Jan 11, 2025

येशू ख्रीषट जीवित वचन

SCRIPTURE READING — यूहन्ना १:१४

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्याै, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्ताे थियो।
यूहन्ना १:१४
येशूलाई परमेश्वरको वचन भनेर सम्बोधन गरिएको छ। उहाँले उहाँका पिताका व्यवस्था अर्थात् विधिलाई स्वीकार्नुभएको थियो। उहाँले त्यस व्यवस्थाका नीतिहरूलाई आफ्नो जीवनमा उतार्नुभएको थियो। त्यस व्यवस्थाको भावनालाई उहाँले प्रकट गर्नुभएको थियो। त्यसले हृदयमा ल्याउने हितकारी शक्ति पनि उहाँले देखाउनुभएको थियो। यूहन्नाले भन्दछन्: अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्याै, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्ताे थियो। यूहन्ना १:१४। परमेश्वरको बारेमा सबै थाहा पाउनुपर्ने र थाहा पाउन सक्ने उहाँको पुत्रको जीवन र चरित्रले प्रकट गरिएको छ।
आफूले मानवता ग्रहण गर्नुभएर, ख्रीष्टले मानवतासँग एक हुनुभयो र फेरि त्यसै बखत पापी मानिसहरूको निम्ति स्वर्गको पितालाई प्रकट गर्नुभयो। उहाँ सबै थोकहरूमा उहाँका भाइहरू जस्तै हुनुभएको थियो। हामी जस्तै उहाँ हाड र छाला हुनुभयो। उहाँ भोकाउनुहुन्थ्यो र तिर्खाउनु हुन्थ्यो र थकित हुनुहुन्थ्यो। खाने कुराले उहाँको शरीरलाई सम्हालीराखेको थियो र निन्द्राले उहाँलाई ताजा बनाएको थियो। उहाँ आफ्नो जीवनको सबै जीवन शैली र संस्कारहरूमा अरू मानिसहरूसँगै सहभागी हुनुभएको र उहाँ निर्दोष र निश्कलङ्क परमेश्वरको पुत्र हुनुहुन्थ्यो।
उहाँ कोमल, करुणामय, दयालु, अरूहरूलाई सहानुभूति देखाउने र अरूहरूप्रति संवेदनशील हुनुहुन्थ्यो। आफ्नो होइन, अरूहरूको भलाइप्रति उहाँको चासो थियो। उहाँले परमेश्वरको चरित्र, स्वभाव र मिजासको प्रतिनिधित्व गर्नुभएको थियो। उहाँ निरन्तररूपमा परमेश्वर र मानिसको सेवामा लागिरहनुहुन्थ्यो।
येशूका भक्तहरू उहाँको अनुभवमा सहभागी हुनै पर्छ। तिनीहरूले परमेश्वरको वचनलाई पचाउनै पर्छ। तिनीहरू ख्रीष्टको शक्तिले वचनमा देखाएको वा वर्णन गरेको सफा व्यक्तित्वमा परिवर्तन हुनै पर्छ र परमेश्वरको गुणहरूलाई प्रतिबिम्बित गर्नैपर्छ। ख्रीष्टको काम, मिजास, जोश र जाँगर उहाँका चेलाहहरूको पनि काम, जोश र जाँगर हुनुपर्दछ।
जब जीवन परिवर्तित भएको व्यक्तिले बाइबल अध्ययन गर्छ तब परमेश्वरको पुत्रको मासु खानुपर्दछ र रगत पिउनुपर्दछ। त्यसको अर्थ उहाँ आफैले भन्नुभएको थियो: उहाँको वचनलाई हृदयमा राखेर उहाँले गर्नुभएको जस्तो काम गर्नु नै जीवन र मिजास वा भावना हुन्। जब परमेश्वरको वचन वा बाइबलमा लेखिएका पवित्र नीतिहरू आफ्नो जीवनमा भित्राएर त्यस अनुसार चल्दछ तब वचन देहधारी हुनुभएको र हाम्रो बीचमा रहनुभएको प्रमाणित गर्दछ। संसारको मुक्तिदाताले सबै मानिसहरूको सामु पवित्र, शुद्ध र निश्कलङ्क अनुसरणीय उदाहरण दिएर जानुभएको थियो। परमेश्वरले निर्धारण गर्नुभएका विधि वा नीतिहरूलाई पालन गर्ने सबै आत्मज्ञानले प्रज्ज्वलित हुन्छन्, तिनीहरू उच्च जीवनको उचाईँमा रहन्छन् र अमरत्व प्राप्त गर्दछन्।
१२

previous
अघिल्लो
अर्को
previous
chat