Nov 26, 2024

थर्किने समयमा अडिग हुनु

SCRIPTURE READING — हिब्रू १२:२८

यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोगय हुने आराधना चढ़ाऔं।
हिब्रू १२:२८
कतिपय मानिसहरू सुरुमा येशूलाई ग्रहण गर्छन् र मैले मुक्ति पाएँ भनेर ढुक्क भएर बस्छन्। त्यस येशूलाई पहिले ग्रहण गरेको आधारमामात्रै आफूहरू संतुष्ट रहनु खतरा छ। तिनीहरू आआफ्ना कमजोरहरू बिर्सिन्छन् र परमेश्वरको शक्तिको निरन्तर आवश्यकतालाई तिनीहरूले भुल्न सक्छन्। सैतानका युक्तिहरूको सामना गर्न तिनीहरू तयार हुँदैनन्। हामीहरूको सुरक्षा नै आत्मभरोसा नराखी निरन्तरूपमा ख्रीष्टमाथि भरोसा राख्नु हो।
मानिसहरू धोखामा पर्ने ठूलो खतरामा छन्। तिनीहरू परमेश्वरबाट अलग बसेर वा परमेश्वरको आस्थाप्रति अनावश्यक ठानेर आफू नै सबै ठिक छु भनेर आत्मनिर्भरमात्र भरोसा राखेर सबै शक्ति र आशिषको स्रोतबाट बंचित भएर रुचाइरहेका छन्। प्रभु छिटै आउनुहुँदैछ र हामी बिपतका दृश्यहरूमा पस्दैछौँ।
हामीले यो भन्नु आवश्यक छ: अन्तिम दिनका बिनाश र खतराहरू हामीमाथि छिटै बज्रिनेछ। यथार्थमा आइरहेका छन्। हाम्रा हृदयका कुनाहरूमा भएका शारीरिक अभिलाषा, जिब्रोको स्वादको निम्तिमात्र जिउने प्रबृत्ति र सबै कामवासनाहरूलाई छिया छिया गर्न परमेश्वरको तरवार वा वचनको आवश्यकता छ।
आत्मिक, भौतिक, मानसिक परिवर्तनहरू गर्नु आवश्यक छ भन्नुको सट्टा दिमागलाई जता मनलाग्यो उतै घुमाउने चाहनामा मानिसहरू डुबिरहेकाछन्। हाम्रा सोचबिचारहरू परमेश्वरमा केन्द्रित हुनु आवश्यक छ। इन्द्रियतृप्ती वा शारीरिक अभिलाषालाईमात्र पोषण गर्ने प्रवृत्तिलाई अन्त्य गर्न इमान्दारितासाथ प्रयास गर्नु जरुरी छ।
जब हुरी बतास वा सतावटहरू आउँछ, तब तीन स्वर्गदुतको सन्देशमा विश्वास गर्छु भनेर देखावटीरूपमा दावी गर्नेको ठुलो समुह जो कि सत्यलाई पालन गर्न नैतिकताको आवश्यकता नभएको ठान्दछ, तिनीहरू आफ्नो विवासमा ढलमलिन पुग्छ र आखिरमा सत्यको विरोधीहरूको पङ्तिमा उभिन जानेछ। संसारसंगमात्र हेमचेम गर्दा, संसारकोमात्र जोश जाँगरमा तिनीहरूले आत्मिक तृष्णा पनि त्यसैमा होमीन्छन्। सांसारिक उपलब्धी भए पुगिहाल्छ नि येशूकै नीतमा हिँड्नु किन खाँचो छ भनेर तिनीहरू ढुक्क भएर बस्न चल्छन्। जब परिक्षा आउँछ तब तिनीहरू सजिलो बाटो रोज्छन्। लोकप्रिय संस्कारमा लाग्छन् र आफुहरू पनि लोकप्रियताको भोकमा लाग्दा सैतानको चालबाजीलाई तिनीहरूले वेवास्ता गर्छन्। कतिपय प्रतिभाशाली, अनेकौँ दक्षताले सुसम्पन्न र योग्य व्यक्तिहरू जो एकफेरा सत्यप्रति खुशी भएका थिए, तिनीहरूलाई नै सैतानले आफ्नो नियन्त्रणमा राखेर अरूहरूलाई धोखा दिन र गलत मार्गमा डोर्याउन आफ्नो कार्यकर्ताहरू बनाउँछ। ती मानिसहरू येशूमा विश्वास गरेका पहिलाका दाजुभाइदिदीबहिनीहरूको ठुलो शत्रुहरू हुन पुग्छन्।
हामी आफ्नो आस्थाबाट हल्लिने समयमा छौँ। यस्तो समयमा हामी छौँ कि हामीमा भएको निष्ठा, विद्या, आस्था सबै थोक हल्लाएर हामीलाई धरातलमा राख्ने प्रयास भइरहेको छ। सत्यलाई थाहा पाउने तर त्यसको वचनलाई वेवास्ता गर्ने र परमेश्वरका आज्ञाहरूलाई पालन गर्नु आवश्यकता छैन भनेर सिकाउने र त्यसै अनुसार चल्नेहरूलाई परमेश्वरले बाँकि राख्नुहुनेछैन।
३३१

previous
अघिल्लो
अर्को
previous
chat