वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ।
जकरिया १०:१
पूर्वका देशहरूमा बिउ रोप्नुभन्दा अघि पहिला वर्षा हुन्छ। यो वर्षाको धेरै आवश्यक छ किनकि यसले बिउलाई उमार्दछ। अनि मलजल भएपछि बिऊको कमलो टुसा पलाउन थाल्छ। अनि पछिल्लो झरी ऋतुको अन्तमा जब पर्छ तब त्यसले अन्नलाई पकाइदिन्छ र हँसियाद्वारा बाली काट्न तयार पार्दछ (उदाहरणमा धानको खेती)। प्रकृतिमा हुने ती प्रक्रियाहरूले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनेर प्रभुले चित्रण गर्नुभएको छ।
परमेश्वरको वचन सुनेर आत्मिकरूपमा आशिष पाएको पहिलो मिठो अनुभव वा पहिलो वर्षालाई हाम्रो हृदयमा सजाएर त राख्छाै होला, तर अन्नलाई पाक्न र त्यसको कटानी गर्न पछिल्लो झरी भएन भने पहिलो झरीको बारेमा सजिलैसँग हामी विर्सिन सक्छौँ। अनि आत्मिक जीवनमा जतिसुकै परिश्रम गरेपनि त्यो बेकारको हुनेछ। सुरुमा हाम्रो आत्मिक जागरणको निम्ति परमेश्वरको अनुग्रहको आवश्यकता थियो भने दिनदिनै त्यसको निरन्तरताले हाम्रो जीवनमा काम गरिनै रहनुपर्दछ। अनि हामीमा भएको परमेश्वरको प्रगतिशील अनुग्रहले उहाँले गर्नुपर्ने काम सम्पन्न गर्नुहुनेछ।
अब त म इसाई भएँ भनेर ढुक्क मानेर बस्नुहुँदैन न त आफ्नो ऋतुमा पानी परिहाल्छ नि भनेर प्रभुको लागि निश्क्रिय भएर बस्नु उचित हुन्छ। अनुग्रहको निम्ति परमेश्वरसँग पुकार गर्नुहोस्। हामीमा परमेश्वरको निगाहाले उहाँको अनुग्रहको वर्षाले भरियोस् भनेर निरन्तररूपमा प्रार्थना गरिरहनुपर्दछ। आशिषको निम्ति हामी माध्यम हुन र हामी सुधारिरहने परिस्थितिमा हामी पारिरहन अवसर खोजिनै रहनुपर्दछ। येशूले भन्नुभयो, “जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छ, त्यहाँ तिनीहरूको बीचमा म हुन्छु।” मत्ती १८:२० ।चर्चको क्रियाकलापहरूमा, सुसमाचार प्रचारीय सिविरहरूमा, घरेलु संगतिमा वा कुनै पनि समयमा परमेश्वरको उपस्थितिको अनुभवको मानिसहरूलाई आभास दिलाउन व्यक्तिगत प्रयास जारि राख्नुपर्दछ। सुरुको वर्षा र अन्तिम वर्षा मानिसहरूले पाओस् भनेर परमेश्वरले अवसर दिइरहनुहुन्छ।
प्रत्येक प्रार्थना सभामा जब हामी भेला हुन्छौँ हाम्रा हृदयहरूलाई उहाँको अनुग्रहले हाम्रो हृदयहरूलाई न्यानो पारोस् र भिजाओस् भनेर उहाँसँग बिन्ति गर्नुपर्दछ। जब हामी परमेश्वरको पवित्र आत्माको तिर्षा गर्छौँ तब हाम्रा नरम र नम्र हृदयहरूमा उहाँले अड्डा जमाउनुहुनेछ। यदि हाम्रो दिमागलाई नम्र पार्दै विवेकशील भएर परमेश्वरमाथि भर पर्दछौँ भने हामीलाई चाहिने आत्मिक वर्षा उहाँले वर्षाउनुहुनेछ। यदि विस्वासद्वारा परमेश्वरको आशिष माग्छौँ भने परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिषमा हामी ढुक्क हुनसक्छौँ।
आफ्ना छिमेकीहरूलाई जीवनको रोटी बाँड्न माग गरिरहिने सबैमाथि पवित्र आत्मा आउनुहुनेछ।
३२९