Nov 20, 2024

कष्टकर सतावट दिनहरू

SCRIPTURE READING — तिमोथी ३:१२

ख्रीषट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्।
२ तिमोथी ३:१२
जब तीन स्वर्गदूतहरूले दिएका सन्देशहरूमा तेस्रो स्वर्गदूतको सन्देश प्रभावकारीरूपमा प्रचार गरिन्छ तब परमेश्वरले नपत्याउने र नम्र मानिसहरूबाट काम गर्नुहुनेछ। धेरै पढेलेखेका विद्वानहरूले भन्दा प्रभुमा नम्र र उहाँको सेवामा अर्पित मानिसहरूको दिमाग आत्मिक ज्ञान जागरुत हुन्छ र अरूहरूलाई प्रभुतिर अगुवाइ गर्न सक्रिय हुनेछन्। बढे बढे औपचारिक शिक्षण संस्थाहरूमा तालिम पाउने वा डिग्री पाउनेभन्दा पवित्र आत्माले अभिषेक गरेकाहरूद्वारा उहाँको कामको निम्ति योग्य हुनेछन्। विश्वास र प्रार्थनामा दरिलाे भएका येशूभक्तहरू पवित्र जोश र जाँगरले भरपूर भएर तिनीहरूलाई दिइएका परमेश्वरका वचनहरू प्रचार गरिनेछन्। बेबिलोन अर्थात् परमेश्वरको वचनबाट बिचलित भएर गएका भ्रष्ट चर्चका पापहरू तिनीहरूले भण्डाफोर गर्नेछन्। चर्चका अगुवाहरूले नै देशका शासकहरूसँग मिलेर सबैले आइतबारलाई पालन गराउन नियमकानुन बनाउनेछन्। आइतबारलाई पालन गर्न जबरजस्ती अध्यादेश जारी गराएर मानिसहरूलाई फसाउँनेछन्। आत्मिक र धार्मिक जागरणको नाउँमा विभिन्न धार्मिक निकायहरूसँग मिलेर घाटक आइतबारे कानुन द्रुतगतिमा लाड्ने पोपियतन्त्रको मुकुण्डो उघारिनेछ। तर मानिसहरूलाई यसबारे गम्भिररूपमा सतर्क गराइयो भने तिनीहरूमा हलचल मच्चिनेछ।
परमेश्वरको सत्य सन्देशप्रति विरोध गर्नेहरू उहाँका जनहरूप्रति रिसले रनथन हुनेछन्। आइतबारे कानुन लाड्नेको विरोधमा खडा हुनेहरूप्रति रोमन क्याथोलिक चर्चको पक्षमा उभिने चर्चका अगुवाहरू आक्रोसित हुनेछन्। चर्चले नै देशका बलिया प्रशासकहरूसँग मिलेर आइतबार कानुन कार्यान्वयन गर्नेछ। यस कामको निम्ति रोमन क्याथोलीक चर्च र सुधारवादी अर्थात् प्रोटेस्टेन्ट चर्च एक हुनेछन्। जब आइतबार पालन गर्नुपर्ने नीति जबरजस्ती र निर्णायक हुनेछ तब परमेश्वरका दश आज्ञाहरू पालन गर्ने जनहरूको विरुद्धमा कानुन सरकारले पारित गर्नेछ।
यथार्थमा पावलका बोलीहरू अक्षरस पूरा हुनेछ, “ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्।” २ तिमोथी ३:१२। आइतबारे साबथलाई नमान्ने तर परमेश्वरको सत्य वचनप्रति अडिग रहने कतिपयलाई झ्यालखानामाहाल्नेछन्, कतिलाई निर्वासनमा पठाइनेछ र कतिपयलाई दमन गरि दासत्वको व्यवहार गर्नेछन्। तर तत्काल यो भविष्यवाणी मानव बुद्धि वा समझमा असम्भव छ; जब आइतबारे कानुनको खिलाफमा उभिन प्रेरित गर्ने परमेश्वरको आवाजलाई मानिसहरूबाट हराउँछ तब तिनीहरू सैतानको नियन्त्रणमा हुनेछ। त्यस बखत अनेकौँ अनौठो कुराहरू घट्ने छन्। अन्धकारका फौजहरूको विरुद्धमा आफूहरूलाई नउभ्याइकन कुनै पनि मानिसले परमेश्वरको सेवा गर्न सक्दैन।
विगतका समयमा करौडौँ येशूभक्तहरू उहाँको खातिर सतावटको मारमा परेका थिए। त्यसबेला ती सतावटको सामना गर्न तिनीहरूलाई बल कहाँबाट मिल्यो त? तिनीहरू परमेश्वरसँग एक भएका थिए, पवित्र आत्मासँग एक भएका थिए र येशू ख्रीष्टसँग एक भएका थिए। जब परिपक्व रुपमा मुक्तिदातासँग सत्सङ्ग गर्छन् तब परमेश्वरका जनहरू अन्तिम समयसम्म यातना तथा सतावट सहन सक्षम् बनाइनेछन्।
३२५

previous
अघिल्लो
अर्को
previous
chat