त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस्ताे सङ्कषटको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्ताे कहिल्यै भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू– जीवनको पुस्तकमा नाम लेखिएका सबै– बचाइनेछन्।
दानिएल १२:१
जब तेस्रो स्वर्गदूतको सन्देश दिने कार्य अन्त हुन्छ तब पृथ्वीमा रहेका दोषी मानिसहरूको निम्ति कसैले बिन्ती गर्नेछैन। परमेश्वरका जनहरू आफ्नो काम सम्पन्न गरिसकेको हुन्छ। यस संसारमा अन्तिम परिक्षा आइसकेको हुनेछ, र जो मानिसहरू परमेश्वरका नीतिहरू वा दश आज्ञाहरूप्रति बफादार भएको प्रमाण दिएका हुन्छन् तिनीहरूले परमेश्वरको छाप पाउनेछ। अनि स्वर्गमा रहेको पवित्रस्थानबाट येशूले पहल गर्नुहुने काम रोकिन्छ। उहाँले आफ्ना हातहरू उचाल्नुहुनेछ र ठूलो स्वरले भन्नुहुनेछ, “अब सिद्धियो।”
परमेश्वरको सह्यशक्तिको अन्त्य हुन्छ। सारा संसारले उहाँको दयालाई अस्वीकार गरेका थिए। उहाँको प्रेमलाई हेला गरेका थिए, र उहाँको व्यवस्थालाई कुल्चेका थिए। दुष्टहरूको परिक्षण कालको सिमाना नाघिसकेको हुन्छ। तिनीहरूले परमेश्वरको आवाजलाई सुन्न निरन्तररूपमा अस्वीकार गरेका थिए। त्यसको फलस्वरूप अन्तमा प्रत्येक मानिसमा बोल्ने र अगुवाइ गर्ने पवित्र आत्माको मधुर आवाज सदाको निम्ति बन्द हुनेछ। परमेश्वरको अनुग्रहबाट आश्रय नपाएपछि तिनीहरू सुरक्षित हुने कुनै स्थान रहँदैन, अनि दुष्टले तिनीहरूलाई आफ्नो काबुमा राख्दछ। यस संसारका सबै मानिसहरूलाई एकत्रित गरे उसको नेतृत्वमा अन्तिम सङ्कटमा तिनीहरूलाई डुवाउनेछ। परमेश्वरका जनहरू पनि याकुबको सङ्कटमा पर्नेछन् अर्थात् अगमवक्ताले भनेको अनुसार दु:ख, कष्ट दिएर हैरानमा पारिनेछ।
जसका हातहरू सफा वा निर्दोष छन् र शुद्ध हृदयहरू हुन्छन् तिनीहहरू परिक्षाको घडीमा उभिन सक्ने हुन्छ। अहिले नै परमेश्वरको व्यवस्था वा दश आज्ञाहरू हाम्रो मगजमा, निधारमा र हृदयहरूमा राख्नुपर्दछ। हामीसँग भएको फुर्सदको समय बाइबलमा खोजनीति गरेर अध्ययन गर्नुमा बिताउनुपर्दछ, किनकि अन्तिम दिनमा हामीलाई न्याय गर्ने बाइबल नै हुनेछ।
परमेश्वरका आज्ञाहरू र येशूको गवाही तपाईंहरूको दिमागमा निरन्तररूपमा अड्डा बसालियोस् र सांसारिक सोचबिचार र चिन्ताहरूलाई दिमागभन्दा बाहिर राख्नुहोस्। जब तपाईंहरू सुत्नुहुन्छ र उठ्नुहुन्छ तिनिहरुमा नै तपाईंहरू ध्यान दिनुहोस्। मानिसको पुत्र आउँदै हुनुहुन्छ भन्ने सोचमा तपाईंहरू रहनुहोस् र त्यसै अनुसारको तपाईंहरूको क्रियाकलाप होस्। छाप लगाउने समय थोरै छ, र छिटै त्यो काम सकिनेछ। जब चार स्वर्गदुतहरूले चार वटा बतासहरूलाई रोकी राखिरहेको छ, अहिले नै तपाईंहरूको बोलावत र स्वर्गको निम्ति उम्मेदवार हुनभएको छ कि छैन भनेर निश्चित गर्नुहोस्।
३३४