किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।
१ पत्रुस ३:१२
प्रार्थनाबिना कोही मानिस पनि एक दिन वा एक घन्टापनि आफू सुरक्षित छु भन्न ठान्नुहुन्न। विशेष गरेर परमेश्वरको वचन पढ्ने बेलामा त्यसलाई बुझ्न उहाँसँग बुद्धि माग्न पुकार्नु पर्दछ। सैतानका धूर्तता, छलकपट, जाल र युक्तिहरूलाई बाइबलमा भण्डाफोर गरिएको छ। तिनीहरूको सफलसँग कसरी प्रतिकार गर्ने भन्ने आत्मज्ञान बाइबलमा पाइन्छ। बाइबलको बारेमा सैतानलाई पूरा ज्ञान छ र उसले त्यसलाई उतार्न पनि खप्पिस छ। बाइबलका अंशहरूलाई आफ्नै हितको निम्ति व्याख्या गर्न सैतान चलाख छ। यदि सैतानको धूर्त्याईँमा कोही मानिस चाहे इसाई नै किन नहुन् पऱ्याे भने ऊ धरमराउन सक्छ र विश्वासमा नै उसलाई ठक्कर लगाइदिन सक्छ। येशूभक्तलाई लडाउनु नै सैतानको लक्ष्य हो। हृदयलाई झुकाएर नम्र हुँदै हामीले बाइबल अध्ययन गर्नुपर्दछ। जब हामी बाइबल पढ्छौँ तब त्यो बुझ्न परमेश्वरमा नै भर पर्नुपर्छ भन्ने कुरालाई हामीले कहिल्यै पनि बिर्सनुहुन्न। सैतानको युक्तिहरूबाट बच्न हामी निरन्तररूपमा हामीले आफैलाई सुरक्षित राख्नुपर्छ तर त्यसै बेला हामीले यो प्रार्थनालाई निरन्तरता दिन पनि बिर्सिनुहुन्न, “हामीलाई परीक्षामा नडोऱ्याउनुहोस्।“
मोआबको राजा बेलकले त्यसबेलाको नामुद झाँक्री र टुनामुना गर्न सक्ने बालमलाई धेरै पैसाको लोभ देखाएर इस्राएलीहरूलाई श्राप दिन बोलाएका थिए। परमेश्वरका जनहरूको विरुद्धमा श्राप नदेऊ भनेर परमेश्वरले बालमलाई अर्हाउनुभएको थियो। जब होमबली वा यज्ञ गरेर इस्राएलीहरूलाई श्राप दिन खोज्यो तब श्रापको सट्टा आशिषमात्र उसको मुखबाट वर्षेको थियो। तब राजा रिसाएर त्यसो किन गरेको भन्दा उसले आजित भएर यो बोल्यो, “परमेश्वरले नै श्राप नगर्नुभएको उहाँका जनहरूलाई मैले कसरी श्राफ दिने?” गन्ती २३:८.।
त्यसबेला इस्राएलीहरू परमेश्वरप्रति बफादार भएका थिए। जबसम्म तिनीहरू परमेश्वरको आज्ञामा निरन्तररूपमा अडिग भए तबसम्म नर्कका कुनै पनि शक्तिले तिनीहरूको विरुद्धमा खडा हुन सक्दैनथ्यो। परमेश्वरका जनहरूको विरुद्धमा बालमले श्राप दिन नसकेतापनि अन्तमा आएर तिनीहरूलाई मोआबका सुन्दरीहरूबाट आकर्षित गराएर पापमा फसाउन ऊ सफल भयो। जब इस्राएलीहरूले परमेश्वरका दश आज्ञाहरू भङ्ग गरे तब तिनीहरू उहाँबाट स्वइच्छाले अलग हुन पुगेका थिए, अनि तिनीहरू सैतानको शक्तिको जालमा फस्न पुगे।
जतिसुकै कमजोर, अज्ञान र विश्वासमा कमी भएको येशूभक्त जबसम्म ख्रीष्टसँग टाँसिएर बस्छ तबसम्म अन्धकाराका कुनै पनि फौज भन्दा त्यो येशूभक्ति बलवान छ भन्ने तथ्य सैतानलाई थाहा छ। केवल नम्र भएर परमेश्वरमाथि भरोसा राख्याै र उहाँका आज्ञाहरू पालन गर्याैँ भनेमात्र हामी सुरक्षित हुन सक्छौँ।
परमेश्वरका आज्ञाहरू पालन गर्न निर्देशन दिनुभएको थाहा पाउँदा पाउँदै पनि ती आज्ञाहरूमा कुनै पनि आज्ञालाई वेवास्ता गर्दा गर्दै पनि परमेश्वरले तिनीहरूलाई क्षमा दिनुहुन्छ र आशिष दिनुहुन्छ भनेर ढुक्क भएर आफूहरूलाई धोखा नदेओस्। जब जानाजानी पापसँग खेलबाद गरिरह्याे भने पवित्र आत्माको आवाजलाई मानिसले मत्थर पार्दछ, र आफुलाई परमेश्वरबाट अलग राख्दछ।
३२६