Jan 21, 2025

परमप्रभुले थामी राखनुभएको प्रकृति

SCRIPTURE READING — कलस्सी १:१७

उहाँ नै सबै कुराभनदा अगाडि हुनुहुनछ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन् वा रहिरहेका छन्।
कलस्सी १:१७
यस भौगोलिक पृथ्वीका मामिलामा, यसमा चाहिएको यावत थोकहरूको रचना सृष्टिका दिनहरूमा नै सम्पन्न वा पूरा भइसकेको थियो। पावलले यसलाई स्पष्टरूपमा यसरी पुिष्ट गर्दछन्, “उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।“ हिब्रू ४:३ तर उहाँले सृष्टिमा रचिएका कामहरूलाई सम्हालिराख्न वा थामी राख्न अहिले पनि आफ्नाे शक्तिलाई परिचालन गर्नुहुन्छ। प्रत्येक पल्ट फेरिने सास र मुटुको धडकनले उहाँले हामीलाई हेरचाह गर्नुहुन्छ भनेर प्रमाणित गर्दछ। उहाँमै हामी जिउँछौँ, चल्छौँ र हाम्रो अस्तित्व निर्धारित भएको छ।
पृथ्वीले उदारतापूर्वक उत्पादन गरेका सबै तत्वहरू, र सूर्यको वरिपरि प्रत्येक वर्ष घुम्ने पृथ्वीलाई चाहिने शक्ति तिनीहरू आफैमा अन्तरनिहित छैन, अर्थात् आफ्नै शक्तिले चलेको हुँदैन। आकाशमा घुमिरहने ग्रहहरूलाई अदृष्य हातले अगुवाइ गरिरहेको छ।
स्वर्गको परमप्रभु बिना रोकतोक, चौबिसै घन्टा निरन्तररूपमा यस पृथ्वीलाई थामी राख्न खटिरहनुहुन्छ वा काम गरिरहनुहुन्छ। उहाँकै शक्तिले बनस्पति फस्ताउँछ। बोटविरूवामा निस्किने प्रत्येक पात र प्रत्येक फुल्ने फूल उहाँकै शक्तिको काम हो। आकाशबाट झर्ने प्रत्येक पानीको थोपा, हिँउको प्रत्येक कण, घाँसको प्रत्येक पात, बोटबिरूवामा उम्रिने प्रत्येक पात, प्रत्येक फूल र झाङ्ग वा झाडीले परमप्रभुको अस्तित्वलाई प्रमाणित गर्दछ। परमप्रभु हुनुहुन्छ भनेर तिनीहरूले चिच्याइरहेको हुन्छ। हाम्रा वरिपरि रहेको प्राकृतिक सम्पदाको साधारण र मानिसले वास्ता नगरिएको सानोतिनो थोकहरूले हामीलाई पाठ सिकाउँदछ।अनन्तको परमप्रभुले ती सबैलाई ख्याल गर्नुहुन्छ र उहाँले कुनैलाई पनि सानो भनेर वेवास्ता गर्नुहुन्न।
कतिले सिकाउँछन् कि भौतिक पदार्थमा सजिव शक्ति वा चलिरहने तत्व आफैमा छ। प्रकृति निर्धारित नियममा संचालन हुन्छ जुन परमप्रभु आफैले पनि हस्तक्षेप गर्नुहुन्न। विज्ञानको नाउँमा यस्तो खालको धारणा राख्नु गलत हो। यो बाइबलसम्मत छैन। प्रकृति उनको सृष्टिकर्ताको सेवक हो। परमप्रभुले आफ्ना व्यवस्था वा नीतिहरू रद्द गर्नुहुन्न, वा तिनीहरूको विपरित चल्नुहुन्छ; तर तिनीहरूलाई निरन्तररूपमा उहाँको औजारको रूपमा प्रयोग गरिरहनुहुन्छ।
प्रकृतिमा परमप्रभुको हातका कामहरूमा परमप्रभु आफै तिनीहरूमा हुनुहुन्न। प्रकृतिले परमप्रभुको विचारलाई व्यक्त गर्दछ, तैपनि प्रकृतिलाई होइन तर प्रकृतिको सृष्टिकर्ता परमप्रभुको प्रतिष्ठा र गौरवलाई उचाल्नुपर्दछ।
परमप्रभु पिता र पुत्रले प्रकृतिमा निरन्तररूपमा काम गरिरहनुहुन्छ। येशूले भन्नुभयो, “मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।“ यूहन्ना ५:१७।
अन्तरिक्षमा भएका पृथ्वी र अनेकौँ ग्रहहरूलाई सम्हालिराख्ने हात, जगतलाई नियमित र क्रमवद्ध परिवाटीमा चलाउने हात, र सारा जगतमा संचालित सबै क्रियाकलापहरूलाई नथाकिकन संवर्धन वा हिफाजत गर्ने हातमा नै हाम्रो निम्ति क्रूसमा किला ठोकिएको थियो।
२२

previous
अघिल्लो
अर्को
previous
chat