Nov 05, 2024

विरामीहरूको निम्ति प्रार्थना

SCRIPTURE READING — याकूब ५:१६

यसकारण तिमीहरू एउटाले अर्कासँग आफ्ना-आफ्ना पाप स्विकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
याकूब ५:१६
आफ्नो मानवीय जीवनको सेवाकालमा जस्तै आज पनि येशू ख्रीष्ट करुणामय चिकित्सक हुनुहुन्छ। प्रत्येक रोगलाई निको पार्ने मलहम उहाँमा छ।
मानिसलाई सृष्टि गर्नुहुने, आफ्नो स्पर्श, वचन र हेराइबाट सबै खालका रोगहरू निको पार्नुहुने येशूमाथि विश्वास गर्न मानिसहरू किन चाहँदैनन्? हाम्रो मुक्तिको निम्ति महान् त्याग गर्नुहुने प्रभुमाथि हाम्रो भरोसा राख्नुभन्दा अरू को वढि योग्य छ त? बिमारीहरूप्रति हाम्रो कर्तव्य के हो भनेर हाम्रो प्रभुले खास निर्देशन प्रेरित याकूबद्वारा दिनुभएको छ। जब कुनै पनि मानवीय सहायता असफल हुन्छ तब त्यसबेला उहाँका जनहरूको निम्ति परमेश्वर सहायक हुनुहुनेछ। “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्, र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। याकूब ५:१४-१५।
तर यस खालको विधिपूर्वक प्रार्थना गर्नु गम्भिर कार्य हो। होशियारसँग सोचबिचार नगरि यस विधिमा पस्नु उचित छैन।
स्वास्थ लाभको निम्ति प्रार्थना गर्न चाहने व्यक्तिहरूमा यो स्पष्ट हुनुपर्दछ कि परमेश्वरको व्यवस्था चाहे प्राकृतिक होस् वा आत्मिक होस् त्यसलाई सरासर उल्लङ्घन गर्नु पाप हो। त्यसकारण, चङ्गाइको आशिषको उपभोग गर्न पाउन चाहनेले पापलाई स्वीकार गर्नैपर्छ र त्यसलाई त्याग्नुपर्दछ।
हामीलाई थाहा छ कि यदि हामीले उहाँको इच्छा अनुसार प्रार्थना गऱ्याै भने उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ। तर, हृदयदेखि नै समर्पित भएर प्रार्थना गरेन भने हाम्रो प्रार्थना उचित हुँदैन। जब हामी प्रार्थना गर्छौँ वा बिन्ति गर्छौँ, तब हामी कोमल र नम्र भएर अनुरोध गर्दै प्रार्थना गर्नुपर्छ तर आदेश दिएर होइन।
कतिपय मामिलाहरू छन् जहाँ परमेश्वरले मानिसको पूर्ण स्वास्थ लाभको निम्ति निर्णायक शक्ति प्रयोग गर्नुहुन्छ। तर यो थाहा पाउनुहोस् कि सबै बिरामीहरू निको हुनुपर्छ भन्ने छैन। कतिपय त येशूमा सुत्न गएका हुन्छन्। हामीहरूका चासो र चाहनाहरू परमेश्वरको इच्छामा हराउनु पर्दछ। बिरामीहरूको निम्ति प्रार्थना गर्दा निको नहुने अनुभवहरूले हाम्रै विश्वास जाँच हुन्छ र त्यो हाम्रै फाइदाको निम्ति हुन्छ। जब हामी विश्वासलाई प्रयोगमा ल्याउँछौँ तब परमेश्वरप्रति हाम्रो आस्था र निष्ठा झन झन बलियो हुँदै जान्छ। परमेश्वले गर्नुहुने काममा उहाँले नै पुर्णता दिनुहुन्छ वा सम्पन्न गर्नुहुन्छ भन्ने कुरामा हामी धिरज र ढुक्क हुनुपर्दछ। परमेश्वरमा धैर्यसाथ पर्खिनेहरूको निम्ति बाइबलमा धेरै अमुल्य प्रतिज्ञाहरू छन्।
३१०

previous
अघिल्लो
अर्को
previous
chat