तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्याे सुरक्षित राख। भक्तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर।
१ तिमोथी ६:२०
मानव ज्ञान, विज्ञान चाहे भौतिक होस् वा आत्मिक होस् आँशिक हुन्छ र त्यो सिद्ध वा पूर्ण हुँदैन। त्यसले गर्दा धेरै मानिसहरू आफूहरूले जानेका विज्ञानका दृष्टिकोणहरूसँग बाइबलका वचनहरू तालमेल गर्न असमर्थ हुन्छन्। धेरै वैज्ञानिक अनुमानित तथ्यहरू र अनुमानित धारणाहरूको आधारम परमेश्वरको वचनलाई जाँच्नुपर्छ भनेर वैज्ञानिक, दार्शनिक वा विज्ञ वा जान्नेमान्छे भनाउँदाहरूले सिकाउँदछन् र सिकाइरहेका छन्। यस्ता मानिसहरूले पावलको भनाइ अनुसार “झुटो ज्ञानहरूले सम्पन्न भएकाहरू“ हुन।
मानिसहरू सृष्टिकर्ता परमेश्वरभन्दा बुद्धिमानी छौँ भनेर देखाउने प्रयासमा थिए र छन् पनि। अनन्त युगहरूसम्म प्रकट नगरिएका कतिपय रहस्यहरू खोजनिति गरेर व्याख्या गर्न मानवीय दर्शन वा वादहरूले प्रयास गरिरहेकाछन्।
कतिपयलाई वैज्ञानिक अनुसन्धान वा वैज्ञानिक प्रयोगशालामा गरिने खोजहरू श्राप भइरहेको छ। विज्ञान र विभिन्न कलाहरूमार्फत् अनेकौँ आविश्कार गर्न परमेश्वरकै अनुमतिले नै दिव्यज्ञानको बाढि आइरहेको छ। तर तिनीहरूको अनुसन्धान र आविश्कािरहरूमा परमेश्वरको अगुवाइ भएन भने विज्ञान र बाइबलको वीचमा तालमेल गरेर अनुसुन्धान गर्न प्रयास गर्दा जतिसुकै महान् वैज्ञानिक वा दार्शनिकहरू किन नहुन् तिनीहरू भयानक अलमलमा परिरहन्छन्।
सबै थोक सृष्टि गर्नुहुने र सबै थोकको जग परमेश्वर नै हुनुहुन्छ। सबै सत्य विज्ञान र वैज्ञानिक आविस्कारहरू परमेश्वरका कामहरूसँग तालमेल हुन्छ। सबै सत्य वा सही शिक्षादीक्षाले परमेश्वरको शासनप्रति बफादार हुन सिकाउँछ वा परमेश्वरको वचन अनुसार चल्न अग्रसर गराउँदछ। नि:सन्देह, विज्ञानले अनेकौँ अचम्म ज्ञान र आविश्कारहरू हाम्रो समक्ष राखिएकाछन्। नक्षेत्रमा माथिमाथि गएर र पृथ्वी र जगतको गहिर्याइमा गएर नयाँ नयाँ कुराहरू वैज्ञानिकहरूले हाम्रो सामु प्रस्तुत गरिरहेकाछन्। तर तिनीहरूको खोजअनुसन्धान वा आविस्कार परमेश्वरको वचनसँग बाझिन्छ भने तिनीहरूको कुनै उपलब्धी वा कामको अर्थ हुँदैन।
परमेश्वर नै सबै ज्ञान र विज्ञानको स्रस्ता हुनुहुन्छ। ठिक वा उचिततवरले बुझियो भने विज्ञान र लिखित वचन एक आपसमा सहमत भएको पाइन्छ। एकले अर्कोको ज्ञानलाई बुझाउँछ र व्याख्या गर्दछ। दुवै सही विज्ञान र बाइबल मिलेर हामीलाई परमेश्वरतिर नजिक ल्याउँदछ। परमेश्वरले आफ्नो ज्ञानवुि र फाइदाजनक व्यवस्था वा नीतिहरूद्वारा उहाँका सृष्टि कसरी चलिरहेको छ भन्ने ज्ञान दुवै सत्य विज्ञान र बाइबलले हामीलाई प्रकट गर्दछन्।
सत्य वा सही विज्ञानको ज्ञान शक्तिशाली हुन्छ। तर जब विज्ञानको ज्ञानले मानिसहरूलाई शक्तिसम्पन्न गराउँछ भने परमेश्वर येशूमा मानवीयरूप धारण गरेर आउनुभयो भन्ने आत्मिक विज्ञान कुनै पनि विज्ञानभन्दा महाशक्तिशाली हुन्छ। यस संसार हाम्रो निम्ति पूर्व प्राथमिक स्कुल हो। यहाँ सिकिने सबभन्दा महत्त्वपूर्ण विज्ञान भनेकै मुक्तिको विज्ञान वा आत्मज्ञान हो। हो, संसारको सबभन्दा ज्ञानी वा बुद्धिमानी मानिएको राजा सोलोमनको ज्ञान र बुद्धि सबैको चाहना हो, तर येशू ख्रीष्टको ज्ञान वा बुद्धि नै सबैको ठुलो चाहना हुनुपर्छ र यस जीवनलाई अर्थमुलक बनाउन र आउने संसारमा दिगो भइरहन यो अत्यन्तै अनिवार्य छ।
३१६