सैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।
२ कोरिन्थी २:११
सोलोमनले हितोपदेश २८:२ ६।मा भनेका छन्, “आफ्नै हृदयमा भरोसा राख्ने व्यक्ति मूर्ख हो।” हितोपदेश २८:२६। यस्ता सयौँ मानिसहरू इसाई हुँ भनेर दावी गर्नेहरूको बीचमा पनि पाइन्छ। “सैतानका युक्तिहरूदेखि हामी अजान छैनौँ“ भनेर पावलले भन्दछन्। कतिपय इसाई हुँ भनेर दावी गर्नेहरू नै संसारका अनेकौँ, कला, दक्षता, चलाखीपूर्ण क्रियाकलाप, रमझम, खुशियाली र मनोरञ्जनमा लागेर संसारमा नै लिप्त भएर आनन्द र सुखी हुन खोजिरहेका छन्। तिनीहरूमा लागेर केही न केही असल फाइदा हुन्छ भने तिनीहरूले आफूहरूले आफैलाई धोखा दिइरहेकाछन्।
आजका कतिपय युवायुवतीहरू अनन्त जीवनबाट बंचित हुनेछ भन्ने सोचमा म पर्नुपर्दा मलाई असह्य भइरहेको छ। नाचगान, बाजागाजा आदिमा उत्तेजित हुँदै आफ्नो जीवनलाई बरबाद पार्दै अमूल्य समय खेर फालिरहेकाछन्। ती सबै इन्द्रियतृप्ति अर्थात शारीरिक अभिलाषाहरूलाई पोषण गर्ने माध्यमहरू हुन्। आफ्ना लगाइ र खवाइ अनि बेकारका गपसपमा समय बिताउनुको सट्टा भित्री हृदयदेखि नै रोइकराइ आत्मिक अनुभवको निम्ति परमेश्वरसँग प्रार्थना गरे कतिको उत्तम हुन्थ्यो। परमेश्वरको वचनमा आधारित आत्मआलोचना वा आत्मपरिक्षण गर्नु ठूलो आवश्यकता छ। येशूको प्रत्येक विश्वासीले यो सोधुन्, “के म शारीरिक, मानसिक, आत्मिकरूपमा स्वस्थ छु कि बिस्तारै कुहिरहेको छु? के येशूमा नवजीवन बिताइरहेको छु कि म अझै पनि भौतिकसंसारमा हराइरहेको छु? के म देखावटीमात्र इसाई हुँ कि भित्री हृदयदेखि नै छु? हाम्रा वरिपरिरहेका मानिसहरू व्यर्थ र रमाइलो गर्न मूर्खतापूर्ण मनोरञ्जनमा लागिरहेको थाहा पाउँदा पाउँदै पनि अनन्त जीवनको निम्ति हाम्रो आशाको जग निश्चित छ भनेर के हामीहरू यकिन गर्न सक्छौ र? स्वर्गमा लक्षित गरेर चर्चा गर्दै परमेश्वरतिर हेर्दै हाम्रो धार्मिकता र पवित्रताको निम्ति परमेश्वरसँग क्षमा माग्दै र शान्तिमाग्दै के हामी ढुक्क भएर बस्न सक्छौँ र, जब मानिसहरू सुसमाचारको निम्ति भोकाइरहेकाछन् भनेर थाहा पाउँदापाउँदै? तपाईंहरूका हृदयबाट पाप निकाल्नुहोस्। याद गर्नुहोस्, पापले गर्दा नै परमेश्वरको पुत्र मारिनुपरेको थियो।
प्रिय युवायुवती मित्रहरू तिमीहरू पापमै डुविरहन मनपर्दा येशू मर्नुभएको होइन तर पापहरूबाट उद्धार गर्न उहाँ मर्नुभएको थियो।
३०८