Jan 19, 2025

सारा जगत, नक्षेत्र वा आकाशहरूले घोषणा गरिरहेको छ

SCRIPTURE READING — यशैया ४०:२६

तिमीहरूका आँखाहरू माथि उठाएर आकाशलाई हेर, यी सबै कसले सृिषट गरेका हुन्? उहाँले नै होइन र, जसले तारामण्डल वा तारापुञजलाई एक-एक गरी लयाउनुहुनछ र प्रतयेकलाई नाउँ काढ़ी बोलाउनुहुनछ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमधये एउटै पनि हराउँदैन।
यशैया ४०:२६
प्रकृति, परमप्रभुको महान् पुस्तक हो। यो अध्ययन गर्न हाम्रो सामु खुला राखिएको छ। यसलाई अध्ययन गरेर उहाँको महानता र अतुलनीय प्रेम र महिमाको उच्च धारणाहरू सिक्दछौ। उहाँका हातका कामहरूको सराहना, कदर, रसास्वदन र प्रशंसा उहाँका भक्तहरूले गरुन भन्ने उहाँको चाहना हो। उहाँले पृथ्वीरूपी घरलाई साधारण वा सरल र शान्त सौन्दर्यताले सिँगार्नुभएको छ।
आफ्ना वरिपरि रहेका भद्रगोल, व्याकुल बनाउने, अलमल र जिल्ल पार्ने वातावरणबाट उहाँका हातका कामहरूतिर ध्यान गरोस् र उहाँले सृष्टि गर्नुभएका प्राणीहरूले तिनीहरूको प्रशंसा गरुन् भनेर परमप्रभुले आह्वान गर्नुहुन्छ।
प्रिय जवान भाइबहिनीहरू रातमा बाहिर जानुहोस्, र आकाशमा भएका गौरबमय र विशाल तारामण्डलको महिमा गर्नुहोस्। बहुमुल्य सुन जस्तै आकाशहरूमा चकमक पार्ने तेजिलो ज्योतिका किरणहरू ती तारामण्डललाई हेर्नुहोस्। त्यहाँ महिमाको धनराशि छ, तर दुर्भाग्यवस करौँडौँ मानिसहरूका दिमागहरू मन्द र बोझो भएका छन् कि त्यहाँभएका बहुमुल्य द्रव्यहरूलाई सराहना गर्न सक्दैनन्। हाम्रा इन्द्रियहरूले गवाही दिउन् भनेर अलिकति स्वर्ग माथिबाट झुन्ड्याइएको छ। आकाशमा हामीले जे देख्दछौँ त्यसमा लुकिएका अपार महिमाको केवल झल्कोमात्र हो।
आकाशतिर ताराहरूलाई केवल हेर्नेमात्र होइन, तिनीहरूमा परमप्रभुले गर्नु भएको कामको बारेमा पनि सोच्नुपर्दछ। उहाँको असिम र अपार कामहरूको अध्ययन हामीले गरेको उहाँ चाहनुहुन्छ। त्यस अध्ययनबाट उहाँलाई प्रेम, आदर र श्रद्धा गर्न सिकोस् भन्ने उहाँको भित्री आशय हो।
परमप्रभुले आकाश वा नक्षेत्रहरूमा राख्नु भएका प्रत्येक चम्किलो ताराले उहाँको आदेश पालन गर्दछर्, र रातमा आकाशहरू चकमकपारि सुन्दर बनाउन ती ताराहरूले चाहिनेमात्रामा विशेष ज्योति वा किरणहरू फैलाउँछन्। त्यसरी नै हृदय परिवर्तन गरि येशूलाई विश्वास गर्ने प्रत्येकले उसलाई सुम्पिएको ज्ञानको ज्योतिकोमात्रा देखाओस्। जब मानिसहरूको सामु आफूमा भएको येशूको किरण चम्काउँछ तब उसमा भएको किरण बढ्छ र झन झन चहकिलो भएर चम्कन्छ। तपाईंमा भएको ज्योति अरूहरूलाई पनि फैलाउनुहोस्। स्वर्गको ऐनाबाट प्रतिबिम्बित गरेका किरणहरूलाई मानिसहरूको सामु चम्काउनु होस्। ओ सियोनको छोरी, “उठ्, प्रकाशमान् हो, किनकि तिम्रो प्रकाश आएको छ, र परमप्रभुको महिमा तिमीमाथि उदाएको छ।“ यशैया ६०:१।
२०

previous
अघिल्लो
अर्को
previous
chat