जुन मानिस झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर लागेर मलाई विशवासघात गर्छ, त्यसको विरोध गरेर म त्यसलाई
आफ्ना मानिसहरूबाट बहिषकार गर्नेछु। लेवीहरू २०:६
कतिपय जादुगर र इन्द्रजाल गर्ने, ज्योतिष, बीर बोलाउने, फुफा गर्ने, झाँक्री, बोक्सी, तान्त्रिक वा तन्त्रमन्त्र, सिद्ध कहलाउनेहरूसँगको साँठगाँठ अदृश्य दुष्ट आत्माहरूसँग हुन्छ। एन्डोरका तन्त्रमन्त्र गर्नेद्वारा राजा सावलसँग रहस्यमय आवाज र एफिससमा पावलले सामना गरेका तन्त्रन्त्र गर्ने स्त्रीका आवाजहरूले अहिले पनि मानिसका सन्तानलाई फसाइरहेकाछन्। तिनीहरू परमेश्वरको सत्य बोली नभएर मानिसहरूलाई फसाउने सैतानका आत्माहरूले प्रेरित भएका माध्यमहरू हुन्। यदि हाम्रो आँखामा भएका पर्दाहरू उघार्न सकेको भए, ती माध्यमहरूलाई दुष्ट स्वर्दूतहरूले अनेकौँ कलाहरू प्रयोग गर्न लगाएर मानिसहरूलाई नाश गरिरहेकाछन्।
भुतप्रेत आदिको खोल लगाएर दुष्ट स्वर्गदूतहरू मानिसहरूको सामु देखा पर्छन्। तिनीहरू मरेका मानिसहरूको भेष लगाउँदछन् र तिनीहरूको विगत जीवनसँग सम्बधित घट्नाहरू भनेर मानिसहरूलाई आश्वास्त पनि पार्दछन्। अझ, ती भुतहरूले नमरेको बेलामा गरेका कामहरू पनि काम गरेर देखाउन सक्छन्। यसरी मरेका मित्र, प्रियजन र आफन्तहरू स्वर्गदूतहरू भएका छन् र तिनीहरूमाथि घुमिरहेका छन् र तिनीहरूसँग कुराकानी पनि गर्न सक्छन् भनेर मानिसहरूलाई फसाउँछन्। यसरी मरेका मानिसहरू भुतप्रेत आदिका खोलहरू लगाएर दुष्ट आत्मा वा सैतानका दूतहरू मानिसहरूकहाँ देखा पर्दा ती मानिसहरूले तिनीहरूलाई भगवान भनेर पुजा पनि गर्न सक्दछन्। परमेश्वरको वचन बाइबलभन्दा तिनीहरूका ती काम र बोलीहरू ठुलो प्रवाभकारी हुन जान्छ।
यस खालका धर्मकै नाउँमा किन नहोस् तन्त्रमन्त्र वा भुतप्रेतका माध्यमहरूद्वारा मानिसहरूलाई फसाउने काम यस संसारमा द्रुतगतिले फैलिरहेको मलाई देखाइएको थियो। एक दिन मलाई दर्शनमा रेलका डिब्बाहरू बिजुली चम्केको जस्तै द्रुतगतिमा गइरहेको देखेँ। स्वर्गदुतले मलाई राम्रोसँग चिहाएर हेर भनेर अर्हाए। मैले ती डिब्बाहरूलाई हेरेँ। सारा संसार नै त्यस रेलमा गइरहेको जस्तो थियो। अनि मलाई त्यो रेल हाँक्नेलाई देखायो। त्यहाँ अत्यन्तै राम्रो र प्रतिष्ठित जस्तो व्यक्ति देखेँ। त्यहाँ यात्रा गरिरहेका सबै यात्रुहरूले उसलाई भगवान वा स्वामी मानेर श्रद्धा देखाइरहेको मैले देखेँ। म अचम्भित भएँ र मैले मलाई अगुवाइ गर्ने स्वर्गदुतलाई त्यो व्यक्ति को भनेर सोधेँ। उसले स्पष्टरूपमा भने, “त्यो व्यक्ति सैतान हो। उसले नै दिव्यज्ञानको स्वर्गदूतको रूप लिएर त्यो रेल हाँकिरहेको छ। उसले सारा संसारलाई नै आफ्नो जालमा फसाएको छ। तिनीहरू सबै बिजुली चम्केको गतिमा बिनाशतिर गइरहेका छन्। यस संसारमा सैतानले अनेकौँ माध्यमहरूबाट परमेश्वरबाट टाढा राख्न मानिसहरूलाई फसाइरहेका छन्। हामीहरू पनि तिनीहरूसँग मुखामुख पर्न सक्छौँ। यदि हामी ती तत्वहरूसँग परमेश्वरको वचन भिरेर सामना गर्न तयार भएनौँ भने हामीलाई पनि तिनीहरूले सजिलैसँग फसाउन सक्छन् र हामीमाथि विजय प्राप्त गर्नेछन्।“
त्यसकारण परमेश्वरका जनहरू बाइबलीय सत्य शिक्षादीक्षाले सुसज्जित भएर ती दुष्ट आत्माहरूसँग मुकाविला गर्न तयार हुनुपर्दछ। मरेकाहरूलाई केही थाहा हुँदैन भन्ने बाइबलको शिक्षालाई हामीले सम्झि राख्नु धेरै अनिवार्य छ। अनेकौँ चमत्कारीय काम गरेर, बढे बढे आकर्षित कामहरू गरेर, मरेकाहरू नै भुत वा भगवान भनेर जब देखा पर्छन् तिनीहरू दुष्ट आत्माहरू हुन् भनेर हामीले मान्नुपर्दछ।
३१४