Nov 28, 2024

परमेश्वरको अनौठो काम

SCRIPTURE READING — यशैया २८:२१

पराजीम पर्वतमा उठ्नुभएझैँ परमप्रभु उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जागनभएझैँ जागनुहुनेछ– आफ्नाे काम, आफ्नाे अनौठो काम गर्न र आफ्नाे कार्य, अर्थात् आफ्नाे अर्कै कार्य पूरा गर्न।
यशैया २८:२१
सारा राष्ट्रहरूको लेखाजोखा सनातन परमेश्वरले सही तरिकाले राखिरहनुभएको छ। उहाँले करुणा देखाइरहनुभएको समयमा र पश्चातापको निम्ति आह्वान गरिहनुभएकै बेलामा उहाँले त्यो लेखाजोखा खोलिनै राख्नुहुनेछ। जब ती राष्ट्रहरूको लेखाजोखाको संख्या परमेश्वरले निर्धारण गर्नुभएको संख्यासम्म पुग्छ तब उहाँको क्रोधको समय सुरु हुन्छ। उहाँले हिसाबकिताब बन्द गर्नुहुनेछ। अब कसैको निम्ति परमेश्वरसँग पहल वा बिन्ती गर्ने समय हुनेछैन।
युगको अन्ततिर गइरहेको विश्वको इतिहासलाई अगमवक्ताले देख्दछन् र उनको दर्शनमा परमेश्वरले निर्धारण गर्नुभएको समय देख्दछन्। सारा राष्ट्रहरू परमेश्वरका असमित करुणाको उपभोग गर्न अवसर दिइएको थियो। तर राष्ट्र वा मानिसहरूमा भएका अहँकार, घमण्ड, लोभ, मानव निर्मित मूर्तिहरूमात्र होइन मानिसलाई नै भगवान भनेर वा व्यक्ति पूजा गर्ने प्रवृत्ति, परमेश्वरको खिलाफमा हुँकार गर्ने मानवीय संस्कार र परमेश्वरलाई श्रेय वा जस नदिने मानव स्वभावहरू सबै लेखाको पुस्तकमा लेखिरहेकाछन्। तर तिनीहरूको लेखाको पुस्तक छिटै बन्द हुन लागेको छ।
संङ्कट द्रुतगतिमा आइरहेको छ। जब मानिस र राष्ट्रहरूको दुष्टता र आतङ्कवादी गतिविधिहरूको गिन्ति छिटो छिटो बढिरहेको देखाउँछ तब परमेश्वरको आगमन हुनै लागेको छ भनेर देखाउँछ।
दयालु, सदाशयी, मायालु र करुणामयी परमेश्वरको निम्ति दुष्टहरूलाई दण्ड दिने कामलाई अनौठो भनेर सम्वोधन गर्नुभएको छ किनकि उहाँले हृदयदेखि नै यो व्यक्त गर्नुभएको थियो कि “जस्ताे म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुशी हुन्न, तर तिनीहरूले आफ्नाे चाल त्यागेर बाँचुन् भनी म चाहन्छ। आफ्नाे दुष्ट चाल त्याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?“ इजकिएल ३३:११। तर दुष्टता र खराब तत्वहरूमा नै चुर्लुम्म डुब्न रमाइरहनुहुनेहरूको मामिलामा मोशाद्वारा उहाँले भन्नुहुन्छ,“परमप्रभु, टिठ्याउनमा भरिपुर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्तमा प्रशश्त हुनुहुन्छ। उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ।“ प्रस्थान ३४:६-७; नहुम १:३। आफ्नो धार्मिकताको न्यायलाई उहाँले भयानक तरिकाले देखाउनुहुनेछ किनकि राष्ट्र र मानिसहरू उहाँको व्यवस्था वा दश आज्ञालाई सरासर कुल्चेका थिए। त्यसको बदल आफ्नो अधिकार अनुसार उहाँले लिनुहुनेछ। परमेश्वरको कानुनी शासनमा चल्न नचाहने वा उहाँको दश आज्ञाको नीति अनुसार चल्न नचाहनेहरूले परमेश्वरले नचाहाँदा नचाहाँदैपनि ठूलो सजायँ दिनुहुनेछ। राष्ट्रहरूको पापको बिगिविगिदेखि परमेश्वर धेरै सहिरहनुभएको थियो, तर त्यसको पराकाष्टामा नपुगेसम्म परमेश्वरले बिनाश ल्याउनुहुनेछैन। तर जब परमेश्वरको लेखा बन्द गर्नुहुन्छ र राष्ट्र तथा मानिसहरूको दुष्टता अति हुन्छ तब उहाँको दया नमिसिएको क्रोध तिनीहरूमा बज्रिनेछ।
मानिसलाई उद्धार गर्न परमेश्वरले गर्नसक्नुभएको सबै प्रयास पछि पनि उहाँको दयाको आवश्यकताको महसुस गर्दैनन् भने मृत्यु नै तिनीहरूको भाग हुनेछ, त्यो पनि भयानक तरिकाले। जुन पीडा येशूले क्रूसमा भोग्नुभएको थियो त्यही पीडा ती दुष्टहरूले भोग्नेछन्। अनि तिनीहरूले यो महसुस गर्नेछन् कि तिनीहरू सदाको निम्ति आफ्नो जीवन गुमाए। तिनीहरूले पाउनु पर्ने अनन्त जीवन र अनन्त राज्यको हकदार तिनीहरूले गुमाएको पनि तिनीहरूले थाहा पाउनेछन्।
३३३

previous
अघिल्लो
अर्को
previous
chat