Nov 15, 2024

देखिने र नदेखिने शत्रुहरू

SCRIPTURE READING — दानिएल १२:१०

धेरै जना शुद्ध पारिनेछन्, सेतो वा दागरहित बनाइनेछन् र खारिनेछन्, तर दुषटहरूचाहिँ दुषट काम गर्दैजानेछन्। दुषटहरूमध्ये कसैले पनि बुझनछैन, तर बुद्धिमान्हरूले बुझनेछन्।
दानिएल १२:१०
देखिने र नदेखिने शत्रु, दुश्मन, विरोधीहरूसँग चर्च भिड्नैपर्छ। सैतानका दलालहरू संसारमामात्र होइन चर्चमै विभिन्न मानवीय रूप धारणा गरेर घुसपैठ गरिरहेकाछन्। जगतका परमेश्वरको विरोध गर्न ती दलालहरू एक आपसमा सन्धी गरेकाछन्। ख्रीष्टका विरोधीहरूलाई एक पार्ने सैतानको चालबाजी त्यसबेलासम्म चलिरहन्छ जब येशूले महापवित्र कोठाको पवित्र सन्दुक जहाँ दयाको ढकन छ, त्यहाँ उहाँले हाम्रो निम्ति गरिरहनुभएको पहल रोक्नुहुन्छ र सैतान र उसका दलालहरूले अति गऱ्याे त्यसको बदला लिनुपर्छ भनेर न्यायकर्ताको पोशाक पहिरिनुभएर बाहिरिनुहुन्छ। परमेश्वरको व्यवस्था अर्थात् दश आज्ञाहरूको विरोध गर्न सैतानका निकायहरू प्रत्येक गाउँ, सहरहरूमा छन्। ती सबैलाई एकत्रित पार्न ऊ अत्यन्तै व्यस्त छ। देखावटी सन्त वा मुखलेमात्र इसाई हुँ भनेर दावी गर्ने तर व्यवहारमा असफल हुने वा बाझिने इसाईहरू र परमेश्वरलाई विश्वास नगर्ने सबै जमातहरू सैतानको त्यस एकत्रित झुण्डमा सामेल भएका हुन्छन्।
युगको अन्तमा के हुने हो सो परमेश्वरले हाम्रो समक्ष प्रकट गर्नुभएको छ। सैतानको क्रोध र विरोधको वाढी वा सुनामीको सामना गर्न परमेश्वरका जनहरू तयार हुनुपर्दछ। आउने हुरीबतास वा सैतानले ल्याउने विपत्तीहरूको बारेमा चेतावनी पाएकाहरू ती हुरीबतास आओस् भनेर प्रतिक्षा गर्दै त्यसै बस्ने होइन। इसाई हुँ भनेर दावी गर्ने तर सुसमाचार सुनाउने परमेश्वरको लक्ष्यमा निश्कृय हुनेहरूले आउने हुरीबतासमा परमेश्वरले रक्षा गरिहाल्नुहुन्छ भनेर किनकि हामी उहाँलाई विश्वास गर्छौँ भनेर निर्धक्कसँग बसिरहन्छन् होला तर तिनीहरू पनि खतरामा छन् भन्ने कुरो सायद तिनीहरूलाई थाहा नहोला।
अहिले (१८८५ मा आजको जस्तै धार्मिक स्वतन्त्रतामाथि धम्की आइरहेका थियो, त्यसबेला व्यक्त गरिएको लेख) चुपचाप बस्ने समय होइन। नाश हुने सानोतिनो कुराहरूमा हाम्रा दिमागहरू डुवाइ राख्ने आजको समय होइन। पवित्र साबथ दिनको खिलाफमा आइतबार नै सबै चर्च र विश्वले पालन गर्नुपर्छ भन्ने अभियानले मानिसहरूलाई अन्धकारमा पारिरहेकाछन्। धार्मिक, वुिजीवि र राजनैतिक नेता तथा अगुवाहरू सही विषयबस्तुलाई लुकाइरहेकाछन्। परमेश्वरको व्यवस्थाको विरोध गर्ने धेरै अगुवा, नेताहरू आफुहरू कुन धारमा गइरहेकाछन् सो तिनीहरूलाई थाहा हुँदैन। कतिपय कथित इसाईहरूले नै कुन दिन पालन गर्ने त्यो विषयमा अल्झिनु हुँदैन भनेर जब मानिसहरूलाई उक्साउँछन् तब ती इसाईहरू अजिङ्गरको चरित्रलाई प्रकट गर्दै बोलीरहेका हुन्छन्। आउने खतरादेखि बच्न र त्यसको बारेमा चेतावनी दिने हाम्रो कर्तव्य हो र हाम्रो शक्तिले भ्यायसम्म आइतबार होइन शनिबार नै पवित्र दिन हो भन्ने बाइबलको सत्य विद्यालाई जनसमझ फैलाउनै पर्दछ।
सातौँ दिन पवित्र राखेकोले सतावटको हात बढिरहेको महसुस परमेश्वरका जनहरूले गर्ने समय आइरहेको छ। सैतानको मातहतमा रहेको पापको मानिसको विगिविगि अत्यधिकमात्रामा उर्लिनेछ। त्यस व्यक्ति वा निकायले परमेश्वरका समय र व्यवस्थालाई आफुले परिवर्तन गरेको छ भनेर दावी गरिरहेको हुन्छ र त्यही निकाय वा इसाई भनाउँदा अग्रजहरुले परमेश्वरका जनहरूलाई सधैँ कुन न कुनैरूपमा दवाएका थिए र दवाइ राखिरहेको छ। त्यही शक्तिले नागरिक ऐन र अगुवाहरूसँग मिलेर हप्ताको पहिलो दिन आइतबार पालन गर्न कानुन पारित गरेर मानिसहरूलाई त्यसलाई लाड्नेछ। परमेश्वरका जनहरू उहाँमा अडिग भएर बस्नैपर्छ। तिनीहरूको पक्षमा परमेश्वरले काम गर्नुहुनेछ र उहाँमात्र सबै देवीदेवता, अगुवा, मानवीय धार्मिक गुरु वा स्वामीहरूको प्रभु हुनुहुन्छ भनेर सरलरूपमा देखाउनुहुनेछ।
(नेपालका प्रायजसो इसाई चर्चहरूले साबथ दिनमा गरिने बालसङ्गतिलाई सन्डे सङ्गति वा चर्च भनेर बढो चलाकीका साथ इसाईहरूले हप्ताको सातौँ दिन साबथको अवधारणालाई लत्याइरहेकाछन्-अनुवादकको अनुभव)।
३२०

previous
अघिल्लो
अर्को
previous
chat