Nov 07, 2024

हाम्रो हिम्मतको जाँच

SCRIPTURE READING — १ पत्रुस ४:१२-१३

प्रिय हो, तिमीहरूलाई पारख गर्ने अगनीमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर। तर ख्रीषटका कषट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि अति आनन्दित र हर्षित हुन सक।
१ पत्रुस ४:१२-१३
यथार्थमा भन्ने हो भने, सैतान र उसका फौजहरूले येशूका अनुयायीहरूलाई खतम गर्न तिनीहरूको विरुद्धमा कस्तो षडयन्त्र रचिरहेका छन् भन्ने ज्ञान कमै छ। तर जो परमेश्वर सारा जगतमाथि विराजमान हुनुहुन्छ, उहाँका आफ्ना गम्भीर खाकाहरू सम्पन्न गर्न सैतानका सबै षडयन्त्रहरूमाथि उहाँले प्रभुत्व जमाउनुहुनेछ। आफ्ना जनहरू अग्निमय परिक्षामा पर्न दिन प्रभुले अनुमति दिनुहुन्छ, त्यसको अर्थ यो होइन कि तिनीहरूको दु:ख, कष्ट र पीडामा निरङ्कुश शासक जस्तै उहाँ रमाउनु हुन्छ, तर तिनीहरूको अन्तिम विजयको निम्ति यो प्रक्रिया अत्यावश्यक छ।
परमेश्वरको शक्तिशाली सत्यप्रति आशक्त भएकोले यस संसारको ढुङ्गा खानीबाट हामीलाई सुन जस्तै निकालेर उहाँको कार्यशाला वा प्रयोगशालामा पार्नुभएको छ ताकि उहाँको मन्दिरमा हामी सजिन उहाँले हामीलाई तयार गर्न सकुन्। उहाँको प्रयोगशालामा हतौडा, अचानो र छिनोले आआफ्नो काम गर्नैपर्छ, अनि हामी टल्केर आउनेछौँ। परमेश्वरको अनुग्रहको प्रयोगशालामा हुँदा त्यसको विरुद्धमा नजाऔँ न त गनगन नै गरौँ। तपाईं खस्रो पत्थर हुनसक्छ। परमेश्वरको खाकामा हुल्नको निम्ति तपाईंलाई त्यस प्रयोगशालामा पार्नैपर्छ। हतौडा र छिनोरूपि दु:खकष्ट, पीडा आदिले तपाईंको चरित्रमा भएका खोटहरू निकाल्न खोज्छ भने तपाईं अचम्म मान्नु आवश्यक छैन। यो काम केवल परमेश्वरलेमात्र सम्पन्न गर्न सक्नुहुन्छ। बेकारमा उहाँको हतौडा र छिनो तपाईंमाथि बज्रिने छैन भनेर उहाँले हामीलाई विश्वस्त गर्नुभएको छ।
उहाँले तितो प्याला उहाँका जनहरूलाई पिउन दिनुभएको छ भनेर परमेश्वरले मलाई देखाउनुभएको थियो। तिनीहरूलाई सफा, शुद्ध र प्रसोधन गर्न ती दु:ख, कष्ट, आपद र पीडाको प्याला पिउन आवश्यक छ। तर त्यो तितो प्यालालाई धैर्यता, सहनशीलता, प्रार्थना आदि गरेर गुलियो बनाउन सकिन्छ। जसले यस प्रक्रियाद्वारा प्रशाेधन गरिएको प्याला पिउँछन् तिनीहरूका हृदयहरूमा धेरै छाप पर्नेछ र परमेश्वरकै खाका अनुसार तिनीहरू बनिनेछन्। यस प्रकारले परमेश्वरको सम्मान र महिमा हुन्छ र यस संसारमा उहाँको इज्जत थाम्दछ। येशूभावनामा आशक्त भएका मानिसहरू परमेश्वरको अनुमोदनमा चल्नु र उहाँको अधिकारमा रहनु कुनै चानचुने कुरा होइन।
हामीहरूको दु:ख, कष्ट, पीडा र परिक्षाहरूमा उहाँको अनुग्रह नै पर्याप्त छ। ती कुराहरू पछिल्ला दिनहरूमा झन चर्को भएर आउने भएतापनि यदि हामी परमेश्वरमा नै सम्पुर्ण भरोसा राख्न सक्यौँ भने हामीमा आएका प्रत्येक परिक्षालाई जित्न सक्छौ र उहाँको अनुग्रहले हामी विजेताभएर निस्कन सक्नेछौँ। हामी परमेश्वरका सबै हतियारहरू भिरेर बस्नुपर्दछ र अन्धकारको शक्तिसँग भिषण संग्राम गर्न तम्तयार भएर बस्न सकौँ।
३१२

previous
अघिल्लो
अर्को
previous
chat