यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्वरसित भेट गर्न तिमीहरू तयार होओ।
आमोस ४:१२
कष्टको समयमा स्वर्गमा भएको पवित्रस्थानमा प्रधान पूजारीबिना जिउँदा तिनीहरूलाई परमेश्वरले के ठान्नुहुन्छ सो धेरैलाई थाहा छैन। जो मानिसहरू जीवित परमेश्वरको छाप पाउँछन् र संकष्टको समयमा सुरक्षित हुन चाहन्छन् तिनीहरू पूर्णरूपमा येशूको स्वभावको प्रतिबिम्ब गर्नैपर्छ।
तिनीहरूले लगाउने धर्मपयारणताका पोशाकहरू दागरहित हुनुपर्दछ। तिनीहरूका पापका चरित्रहरू येशूको रगतले छर्केर शुद्ध हुनुपर्दछ। परमेश्वरको अनुग्रह र तिनीहरूको अथक प्रयासले दुष्टसँगको सग्राममा तिनीहरू बिजेता हुनै पर्छ। जब स्वर्गमा छानबिनको न्याय भइरहेको छ, जब पश्चातापी पापीहरूको पाप पवित्रस्थानबाट हटाउँदैछ, त्यसबेला यस संसारमा रहेका परमेश्वरका जनहरूको विशेष शुद्धको काम हुनुपर्दछ त्यो हो सबै खालका पापहरूलाई आफ्नो जीवनबाट हटाउने।
“पछिल्लो वर्षा“ र “आत्मिकरूपमा ताजा“ हुने समयमा परमेश्वरको सामु योग्य हुन पर्खिरहनेहरू नै तयार नभएको धैरै विश्वासीहरूलाई मैले देखेँ। सङ्कटको समयमा आश्रय नपाएका कतिपय विश्वासीहरू मैले कति देखेँ! तिनीहरू तयार हुने आवश्यकलाई वेवास्ता गरेका थिए।त्यसकारण तिनीहरू परमेश्वरको पवित्र आत्माको ताजा वर्षा पाउन सकेन र पवित्र परमेश्वरको अगाडि उभिन योग्य भएका थिएनन्।
अगमवक्ताहरूका वचनहरूले छाँटकाँट गरेर आफ्ना हृदयहरूलाई शुद्ध पार्न अस्वीकार गरेका र आफू जस्तो छु त्यस्तै ठिक छु भनेर सबै सत्यहरूको पालन नगर्ने मानिसहरू आकाशबाट वर्षिने महामारीहरूको समयमा तिनीहरू पर्दा ओहो पहिलानै शुद्ध हुनुपर्ने थियो भनेर महसुस गर्नेछन्। बेलैमा आफ्नो चरित्र निर्माण गर्न वेवास्ता गर्नेहरू विपदको समयमा पश्चाताप गर्नेछन् तर सुधार गर्न तिनीहरूले दोस्रो अवसर पाउनेछैनन्।
पापको प्रत्येक घेरामा लाग्न रुचाउनेहरू, अहंकारी र अरूको मोलमा आफ्नो भाऊ खोज्नेहरू, स्वार्थी, सांसारिक मोहमा लाग्नेहरू, गलत शब्द बोल्ने र गलत काम गर्नेहरूले ती तत्वहरूमाथि बिजयी हुन सकेन भने तिनीहरू आत्मिक ताजाको अनुभव गर्न सक्दैन भनेर मैले देखेँ। त्यसकारण हामी परमेश्वरको नजिक नजिक आउनु पर्दछ। प्रभुको दिनमा हुने युद्धको निम्ति सक्षम् बन्न तयार हुनु आवश्यकता भएकोमैले देखेको छु। परमेश्वर पवित्र हुनुहुन्छ र पवित्र जीवहरूबाहेक उहाँको सामु कोही उभिन सक्दैन भनेर सबैले याद गरुन्।
३३२