म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमक
जस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ। यशैया ५०:७
असल चरित्रवान हुन दुई कुराहरूले बल पूऱ्याउँछ छ-इच्छाशक्ति र आत्मनियन्त्रण गर्ने शक्ति। अनियन्त्रित जोश र आफ्नो मिजास वा स्वभावमा लचिलो नहुने नै चरित्रको बल वा गुण हो भनेर धेरै युवायुवतीहरूले सोच्दछन्। तर कोही आफ्नै कठ्ठर मिजास र आवेगहरूले नियन्त्रण गर्छ त्यो कमजोर व्यक्ति हो भन्ने सत्यताप्रति आँखा चिम्लिनुहुन्न। मानिसको वास्तविक महानता र आदर्शपनालाई उसका आत्मा र मनोभावहरूको शक्तिलाई नियन्त्रण गर्न सक्ने नापमा भरपर्छ, तर उसका अनियन्त्रित आत्मा, जोश र मनोभावले नियन्त्रण गर्नमा होइन। जब आफूलाई दुर्व्यवहार गरिरहेको छ भनेर थाहा पाउँदा पाउँदै पनि आफ्नो दु:खेको चित्तलाई नियन्त्रण गर्ने र शत्रुहरूलाई क्षमा दिन सक्ने व्यक्ति नै सबभन्दा बलियो व्यक्ति हो। यस्ता मानिसहरू साँच्चिक्कै बहादुरहरू हुन् भन्न सकिन्छ।
फुर्तिलो, जोशिलो र जाँगरिलो व्यक्तिले क्षणिकको निम्ति ती गुणहरू देखाउँदैन। त्यस व्यक्ति अरूहरूको सामु चुम्बक जस्तो हुन्छ। उसले आफ्नो काममा अनकौँ वाधाहरूको सामना गर्छ; तर त्यसलाई समाधान गर्दै अघि बढ्ने क्षमता उसमा हुन्छ। उसले सामना गर्ने वाधाहरूले उसलाई घेर्नदिएर उदास बन्नुको सट्टा प्रत्येक बाधालाई उसले तोडेर आफ्नो जीवनलाई अघि बढाउँछ।
हामी हिँड्ने प्रत्येक बाटोमा काँडाहरू छ्न। परमेश्वरको अगुवाइमा चल्ने सबै जनाले निराशहरू, क्रुसहरू र क्षतीहरूको अपेक्षा गर्नुपर्दछ। तर सत बहादुरपनाको आत्मा वा जोशले तिनीहरूलाई जित्न सहयोग गर्दछ। धेरै मानिसहरूले सानासान कठिनहरू पनि ठुलो बनाउँछन् र आफूलाई दिक्क बनाएर हताशनिराशको बादलमा पार्दछन्। यस खालका मानिसहरू पुरै परिवर्तन आफ्नो जीवनमा ल्याउन आवश्यक छ। भरमग्दुर प्रयास गरेर आफुहरूलाई अनुशासनमा राख्नुपर्दछ र बचपनका भावनाहरू त्याग्न कोशिश गर्नुपर्दछ। सानोतिनो कुराहरूमा अल्झिएर जीवन नबिताउने निर्णय तिनीहरूले गर्नुपर्दछ। केही न केही उपलब्धीमूलक काममा व्यस्त हुन तिनीहरूले निर्णय गर्नुपर्छ र आफ्नो लक्ष्यमा पुग्न सक्रिय हुनुपर्दछ। धेरै मानिसहरू यो गर्नेछु त्यो गर्नेछु भनेर असल संकल्प वा भाकल गर्छन्, तर जहिले पनि त्यस संकल्पबाट तिनीहरू बिचलित हुन्छन् र आफुहरूले गरेका संकल्पहरू पूरा गर्न असमर्थ भएको पाइन्छ। त्यसले गर्दा संकल्पहरू केवल कुरामात्र हुन पुग्छन्।
यस संसारमा जन्मेको प्रत्येक व्यक्तिको जीवनमा केही न केही उदेश्य र लक्ष्य हुनुपर्दछ। दिमागलाई ठिक कुराहरूले बाँधि राख्नुपर्दछ। सोचबिचार र विवेकलाई चाहिने कुरामात्र गर्न तालिम दिनुपर्दछ। आफ्नो मानसिक स्थितिलाई कम्पासको सुई जस्तै ठिकतिर औँल्याइ राख्नुपर्दछ। असल र योग्य लक्ष्यहरू जहिले पनि आँखाको अगाडि राखिछोड्नुपर्दछ र जे काम गरिन्छ र जे सोचिन्छ त्यो लक्ष्य पूरा गर्नतिर लक्षित गरिराख्नुपर्दछ। जुन काम वा योजनाहरू गरिन्छ त्यसको निर्धारित लक्ष्य होस् जसले गर्दा त्यो लक्ष पुरा गर्न आफ्ना क्रियाकलापहरू त्यतातिर मोडियोस्।
३११