Nov 23, 2024

परमेश्वरको आत्माको सुरुको वर्षा

SCRIPTURE READING — योएल २:२८

त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्।
योएल २:२८
पूर्वीय देशहरूमा बीउ रोप्ने समयमा र कटानी हुने समयमा सुरुको र पछिल्लो वर्षा हुन्छ। त्यसैलाई चित्रण गरेर हिब्रू भविष्यवक्ताहरूले परमेश्वको अनुग्रहको आत्मिक वर्षा उहाँको चर्चमा वर्षिनेछ भनेर भविष्यवाणी गरेका थिए। मानिसको पुत्रको आगमनभन्दा पहिले त्यो वर्षा चर्चलाई उहाँको स्वागतको निम्ति तयार पार्न वर्षिनेछ भन्ने त्यो प्रतिज्ञा थियो। पवित्र आत्माको यो वर्षा फसल पाक्नको निम्ति पछिल्लो वर्षा जस्तै हुनेछ।
फसल पाक्नभन्दा आउने पछिल्लो वर्षाले चर्चमा आउने आत्मिक अनुग्रहको जागरण हो जसले येशूको आगमनको निम्ति तयार पार्दछ। यदि पहिले नै पानी परेन भने जमिन सुख्खा हुन्छ र खेतबारी हरियो हुँदैन। पहिले नै वर्षा आएर त्यसले आफ्नो काम गरेन भने पछि आउने वर्षाको केही काम हुँदैन अर्थात् फसल राम्रोसँग पाक्छ भन्ने छैन।
येशूभावनामा आशक्त हुने भक्तले, इसाई गुणहरूको निरन्तर निर्माण गरिनै रहनैपर्छ। उसले इसाई अनुभव लगातार प्रगति भइरहनुपर्दछ।
येशूलाई विश्वास गर्ने प्रत्येकले आफ्नो आवश्यकता के छ सो महसुस गर्नैपर्दछ। हृदयमा भएका मानिसलाई अशुद्ध पार्ने प्रत्येक दाग हटाउनुपर्छ र पवित्र आत्माको उस्थितिले त्यसलाई सफा गर्नुपर्दछ। आफ्ना पापहरू स्वीकार गरेर, निरन्तर प्रार्थनामा लागेर र आफूहरूलाई अर्पण गरेर सुरुका चेलाहरू पेन्तिकोस्टको समयमा पवित्र आत्मा खनिन तयार गरेका थिए। त्यही खालको काम तर पहिलेको भन्दा ठुलो प्रभावले त्यो काम अहिले गर्नु आवश्यकता छ।
पहिला वर्षा आएको जस्तै पहिलानै हामीले पाएको अनुग्रहलाई पन्छाइराख्नु हुँदैन। अर्थात् सुरुमा पवित्र आत्माको प्रभावमा भएको आत्मिक जागरणलाई आत्मसात गरिराख्नुपर्दछ। सुरुदेखि नै थोरै भएपनि पाएको आत्मिक ज्ञानलाई निरन्तरता दिएर त्यस अनुसार चलिरहन सक्यो भने ठुलो आत्मिक ज्ञान वा दिव्यज्ञानको उपभोग गर्न सक्छ। यदि हामीले पाएको इसाई गुण, स्वभाव र ज्ञानलाई दिनदिनै उदाहरणद्वारा प्रगतिशीलको बाटोमा हामीले लगाएनौँ भने पछि प्रभावकारी रूपमा आउने पवित्र आत्माको वर्षा वा प्रकटलाई हामीले पहिचान गर्न समर्थ हुनेछैनौँ। पवित्र आत्माको वर्षा हाम्रा वरिपरि खनिरहेको हुनुपर्दछ तर हामी त्यसप्रति अनजान भइरहँछौ वा त्यसलाई पाएका छाै भनेर महसुस नगरेकाे हुन सक्छ।
३२८

previous
अघिल्लो
अर्को
previous
chat