यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्याे तिमीहरूबाट भागनेछ। परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
याकूब ४:७-८
जसरी कपरनुममा दुष्ट आत्माहरूको शक्तिले एक जना मानिसलाई नियन्त्रणमा लिएका थिए, आज पनि असंख्य मानिसहरू ती नै शक्तिहरूको नियन्त्रणमा छन् भनेर हामीले ठोकुवा गरि भन्दछौँ। कतिपय मानिसहरू खराब तत्वहरूसँग खेलबाद गर्न सकिन्छ र आफूले चाहिएको समयमा त्याग्न सक्छ भन्ने सोचमा छन्। तर त्यो मानिस झन झन खराब गर्ने बानीमा फस्छ र पछि त आफूभन्दा शक्तिशाली शक्तिको नियन्त्रणमा आफू रहेको महसुस गर्दछ। अनि यसको रहस्यमय शक्तिबाट त्यो मानिस उम्किन सक्दैन। कसैले नदेखेको गोप्य पाप, मनोवेग र खराब सौख र नियतहरूले उसको दिमागमा यस्तो अड्डा जमाउन थाल्दछ कि त्यसबाट उम्किन नसक्ने हुन्छ र त्यो मानिस कपरनुममा दुष्ट आत्माहरूले सताएको मानिस जस्तै हुन जान्छ।
सैतान यस संसारको भगवान हो। मानिसमा भएका ज्ञानेन्द्रिय (आँखा, कान, नाक,जिब्रो र छाला), होस, चेतना र विवेकलाई उसको प्रभावले भ्रष्ट पार्ने उसको लक्ष्य हो। मानिसको दिमागमा दुष्ट सोचबिचार र तत्वहरूले भरेर उसलाई हिँस्रक, आतङ्ककारी र अनेकौँ खालका अपराधतिर सैतानले धकेल्छ। मानिस मानिसको बिचमा, विश्वासी विश्वासीको बीचमा, बुद्धिजीवि र बुद्धिजीविहरूको बिचमा उसले मतभेद र विद्रोहका बिऊहरू उसैले रोप्दछ। मानिसहरूका सन्तानहरूमा सैतानले नियन्त्रण गरिरहेको शक्तिलाई तोड्ने काम येशूको हो। यो दु:खलाग्दो परिस्थिति छ कि अरू मानिसहरूमात्र होइन कतिपय इसाई भनेर दावी गर्नेहरूको जीवनको सबै आयामहरूमा यो घृणास्पद राक्षस पस्न दिइरहेको छ। चाहे घरमा होस् वा काममा होस्, व्यापारी मामिलामा होस् वा चर्चमै किन नहोस् ती मानिसहरूले येशूलाई आफ्ना ढोकाहरूबाट पन्छाइरहेका छन्।
सैतानको बाटो एकदम फराकिलो र धोखापुर्ण छ। रमझम र अनेकौँ आकर्षण गरेर आफुतिर तानिरहेको छ। (फेसबुक, मोबाइल माध्यम, फिलिमहरू, अनेकौँ विधुतिय संचार वा सञ्जालहरूलाई प्रयोग गरेर परमेश्वरलाई भन्दा आफुतिर सैतानले मानिसहरूलाई खिँचिरहेको छ)। ती मानिसहरूलाई थाहा छ कि सैतानको पासोमा परिरहनु कठोर छ, यो रहस्यमय छ र आखिरमा निराशै निराशहरूले भरिरहेको हुन्छ।
जो व्यक्ति वा युवा वा युवती आफ्नै कारण खतरामा छ भनेर महसुस गर्छ त्यो एकदम चनाखो हुनुपर्दछ। पवित्र आत्माले तिनीहरूको चेतनामा परमेश्वरतिर लाग्न घचघचाइरहेको हुन्छ। उहाँलाई वेवास्ता गर्दा उहाँ दु:खित हुन्छ। आफ्ना क्रियाकलापबाट आफु संतुष्ट नभएको र परमेश्वर पनि प्रशन्न नभएको कतिपय मानिसहरूलाई थाहा छ। आफूहरू परमेश्वरबाट टाढा गइरहेको पनि तिनीहरूले महसुस गर्दछन्। परमेश्वरको नजिक हुनु कतिको उत्तम र सुरक्षित सो सबैले महसुस गर्नु जरुरी छ। उहाँको वचन वा बाइबल अध्ययन गरेर त्यसबाट चम्किने परमेश्वरको शुद्ध किरणले पापमा परिरहेका र आत्मिक, मानसिक घाइतेहरूलाई निको पार्दै फुर्तिलो बनाउन सक्छ। जति नजिक हामी परमेश्वरको नजिक आउँछौँ त्यति सुरक्षित हामी हुन्छौँ। परमेश्वरको उपस्थितिलाई सैतानले घृणा गर्छ र थरथर काम्दछ।
रहस्यमय तरिकाले चल्ने सैतानको चालबाजी घट्दैन। तर दिब्यज्योति र परमेश्वरको आत्मज्ञानको स्रोतबाट दिइरहेको ज्ञान र बुद्धिले मानिसलाई खतम गर्ने सैतानको कला र चालबाजीहरूसँग लड्ने क्षमता प्रत्येक व्यक्ति जो परमेश्वरसँग आवद्ध भएर बस्छ त्यसले पाउँदछ। परमेश्वरसँग धेरै नजिक भए उसले धेरै शक्ति पाउँछ भने थोरै नजिक भए थोरै शक्ति पाउँछ। परमेश्वरसँगको सम्बन्धको अनुपातमा मानिसले सैतानसँग भिड्ने शक्ति पाउँदछ।
३०७