Nov 30, 2024

सात अन्तिम बिपत्ती वा महामारीहरू

SCRIPTURE READING — यशैया ४१:१७

गरिव र दरिद्रहरूले पानी खोज्छन्, तर केही पानी हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।
यशैया ४१:१७
जब ख्रीष्टले पवित्रस्थानमा पापीहरूको निम्ति पहल गर्ने काम गर्न रोक्नुहुन्छ तब पशु, उसको मूर्तिलाई पूजा गर्नहरू वा परमेश्वरलाई सट्टा त्यसलाई श्रद्धा देखाउनेहरू र उसको छाप लगाउनेहरूको बिरुमा उहाँको क्रोधको कचौरा पोखिनेछ। मिश्र देशमा इस्राएलीहरूलाई छुट्कारा दिनुभन्दा अघि जुन महामारी र विपत्तीहरू परमेश्वरले मिश्र देशमा पठाउनुभयो युगको अन्तमा पनि त्यही खालको महामारी ख्रीष्टले पठाउनुहुनेछ, तर त्यसबेलाको भन्दा ठूलो र भयानक हुनेछ। परमेश्वरका जनहरूलाई गरिने अन्तिम उद्धार भन्दा पहिले ती महामारीहरू दुष्टहरूको न्यायको फैसला स्वरूप ती महामारीहरू आउनेछन्। त्यस भयानक विपतको बारेमा वर्णन गर्दै यूहन्नाले लेख्दछन्, “तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।“ तब पहिलो स्वर्गदूतले गएर आफ्नाे कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्छ र दुख्ने घाउ-खटिरा निस्के। दोस्रो स्वर्गदूतले आफ्नाे कचौरो समुद्रमा खन्याए, र त्याे मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे। अनि तेस्रो स्वर्गदूतले आफ्नाे कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। प्रकाश १६:१-४ ती दु:ख र कष्ट कस्तो भयानक हुनेरहेछ। परमेश्वरले दुष्टहरूलाई आफ्नो न्याय पुर्णरूपमा कार्यन्वयन गर्नुहुनेछ।
यी महामारीहरू विश्वव्यापी हुनेछैन, नत्र सबै मानव जाति पुरै नष्ट हुने थियो। तर ती मारहरू अत्यन्तै ठुलो हुनेछन् जुन मरणशील मानव जातिले अहिलेसम्म अनुभव गरेका थिएनन्। परिक्षण काल सकिनुभन्दा अघि गरिएका मानिसहरूलाई गरिने सबै फैसलाहरूमा दया मिसिएको हुन्थ्यो। येशूको रगतको पहलले गर्दा पापीको दोषलाई उहाँले ढाक्नुहुन्छ। तर अन्तिम न्यायमा परमेश्वरको दया नमिसिएको क्रोध दुष्टहरूमाथि खनिनेछ।
जब ती विपत्तीहरू र स्वर्गको महिमा मिसेर यस पृथ्वीमा आउँदछ, तब यस संसारमा बाँचिरहेका परमेश्वरको जनहरूको अनुभव कस्तो हुनेछ सो वयान गर्न असम्भव छ। परमेश्वरको सिंहासनबाट निस्केको ज्योतिमा तिनीहरू हिँड्नेछन्। स्वर्गदूतहरूको माध्यमद्वारा निरन्तररूपमा स्वर्ग र पृथ्वीसँग संवाद जारी हुनेछ।
परमेश्वरका जनहरू कष्टबाट स्वतन्त्र त हुनेछैन, तर तिनीहरूको बिनाशचाहीँ हुँदैन। जब दुष्टहरू भोक र महामारीले मरिरहेका हुन्छन् तब स्वर्गदुतहरूले धर्मीहरूलाई सुरक्षा दिनेछन् र तिनीहरूको आवश्यता पुरा गरिदिनेछन्। जो धर्मपरायणमा हिँड्छन् तिनीहरूलाई यो प्रतिज्ञा दिइएको छ, “त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन।”यशैया ३३:१६।
३३५

previous
अघिल्लो
chat