Nov 14, 2024

परमेश्वरको शक्तिलाई पक्रिराख्‍नु

SCRIPTURE READING — यशैया २७:५

मेरो बललाई उसले पक्रिराखोस्, ताकि उसले मसित मिलाप गरुन्। मसँग शान्तिको सम्झौता गर्नेछ।
यशैया २७:५
प्रकाशको पुस्तकमा हाम्रा भाइहरूलाई दोष तथा आरोप लगाउने भनेर सैतानको बारेमा यसरी वर्णन गरिएको छ, तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ।“ प्रकाश १२:१०। यो आरोप बारम्बार त्यस व्यक्तिकाे खिलाफमा लगाउँछ जसलाई सैतानको शक्तिबाट छिनालिएको छ र थुमाको जीवनको पुस्तकमा नाउँ दर्ता भएकोछ। जब परमेश्वरको परिवारमा सैतानको परिवारबाट छिनालेर कोही हुलिन्छ भने त्यसलाई फर्काउन दुष्टले भरमग्दुर प्रयास गर्छ। मानिसहरूलाई परमेश्वर र उहाँको वचनप्रति शङ्का उब्जाउन सैतान अघि सर्छ। परमेश्वरप्रति भरोसा राख्‍न र उहाँको प्रेमबाट अलग राख्न; परमेश्वरको दश आज्ञाहरूलाई तोड्न मानिसहरूलाई उक्साउँछ। अनि तिनीहरू आफ्नै नियन्त्रणमा छ र तिनीहरूलाई उसको हातबाट खोस्ने येशूको अधिकार छैन भनेर दावी गर्दै उहाँसँग कचकच गर्छ। सैतानलाई यो थाहा छ कि जो मानिसहरू भित्री हृदयदेखि इमान्दारी भएर परमेश्वरको क्षमा माग्छन् र तिनीहरूले त्यो क्षमा पाउँछन्। त्यसकारण, तिनीहरूले क्षमा नपाउन् र निराश होउन् भनेर तिनीहरूका पापहरू उसले देखाइरहेको हुन्छ। असंख्य उपायहरूद्वारा, अनेकौँ थाहै नपाउने गरेर छल गरे होस् वा निष्ठुर तरिकाले होस् तिनीहरूमाथि दोष लगाउन सैतानले भरमग्दुर प्रयास गर्छ।
सैतानका आरोपहरूलाई खण्डन गर्न मानिस आफैले सक्दैन। पापको दागले भरिएका पोशाकहरू लगाएर आफ्ना दोषहरूलाई स्वीकार्दै त्यो मानिस परमेश्वरको सामु उभिएको हुन्छ। तर हाम्रो वकिल येशूले पश्चाताप गर्ने र उहाँमाथि भरोसा राख्ने सबैको निम्ति प्रभावकारी पहल गर्नुहुन्छ। तिनीहरूको निम्ति पहल गरेर येशूले कलभरीको शक्तिशाली तर्कहरूद्वारा तिनीहरूलाई दोष लगाउनेलाई हटाउनुहुन्छ। परमेश्वरको आज्ञालाई पूर्णरूपमा पालन गर्नुहुने र क्रुसमा मर्नुहुने येशूलाई स्वर्ग र पृथ्वीको सारा शक्ति र अधिकार सुम्पिएको छ। त्यसैलाई उपभोग गरेर उहाँले पितासामु उहाँको दयाको निम्ति दावी गर्नुहुन्छ र दोषी मानिससँग मिलापको निम्ति कदम चाल्नुहुन्छ।
पश्चाताप गरेर विश्वासद्वारा उहाँको सुरक्षा खोज्ने कोही व्यक्ति पनि येशूले सैतानको शक्तिमा पार्न दिनुहुन्न। उहाँले भन्नुभएको छ, “उसले मेरो बललाई पक्रिराखोस्, मसँग शान्ति सम्झौता गरोस् र मसँग मिलोस्।“ सबैको निम्ति यो प्रतिज्ञा छ, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तिमी मेरो मार्गमा हिँड़्यौ र तिमीले मेरा आज्ञा पालन गर्याैँ भने, तिमी मेरो घरको जिम्मेवार र मेरो मन्दिरमा हेरचाह गर्ने हुनेछौ, र यी यहाँ उभिरहनेहरूका बीचमा हिँडडुल गर्न म तिमीलाई एउटा स्थान दिनेछु।” जकरिया ३:७ । परमेश्वरका जनहरूको वरिपरि उहाँका स्वर्गदुतहरू यसै संसारमा हिँड्नेछन्। परमेश्वरको सिंहासनका वरिपरि हुने स्वर्गदुतहरू तिनीहरूसंग उभिनेछन्।
३१९

previous
अघिल्लो
अर्को
previous
chat