Nov 08, 2024

सतर्क भएर जाग्राम बस्नु नै हाम्रो निम्ति सुरक्षा

SCRIPTURE READING — १ थेसलोनिकी ५:६

यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत भएर होशमा बसौँ।
१ थेसलोनिकी ५:६
सैतान एक फेरा प्रतिष्ठित र खुशी स्वर्गदूत थियो भनेर मलाई एकफेरा दर्शनमा देखाइएको थियो। पछि उसको वर्तमान अवस्थालाई मलाई देखाइएको थियो। ऊ अझैपनि राजकीय पहिरण वा रवाफमा छ। उसको व्यक्तित्व अझै पनि विशिष्ट र आकर्षिछ तर, ऊ पतित स्वर्गदूत हो। उसको अनुहार संतुष्ट देखिन्दैन।चिन्ता, दुष्ट भावनाहरूले ग्रसित, घृणा, शत्रुभाव, छलकपट र जालसाजी र प्रत्येक खालको खराब तत्वले उसको अनुहार रङ्गिएको छ। उसको निधार एक फेरा आदर्शमय र प्रतिष्ठिति थियो, जुन मलाई देखाइएको थियो। उसको आँखासम्म फैलिएको निधार एक फेरा गौरबमय थियो। खराब गर्न उसले आफूलाई झारेको कारण उसका भएका सबै असल गुणहरू झरिसकेको थियो। सबै खालका दुष्ट प्रवृत्तिहरूको चाङ्ग उसमाथि थियो र नयाँ नयाँ खराब युक्तिहरूको निर्माण उसले गरिरहेको छ। उसको जीव आकार ठूलो थियो, तर उसको शरीरका हातहरू र अनुहार कुप्रिएका थिए। जब मैले उसलाई देखेँ तब उसको चिउँदो उसको हातमा राख्दै थियो। हेर्दा ऊ ठूलो गहिरो सोचमा रहेको देखिन्छ। उसको अनुहारमा देखिएको हाँसोले म थरथर कामेँ, किनभने त्यसभित्र दुष्टताले भरिएको थियो र सैतानिक चलाखीपना चम्किरहेको थियो। जब आफ्नो शिकार आफ्नो हातमा परेको छ भनेर ऊ निश्चित हुन्छ तब उसको अनुहार हाँसोले फुल्दछ र जब उसको शिकारलाई आफ्नो पूरै पञ्जामा पार्दछ तब उसको हँसिलो मुहार खलनायकको जस्तो भयानक भएको देखिन्छ।
शत्रु सैतानको अनेकौँ चालबाजीको सामना गर्न परमेश्वरका जनहरू हरदम तयार हुनुपर्दछ। आफूसँग प्रतिरोध गर्ने परमेश्वरका जनहरूप्रति सैतान झन आक्रोसित हुन्छ किनभने तिनीहरूले उसको विरोध नगरोस् भन्ने ऊ चाहन्छ। उसको शक्ति कतिको सीमित छ भन्ने कुरा उसलाई थाहा छ। यदि हामीले उसको हाकाहाकी सामना गऱ्याै र प्रतिरोध गर्याै भने ऊ सजिलैसँग निश्कृय हुनसक्छ भन्ने कुरा उसलाई थाहा छ। परमेश्वरको शक्तिले उहाँका कमजोरभन्दा पनि कमजोर सन्तसँग न त उसले न त उसका पतित दूतहरू सामना गर्न सक्छ। जब परिक्षामा पर्छ तब कमजोरभन्दा पनि कमजोर सन्त सैतानको उच्च शक्तिभन्दा पनि बलियो भएको उसले पाउँदछ। त्यसकारण कतिपय समयमा मानिसलाई धोखा दिन सैतान शान्तभएर चालबाजी खेल्छ, उसले अज्ञात तरिकाले अचानक आक्रमण गर्दछ। उसका सबै चालबाजीहरूमा उसले मुकुण्डोहरू लगाएका हुन्छ जसले गर्दा मानिसहरूलाई थाहै नदिइ आफ्नो जालमा पार्दछ।
परमेश्वरविहिन मानिसहरू सैतानको बन्धक हो र उसले भनेको अनुसार मानिस चल्न उसको स्वभाव नै मोडिएको हुन्छ। मानिस आफैमा दुष्ट तत्वहरूसँग भिड्ने क्षमता हुँदैन। यदि जीवित विश्वासद्वारा उसमा ख्रीष्ट रहनुभयोमात्र सैतानसँग भिड्न स्वर्गबाट उसलाई सशक्त बनाइदिन सक्छ। उसको चाहना र बल परमेश्वरकै प्रभावले चलेको हुन्छ। त्यसले गर्दा मानिसले भयानक शत्रुसँग भिड्न तयार हुन्छ। त्यो बाहेक वा ख्रीष्टसँग रहनुबाहेक सैतानको प्रतिरोध गर्न अरू सबै खालका अस्त्रहरू व्यर्थ हुन्छ।
३१३

previous
अघिल्लो
अर्को
previous
chat