Nov 10, 2024

दिमागलाई ठिक गर्ने नाउँमा खतरापूर्ण चाल तथा विद्याहरू

SCRIPTURE READING — कलस्सी २:८

ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीषटकाअनुसार होइनन्, तर मानिसको परम्परा र विशवका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
कलस्सी २:८
मानिसको दिमागलाई ठेगाना राख्ने एउटा विधि छ जुन अत्यन्तै प्रभावकारी छ, तर यो दुष्टले मानिसहरूलाई कब्जा गर्ने धेरै माध्यमहरूमा एक हो। यसलाई िहप्नाेटिजम भनिन्छ। मानिसलाई लठ्ठ बनाएर वा मोहनी लगाएर एक जनाले अर्कोको दिमागलाई नियन्त्रणमा राख्दछ। कमजोर दिमाग भएको मानिसको दिमागलाई बलियो दिमाग भएको मानिसको दिमागमा मिसाउँछ। एक जनाले अर्कोको चाहना र इच्छा अनुसार स्वचालित भएर चल्दछ।
तर यस खालको विज्ञानै भनेर सम्बोधन गरेतापनि झुटो शिक्षा वा नीतिहरूमा आधारित छ। येशू ख्रीष्टको स्वभावसँग यो अनौठो नीति हो। त्यस खालको विद्या वा विज्ञानले जीवन र मुक्ति दिने प्रभुकहाँ डोऱ्याउँदैन। जब मानिसको दिमागलाई अनेकौँ तरिकाले आफूतिर आकर्षित गरेर कसैले तान्दछ भने त्यसले तिनीहरूको शक्तिको स्रोत परमेश्वरबाट टाढा हुन उक्साइरहेको हुन्छ।
वर्तमान समयमा विज्ञानकै नाउँमा परमेश्वरको अस्तित्वलाई शङ्का गर्ने, उहाँको बारेमा केरकार गरेर उहाँप्रतिको विश्वासलाई नाश गराउने तत्वहरू छ्यापछ्याप्ती छन्। यस खालका विद्याहरूप्रति हामी सबैतिरबाट सुरक्षित हुन आवश्यक छ। यही कठित विज्ञानको नाउँमा सैतानले हजारौँलाई धोखा दिइरहेको छ। मानिसहरूका दिमागलाई उसैले कब्जा गरिरहेको छ। विभिन्न विज्ञानहरू र मनोवैज्ञानिकको नाउँमा मानिसहरूलाई गरिरहेको नियन्त्रण भयानक छ। यहाँ सर्प जस्तो कुटिल चालबाजी गरेर मानिसहरुको दिमागमा पस्छ र परमेश्वरको कामलाई भ्रष्ट पार्दछ।
एक जना मानिसको दिमागले अर्कोको दिमागलाई लठ्ठ बनाइदिन सक्छ भन्ने दर्शनमा लाग्नेहरूसँग सैतानले तिनीहरूबाट फाइदा उठाउन खप्पिस भएको हुन्छ। आफ्नै इशारामा मानिसहरूले दायाँबायाँ कतातिर लाग्ने हो त्यतातिर सैतानले लगाइरहेको हुन्छ। यस खालका विज्ञानहरूमा सम्पूर्ण समय बिताउनेहरूले तिनीहरूले पाएका ज्ञानहरू स्वर्गबाट आएको हो भनेर दावी गर्दछन्। परमेश्वरकै शक्तिले तिनीहरूबाट महान् र ठुलो ठुलो कामहरू गर्न पाएका छन् भनेर तिनीहरू विश्वास गर्दछन्। तर तिनीहरूले दुष्ट तत्वहरूलाई आफ्ना दिमागहरूमा सजाइरहेको भन्ने कुरो कमै थाहा हुन्छ। प्रिय पाठकबृन्द ती विज्ञानहरूको प्रभावलाई राम्रोसँग सोच्नुहोस्। ख्रीष्ट र सैतानको बीचमा भइरहेको ान्दहरुको अन्त्य भएको छैन।
जब मानिसहरूले प्रार्थना गर्न वेवास्ता गर्छन् तब तिनीहरूले आफ्नै बलमा भर परिरहेको हुन्छ। प्रार्थना नगर्ने बानीले सैतानका अनेकौँ जालहरूको ढोकालाई खुला गरि राखेको हुन्छ। विज्ञानको खोजअनसुन्धानको नाउँमा धेरैका सोचहरूलाई बशमा राख्दछ। मानिहरूको आआफ्नै महान् उपलब्धीहरूप्रति गौरवान्वित भएर आफुहरूलाई श्यावास दिइरहेका हुन्छन्।
हिप्नाेटिजम वा मानिसलाई लठ्ठ पार्ने खालको शिक्षादीक्षाबाट तपाईंहरू अलग बस्नुहोस्। एक मानिसको दिमागलाई अर्को मानिसले बशमा राख्न सक्ने विज्ञान, दर्शन वा वादहरू सैतानका माध्यमहरू हुन्। (अझ ठोकुवा गरेर भन्नुपर्दा जुनसुकै माध्यम वा तत्व वा कदम जसले हाम्रो भौतिक, आत्मिक, मानसिक जीवनको आयामलाई परमेश्वरको उपस्थितिबाट लघार्छ त्यो तत्व वा माध्यम वा कदम सृष्टिकर्ता परमप्रभु सनातन परमेश्वरबाट नभएर उहाँको प्रतिान्दी तरफबाट हो जो जसको अन्त जब येशू क्रसमा टाँगिनुभयो त्यो निश्चित गरिएको छ-अनुवादकको थप मन्तव्य)।
३१५

previous
अघिल्लो
अर्को
previous
chat