परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुनछ। उहाँमा शरण लिने र उहाँमा भरोसा राख्ने मानिस धनयको हो।
भजनसंग्रह ३४:८
बाइबललाई अक्षरस रूपमा अध्ययन गर्दा र त्यसको मोहमा फस्दा त्यसको नतिजाको अनुभव सबैले गर्न ढोका खुला गरिएको छ। चाहे धेरै शिक्षित होस् वा पढ्नै नजाने पढ्न वा अक्षरै नचिन्ने किन नहोस्, बाइबलको वचनलाई दिलमा राख्न सक्यो वा चाखेर लिन सक्यो भने त्यसको शक्तिको अनुभव उसको जीवनमा प्रमाणित नै गरेर देखाउन सक्दछ। उहाँको वचनको वास्तविकता वा यसले ल्याउने आमुल परिवर्तनलाई आफैले प्रमाण गरेर देखाऊ भनेर प्रभुले हामीलाई आह्वान गर्नुहुन्छ। उहाँले हामीलाई अऱ्हाउनु हुन्छ, “प्रभु कतिको असल छ भनेर आफैले पारख वा अनुभव गरेर हेर।” अरूहरूले सिकाउने ज्ञानमा भरपर्नुको सट्टा हामी आफैले बाइबललाई अध्ययन गर्नुपर्छ र त्यसको प्रभाव हाम्रो जीवनको नैतिक, चरित्र, रहनसहन वा जीवनशैलीमा व्यक्तिगतरूमा अनुभव गर्नसक्ने खुबी हुनुपर्दछ। जब हामी येशूको नजिक तानिन्छौँ र उहाँको प्रेमको पुर्णतामा आनन्दित हुन्छौँ तब हामीमा भएका शंका, दुविधा आदिहरू उहाँको उपस्थितिमा स्वत बिलाएर जानेछन्।
येशुको भक्तलाई थाहा छ उसले कसमाथि विश्वास र भरोसा राखेको छ। उसले बाइबललाई केवल औपचारिकतारूपमा वा धर्मशास्त्र भनेर प्रभुलाई खुशी पार्न पाठ भनेर पढ्दैन; तर उसले यसको शिक्षादिक्षा वा विद्याको शक्तिलाई व्यक्तिगतरूपमै प्रमाणित गरेर यसको शक्तिको अनुभव गर्दछ। जब उसले बाइबल पढ्छ तब उसले येशुको धार्मिकताको बारेमामात्र पढ्दैन, उसले आफ्नाे आत्माका झ्यालहरू खोल्दछन् ताकि उहाँको धार्मिकताका किरणहरूले उसको जीवन टल्कियोस्।
प्रत्येक व्यक्ति जसले येशुलाई विश्वास गर्दछ उसले मृत्युबाट नयाँ जीवनमा प्रवेश गरेको हुन्छ। परमेश्वर सत्य हुनुहुन्छ भन्ने विद्याको लालमोहरको टाँचा उसमा लगाइसकेको हुन्छ। “जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ।” युहन्ना ३:३३ अर्थात उसले जीवित परमेश्वरको अस्तित्वलाई उसको जीवनबाट प्रमाणित गरेर देखाउँछ। उसले यस्तो गवाही दिन सक्छ, “मलाई सहायताको निम्ति आवश्यक थियो। त्यो सहायता मैले येशुमा पाएँ। मलाई चाहिने सबै आवश्यकताहरू उहाँले उपलब्ध गराउनुभएको छ। मेरो भोको आत्मालाई उहाँले संतुष्ट पार्नुभएको छ। अब बाइबल मेरो निम्ति येशुको आवाज भएको छ। म येशुलाई किन विश्वास गर्छु भनेर के तपाईं सोच्नुहुन्छ?-किनभने उहाँ मेरो प्रभु मुक्तिदाता हुनुहुन्छ। बाइबललाई म किन विश्वास गर्छु त? किनभने मेरो अन्तरआत्माको निम्ति आवाज भइरहरेको छ।“ हामीहरूकै परिवर्तित जीवनबाट बाइबल सत्य हो, ख्रीष्ट परमेश्वर पिताको पुत्र हो भनेर गवाही दिन सक्छौँ। हामीलाई थाहा छ कि हामीले कुनै पुराण, दन्त्यकथाहरू र मानिसका चातुर्यताका दर्शन, चलाकी गन्थनमन्थन र सोचविचाहरूको पछि लागेका छैनौँ।
युवायुवतीहरूले बाइबललाई आफ्नाे दिमाग र आत्माको निम्ति खुराक बनाउनु पर्दछ । तिनीहरूको विश्वासले नै प्रभुको ज्ञानको प्रयोगात्मक गरेर देखाउन सक्दछ। उहाँको वचनको सत्यता, उहाँका प्रतिज्ञाहरूमा भएका सत्यतालाई तिनीहरूले आफ्नै जीवनमा प्रमाणित गरिसकेको हुनुपर्दछ। तिनीहरूले प्रभुको स्वाद लिइसकेको हुन्छ, उहाँलाई चाखिसकेको हुनुपर्दछ। प्रभु भलो, करुणामय, सदाशयी र प्रेमिलो हुनुहन्छ भन्ने ज्ञानमा तिनीहरू निपुण हुनसक्छ र भएका पनि छन्। परमेश्वरको चरित्रको बारेमा स्वष्टरूपमा जान्न झनझन माथि माथि जाने अवसर हाम्रो हो। उहाँकै ज्योति वा ज्ञानको प्रकाशले हामी आत्माज्ञानको ज्योति देख्नेछौँ। अनि क्रमबद्धरूपमा हामीहरूको हृदय र दिमाग उहाँको पवित्र स्वरूपमा परिवर्तित हुँदै जानेछौँ।
११