परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?“ त्यसले भन्याे, “पृथ्वीमा चारैतिर तलमाथि घुमफिर गर्दै आएको हुँ।
अय्यूब १:७
सैतान त सुरुदेखि नै हत्यारा थियो। यूहन्ना ८:४४।
असंख्य मानिसहरूलाई सैतानले बिनाशको बाटोतिर लगिरहेकोछ। खानपिनमा आत्मनियन्त्रण नअपनाइ संयम नदेखाउने, शारीरिक अभिलाषामा चुर्लुम्म डुवाउने, झगडा, कचकच गर्ने, गुनासो पोखाउने र मानिसहरूलाई आतङ्क बनाउने अनेकौँ हिँस्रक क्रियाकलापलाई सैतानले उक्साइरहेको छ। सैतानले युद्ध गरेको असाध्यै मन पराउँछ। मानिसहरूमा भएका सबभन्दा खराब दिमाग र आवेगलाई उसले उत्तेजित पार्दछ र उसको शिकारहरूलाई अनेकौँ खराब तत्वहरूले कब्जा गर्न लगाएर र रक्तपिपासु बनाएर सदाको निम्ति खतम गर्दछ। देशदेश र आफूआफूको विरुद्धमा युद्ध गर्न सैतानले नै उक्साउँछ। यसरी परमेश्वरको महान् दिनको निम्ति तयार हुने कामबाट मानिसहरूको दिमागहरूलाई उसले मोड्छ।
परमेश्वरलाई विश्वास गर्छु भन्छ तर आफ्नो विश्वासमा निश्क्रिय रहने र आफ्नो अन्तिम दिनको निम्ति तयार नहुनेहरूलाई झन भड्काउन अनेकौँ तत्वहरू पठाउन सैतानले काम गरिरहेको हुन्छ। उसले प्रकृतिको प्रयोगशालामा भएको गोप्य कुराहरूको अध्ययन गरेको छ। परमेश्वरको अनुमतिले उसलाई सकेसम्म प्रकृतिलाई पनि नियन्त्रण गर्न दिइएको छ। जब अय्यूबलाई दु:ख दिन सैतानले अनुमति पायो तब उसले द्रुतगतिले उनका पशुहरू, नोकारचाकरहरू, घरहरू र छोराछोरीहरूलाई ध्वस्त पारे। एक क्षणमै अय्यूबलाई एक पछि अर्को बिपत्तीले डुवाएको थियो। आफ्ना सृष्टिहरूलाई परमेश्वरले नै सुरक्षित राख्नुहुन्छ र पुरै नाश गर्नबाट उहाँले छेकबार लगाउनुहुन्छ।
सडक वा भुमिमा, समुद्रमा र आकाशमा गर्ने दुर्घट्नाहरू, जताततै जङ्गल र घरहरूमा हुने आगलागी, डरलाग्दो चक्र आँधी, असिना, हुरी बतास, बाढी, चर्को हावाले ल्याउने बिनाश, सुनामी जस्ता बिनाशकारी छालहरू र भूकम्प जस्ता दैवी प्रकोपहरू ठाउँ ठाउँमा हजारौँ तरिकाले ल्याएर मानिसहरूलाई बिचलित बनाउँदा सैतानले आफ्नो शक्ति प्रयोग गरिरहेको भनेर मान्नुपर्दछ। भर्खर पाकेको धान, गहुँ, खेतबारीका अन्न र उब्जनीहरूलाई बढार्ने, अनिकाल, खडेरीहरू सैतानले नै सृजना गर्दछ। हावामा नै अनेकौँ िवषाधी तत्वहरू फैलाउदै महामारी ल्याएर हजारौँ मानिसहरूलाई नाश गरिरहेको छ। जब युगको अन्त्य हुन्छ तब ती भयानक गतिविधिहरू झन झन चर्को हुँदै बारम्बार आउँछ जसले पृथ्वी र यसका भएका यावत थोकहरूलाई बिपतमा पार्दछ।
जब सैतानले प्रयोग गरिरहेको उसको शक्ति र दुष्ट गतिविधिहरू हामी अनुभव गर्दछौँ तब ती सबैले हामीलाई सतर्क गराउनु पर्दछ। ती सबैबाट सुरक्षित हुन उसको भन्दा पनि सर्वोच्च शक्तिशाली परमेश्वरमा शरण लिनु हामी झन हतार मान्नुपर्दछ। उहाँबाट नै गरिने उद्धारको निम्ति हामी प्रतिक्षा गरिरहनुपर्दछ। जो मानिसहरू जुनसुकै परिस्थितिमा पनि ख्रीष्टप्रति आस्थावान र निष्ठावान भएर बस्ने उहाँका भक्तहरू उहाँकै हेरचाहमा रहन्छन्। भयानक शक्ति भएका स्वर्गदूतहरू स्वर्गबाट नै ती भक्त जनहरूको सुरक्षाको निम्ति खताएको हुन्छ। परमेश्वरका जनहरूलाई सुरक्षा गर्न पठाइएका स्वर्गदुतहरूको घेरालाई दुष्ट सैतानले तोड्न सक्दैन।
३२५