Nov 19, 2024

निर्णायक घडीमा

SCRIPTURE READING — योएल ३:१४

फैसला गरिने बेँसीमा भिडका भिड मानिसहरू छन्, किनकि निर्णय गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ।
योएल ३:१४
सारा पृथ्वी र त्यहाँ रहनेहरूलाई पोपतन्त्रलाई आराधना वा पूजा गर्न पाठोको जस्तो सिङ्ग भएको पशुले जबरजस्ती हुकुम दिनेछ भनेर प्रकाश १३ को उल्लेखित भविष्यवाणीमा दिइएको छ। त्यो पशु चितुवा जस्तो छ भनेर चित्रण गरिएको छ। “पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको समानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो। त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्याे मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्। अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।“ प्रकाश १३:१४-१६ ।
थुमाको जस्तो सिङ्गहरू भएको पशुले संयुक्ति राज्य अमेरिकाको प्रतिनिधित्व गर्दछ। जब अमेरिकाले जबरजस्ती सबैले आइतबारनै पालन गर्नुपर्छ भनेर अध्यादेश जारी गर्छ तब पशुको छाप लगाउने भविष्यवाणी पूरा हुन्छ। रोमन क्याथोलिक चर्चले इसाई जगतमा आफ्नो विशेष प्रभुत्व भएको दावी गर्दछ। अमेरिका जो एक फेरा सुधारवादी वा प्रोटेस्टेन्ट देश थियो अब उसको झुकाव पोपियतन्त्रतिर भएको छ। एक फेरा धेरै देशहरू रोमको धार्मिक आधिपत्यमा थिए। अहिले अमेरिकालेमात्र होइन अरू देशहरूले पनि पोपलाई श्रद्धा दिइरहेकाछन्। हजार वर्षसम्म पश्चिमी मुलुकहरूलाई अन्धकार युगमा प्रभुत्व जमाएको पोपिय शासनको विगिविगि अहिले पनि छ। रोमको शक्तिको पुनर्स्थापना गरिनेछ भनेर भविष्यावणी नै गरिएको छ, “त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्ताे देखिन्थ्याे, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वि छक्क परेर त्यस पशुको पछिपछि लाग्याे।“ प्रकाश १३:३ ।
जब फ्रान्सको सम्रात् नेपोलियनको सेनापतिले सन १७८९ मा पोपको पतन गराए तब त्यसबेला पोपियतन्त्र घाइते भएको देखाएको थियो। तर पछि उसको अवस्थालाई हेरेर भविष्यवक्ता युहन्नाले यो भविष्यवाणी गरेका थिए, “एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्ताे देखिन्थ्याे, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वि छक्क परेर त्यस पशुको पछिपछि लाग्याे।“ येशूको दोस्रो आगमन नहुञ्जेल पापको मानिसको विगिविगि निरन्तररूपमा चलिहरनेछ भनेर पावलले ठोकुवा गर्दछन्। चाहे अमेरिकामा होस् वा सारा संसारमा होस्, आइतबार पालन गर्नुपर्ने अध्यादेश जारीगरेर पोपको आधिकारितालाई सम्मान गरेको प्रमाणित हुन्छ। हप्ताको सातौँ दिन शनिबारबाट आइतबारमा साबथ सारिएको अधिकार रोमन क्याथोलिक चर्चलेमात्र प्रयोग गर्दछ। यसको बाइबलीय आधार छैन।
आउने खतरादेखि सतर्क हुन परमेश्वरको वचनले हामीलाई चेतावनी दिएको छ। यो सबैले थाहा पाउन् कि प्रोटेस्टेन्ट वा सुधारवादी लाखौँ इसाई सम्प्रदाय वा डिनोमिनेशनहरूले पोपको चलखेलमा पर्नेछन्। अनि त्यसको चलखेल थाहा पाएर त्यसबाट उम्किने समय तिनीहरूले पाउनेछैन, किनकि सारा संसार र इसाई जगत पोपको जालमा परिसकेका हुन्छन्।अहिले नै हामी बाइबलमा दिएको गहिरो ज्ञानले सुसज्जित भएर परमेश्वरसँग जीवित सम्बन्ध राख्नुपर्दछ। खेर फाल्ने समय हामीसँग छैन।
३२४

previous
अघिल्लो
अर्को
previous
chat