। तर उहाँले सैतानसँग प्रत्येक ान्दमा प्रतिकार गर्नुभएको थियो। ती युद्धहरू येशूले हाम्रो निम्ति लड्नुभएको थियो; उहाँका विजयहरूहरूले हामी पनि विजयी हुनसक्छौँ भनेर सम्भाव बनाएको छ। सैतानसँग भिँड्न चाहिने बलको निम्ति जसले ख्रीष्टसँग सहायता माग्छ, त्यो उसले पाउनेछ।
३२२