Nov 13, 2024

के तिमीहरू खतरामा छौ?

SCRIPTURE READING — यशैया ५०:१०

तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको सेवकको कुरा पालन गर्छ? ज्याेतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्।
यशैया ५०:१०
धेरै युवा युवतीहरू अन्धकारमा हिँडिरहेकाछन्, तिनीहरूमा परमेश्वरको ज्ञान छैन।
अत्यन्तै सदाशयी भएर, माया र करुणा देखाएर परमेश्वरले आफ्ना हातहरू तिनीहरूतिर फैलाइरहनुभएको छ। तर उहाँमाथि भरोसा राख्न तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरू आफ्नै चाल, मनोभावना र योजनामा चल्न चाहन्छन्। तिनीहरू कुन बाटोमा हिँड्नुपर्छ सो परमेश्वरले तिनीहरूलाई पहिल्याइ दिनुभएको छ। परमेश्वरको इज्जत, मान र महिमाको निम्ति उहाँले तिनीहरूलाई दक्षता, प्रतिभा, सिप र खुबीहरू सापति दिनुभएको छ। तिनीहरूले प्रभुको निम्ति केही निश्चित काम गर्न ती दक्षताहरू दिनुभएको हो। तर सैतानले ती युवायुवतीहरूलाई नै प्रयोग गर्ने यो हुँकार गर्दछ, “येशूको हुकुमलाई म प्रतिकार गर्नेछु। सक्रिय र अत्यन्तै तिखो दिमाग भएका र काम गर्न आतुर मानेका युवायुवतीहरूलाई अर्कै काममा खटाउनेछु। त्यसले गर्दा तिनीहरूले येशूलाई होइन मेरो सेवा गरोस्। ती युवायुवतीहरूको दिमागले चाहना गरेको अनन्तको आत्मिक चासोलाई ग्रहण लगाइदिनेछु, र संसारका रमझम र आकर्षणमा म तिनीहरूलाई अड्काइ दिनेछु। भौतिक सुख, सुविधा, माया, मोह र सम्मान चाहने लोभमा तिनीहरूलाई सुरुमा नरम धागोहरूले बाँधेको जस्तै बाँधिदिनेछु, अनि ती धागोहरू पछि गएर फलामको सिक्री हुनेछन्। फलामका ती सिक्रिहरूलाई तिनीहरूले चुँडाल्न सक्दैन, अनि तिनीहरू मेरो खतनमा रहिरनेछन्।“
युवायुवतीहरूले आफ्ना नियत र लक्ष्यहरूप्रति आत्मआलोचना गर्दै जाँचोस्। प्रार्थनाद्वारा र बाइबलमा खोजनीति गर्दै आफ्नो महत्त्वाकाँझा, नियत र योजनाहरू परमेश्वरको खतनभन्दा बाहिर छ कि भनेर जाँचोस्।
हे युवा र युवतीहरू हो, तिमीहरूको कर्मक्षेत्रको कारोबारलाई लिएर सोच्नुपर्छ। के म जहाँ हुनुपर्ने हो सो परमेश्वरको चाहना हो र? के मैले ठिक काम र कर्तव्य पालन गरिरहेकोछु? परमेश्वरको योजना मुताविक चल्नेहरूलाई परमेश्वरको आशिष खनिनुहुन्छ। परमेश्वरको निम्ति केही निश्चित काम गर्न उहाँले तिमीहरूलाई खताउनुभएको छ भनेर के तिमीहरूलाई आभास् पाइरहेकाछौ? यदि उहाँले खटाउनुभएको छ भने त्यसलाई वेवास्ता गरेर चल्नु तिमीहरूको हितको निम्ति हुँदैन। आफ्नो तर्फबाट तिमीहरू गम्भिररूपमा मगज खेलाउने गर्नु। के मैले मलाई नै खुशी पार्न र मेरो भाऊ, मान, मर्यादा, प्रतिष्ठाको निम्ति काम गरिरहेको छु कि प्रभु येशू ख्रीष्टको सेवामा म लागिरहेको छु? के मैले परमेश्वरको पवित्र नाउँको इज्जत थाम्न र सम्मान गर्दै उहाँलाई प्रसन्न पार्ने काम गरिरहेको छु? आफैले आफैलाई सोध्ने गर्नु।
के ढिलो नभएको बेलामा तिमीहरूले आफ्ना काम गर्ने शैलीहरूलाई परिवर्तन गर्न चाहन्छौ? के तिमीहरूले परमेश्वरको सेवा गर्न रोज्न चाहन्छौ? तर उहाँलाई विश्वास गर्न येशूले तिमीहरूलाई बोलाइरहनुभएको छ। अदृश्य र अनन्तको हातलाई तिमीहरूले पक्डी राख्नुपर्दछ। व्यवहारमा उतार्दा विश्वास बढ्दछ। परमेश्वरका प्रतिज्ञाहरूले तिमीहरूको दिमाग भरोस्। परमेश्वरको वचनको सरल प्रतिज्ञामा भर परेर चल्दा संतुष्ट हुने बानी बसालियोस्। विश्वासमा आनकानी नगर्नु; किनकि तिमीहरूको अनन्त जीवन धरापमा पर्न सक्छ।
३१८

previous
अघिल्लो
अर्को
previous
chat