उहाँले आफना आशचर्यकर्म समरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र करुणाले भरपूर्ण हुनुहुन्छ।
भजनसंग्रह १११:४
सृष्टिमा परमप्रभुले अदनको बगैँचामा नै आफ्नाे सृजनात्मक कामलाई याद दिलाउन स्मारक वा किर्ति स्तम्भ स्थापना गर्नुभएको थियो। त्यो थियो सातौँ दिन साबथ जसलाई आशिष दिनुभएर अरू छ दिनहरूबाट अलग राख्नुभएको थियो। सारा मानव पूर्खाको अग्रज वा पिता र मानव परिवारलाई प्रतिनिधित्व गर्ने आदमलाई साबथ सुम्पिएको थियो। परमप्रभु तिनीहरूको सृष्टिकर्ता र वैध वा आधिकारिक सर्वोच्च शासक; सारा सृष्टि उहाँका हातका कामहरू हुन् र तिनीहरू उहाँको अधिनमा छ भनेर स्वीकार गरेर उहाँप्रति कृतज्ञता व्यक्त गर्दै साबथ पालना गर्नु यस संसारमा जन्मेका सबै मानिसहरूको कर्तव्य हो। त्यस कारण साबथको स्थापना पूर्णतया सम्झना वा संस्मरणको रूपमा लिनुपर्दछ। यो सबै मानव प्राणीलाई दिएको थियो। यसमा कुनै अस्पष्ट, नबुझिने र अलमल पार्ने कुरा छैन। यो कुनै खास जाति वा राष्ट्र र युगको निम्ति दिइएको होइन। साबथको गरिमा र उपयोग समस्त मानिसहरूको लागि हो। यो कुनै नििश्चत मानव जाति, राष्ट्र र युगमा सिमित छैन।
सबै थोक परमप्रभुको पुत्रले सृष्टि गर्नुभएको थियो। “आदिमा वचन हुनुहुन्थ्याे, वचन परमेश्वरसँग हुनुहुन्थ्याे, अनि वचन परमेश्वर हुनुहुन्थ्याे। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्याे। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।“ यूहन्ना १:१-३उहाँको सृष्टिलाई याद दिलाउने सावथ भएकोले, यो ख्रीष्टको शक्ति र मायाको चिनो हो।
साबथले हाम्रा सोचविचारहरू प्रकृतितिर ध्यान लगाउन आह्वान गर्दछ, र सृष्टिकर्तासँग हाम्रो संवाद जारी राख्दछ। चराचुरुङ्गीहरूका मिठो र सुरुलो आवाज र गीतहरूमा, रूखहरू हल्लिएर दिएका ताजा हावामा, र समुद्रका छालहरूको सङ्गीतमा हामीले परमप्रभुको आवाज अझै पनि सुन्नसक्दछौँ, जुन आवाजबाट उहाँले दिउँसो शीतलमा आदम र हव्वासँग कुरा गर्नुभएको थियो। जब हामी उहाँको शक्ति प्रकृतिमा हेर्छौँ तब त्यसमा हामी सान्त्वना र ढाडस पाउँछौँ। जुन वचनले सबै थोकहरू सृष्टि भयो त्यही वचनले मानिसलाई जीवन दिन बोल्नु हुन्छ।
परिश्रम गर्न, काम गर्न परमप्रभुले मानिसलाई छ दिनु भएको छ, तर उहाँले उहाँको विश्रामको दिनलाई पवित्र बनाउनुभएको छ, र मानिसलाई उपहासस्वरूप त्यसको पालन गर्न उहाँले दिनुभयो। यस दिनमा अरू दिनहरूमा जीविका चलाउन पैसा कमाउने परिश्रम रोकिनुपर्छ। यस दिनमा व्यापार र अरू कामको चिन्ता गर्नेबाट स्वतन्त्र हुनुपर्दछ। अरू दिनहरूभन्दा साबथलाई अलग राखिएर यस संसारलाई सृष्टिको चिनो वा स्मारक दिनुभएको थियो। उहाँले हप्ताको सात दिनको कुनै दिनलाई अलग पारेर पवित्र गर्नुभएको थिएन। जब हामी साबथ पालना गर्छौँ तब परमप्रभु जीवित परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्दछौँ। उहाँ नै सारा जगत र पृथ्वीको सृजनहार हुनुहुन्छ भनेर उहाँप्रति हाम्रो प्रतिवद्धता कायम राख्दछौँ।
यदि मानव जगतले सधैँ साबथलाई पवित्ररूपमा पालना गरेको भए यस संसारमा नास्तिक र मूर्तिपूजक कहिल्यै हुने थिएन।
२६