Nov 04, 2024

गोठालाहरूको आवाजको परिक्षण

SCRIPTURE READING — यूहन्ना १०:१४

म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
यूहन्ना १०:१४
हामी प्रत्येकले कष्टजनक सतावत भोग्नुपर्नेछ। हाम्रो विश्वासलाई जाँच्न चरम यातना दिइनेछ।
हामी सबै जना ख्रीष्टमा अंकुश लगाइराख्नुपर्दछ। हामी सबै हाम्रो आस्था र बाइबलीय विद्यामा जरो गाडिएको हुनुपर्दछ। सैतानले विभिन्न माध्यमहरूद्वारा काम गरिरहेको छ। जो गम्भीर भएर जीवित पानी पिउँदैन वा बाइबललाई हल्कारूपमा धार्मिक प्रक्रिया पूरा गर्नमात्र पढ्छ, जो मानिसहरू नयाँ नयाँ र अनौठो विषयहरूमामात्र चासो देखाउँछन् र बाइबलको भित्री ज्ञानमा भन्दा अरूहरू स्रोतमा ध्यान दिन्छन् तिनीहरू सैतानको पञ्जामा सजिलैसित पर्दछ। तिनीहरूले यी विभिन्न आवाजहरू सुन्न उत्सुक हुन्छन् “हेर, ख्रीष्ट यहाँ आउनुभयो,“ वा “ख्रीष्ट त्यहाँ आउनुभयो।“ यस्ता आवाजहरूलाई हामीले कहिल्यै पनि सुन्न र विश्वास गर्नु हुँदैन। हामीसँग सत्य गोठालोको कहिल्यै पनि गलत बोल्नुनहुने आवाजको प्रमाण छ, र उहाँले हामीलाई उहाँको पछि लाग्न बोलाइरहनुभएको छ। उहाँले भन्नुहुन्छ, “मैले मेरा पिताका आज्ञाहरू पालन गरेँ।” उहाँले उहाँका भेँडाहरूलाई परमेश्वरको व्यवस्था वा दश आज्ञाहरूलाई नम्र भएर पालन गर्ने बाटोमा लानुहुन्छ।
बाइबलको सत्यमा नउभिने अनौठो वा ब्वाँसोको आवाजले परमेश्वरको असल, न्यायी र पवित्र व्यवस्थालाई न त आदर गर्छ न त पालन नै गर्छ। धेरै मानिसहरू पवित्र र सिद्ध भएको देखावटी दावी गर्छन्। तिनीहरूले मानिसहरूलाई निको पार्ने जस्ता अचम्म कामहरू पनि गर्छन्, तर तिनीहरू परमेश्वरको धार्मिकताको महान् स्तरलाई वेवास्ता गर्छन्। त्यसकारणले तिनीहरू कसको शक्तिले आश्चर्य कामहरू गरिरहेकाछन् त? के तिनीहरू परमेश्वरको व्यवस्थालाई भङ्ग गरिरहेकाछन् भनेर कसैको नाङ्गो आँखाले देखिरहेकाछन्? के तिनीहरू नम्र, कोमल हुँदै आज्ञाकारी भएर परमेश्वरले दिनुभएका आदेशहरू पालन गर्न तयार छन् त? इसाई हुँ भनेर दावी गर्ने तर दश आज्ञाहरू पालन गर्नु आवश्यकता छैन भनेर सिकाउने इसाईहरूको बारेमा युहन्नाले यसरी भन्डाफोर गर्दछन्, जसले “म उहाँलाई चिन्छु“ भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्याे झुटो हो, र उसमा सत्य छैन। १ युहन्ना २:४ । यस्ता इसाईहरूले बिरामीहरूलाई निको पार्ने अनेकौँ आश्चर्य कामहरू गर्लान् तर ती कामहरूले गर्दा तिनीहरूले परमेश्वरको व्यवस्थाको पालन गर्नुपर्दैन भन्ने बहाना उहाँको सामु मान्य छैन। परमेश्वरको व्यवस्थालाई निरन्तररूपमा अवज्ञा गर्ने तर तिनीहरूले बढे बढे आश्चर्य कामहरू गर्ने शक्ति देखाएतापनि परमेश्वरको महान् शक्ति तिनीहरूमा छ भन्न मिल्दैन। बरु त्यसको ठिक बिपरित यो ठुलो धोखेवाजको आश्चर्य काम गर्ने शक्तिले काम गरिरहेको छ भनेर स्वीकार्नुपर्दछ। देखावटी पवित्र वा धर्मात्मा हुने तर परमेश्वरको दश आज्ञालाई सरासर कुल्चिनेहरूदेखि हामी सतर्क हुनुपर्दछ। येशू हाम्रो लागि मर्नुभएकोले दश आज्ञाहरू खारेज भयो भनेर सिकाउने जोसुकै मै हुँ भन्ने इसाईहरू परमेश्वरको सामु चोखो, पवित्र र धर्मी हुँदैन। तिनीहरूले आफ्नै युक्तिहरूलाई मापदण्ड बनाएर आफ्नो मुल्याङ्कन गरिरहेका हुन्छन्।
३०९

previous
अघिल्लो
अर्को
previous
chat