शवर्ग र पृथवी बितेर जानेछ, तर मेरा वचन चिरस्थायी छ वा कहिल्यै पनि बितेर जानेछैनन्।
मत्ती २४:३५-३६
बिना प्रश्न वा विवादै नगरि येशुले बाइबलको गरिमामय आधिकारितालाई औँल्याउनुभएको थियो। हामीले पनि त्यही गर्नु जरुरी छ। अपरिमेय वा अनन्त परमेश्वरको वचन बाइबल हो भनेर सबैको सामु प्रस्तुत गर्नुपर्दछ। सैतानसँगको महान विवादीय युद्धको अन्त्यलाई देखाउने विद्या र हाम्रो विश्वास वा आस्थाको जग बाइबल हो।
फ्रान्सको नास्तिक दार्शनिक र चिन्तक खुब घमण्ड गरेर भनेका थिए, “बाऱ्ह जना मानिसहरूले इसाई धर्मको स्थापना गरे भनेर बारम्बार सुन्नुपर्दा म थाकेको छु। त्यस धर्मलाई गिराउन वा नाश गर्न एक जना मानिस भए पुग्छ भनेर म प्रमाणित गर्नेछु।” विश्वको विगत र वर्तमान इतिहासमा करोडौँ मानिसहरू बाइबललाई आक्रमण गर्न एकजुट भएका थिए र छन्। बाइबललाई ध्वस्त पार्न इसाई भनाउँदाहरू (रोमन क्याथोलिक चर्च) र नास्तिक राष्ट्रहरूले भारी प्रयास गरेका थिए। भोल्टाएरको समयमा केही सय बाइबल थिए भने आज दसौँ हजार, हो करोडौँ बाइबलहरू छन्। सुधारवादी इसाईको एक जना प्रवर्तकले भनेका थिए, “बाइबल अचानो हो। यसले धेरै घनहरूलाई खियाइ दिएको छ।” प्रभुले भन्नुभयो, “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृक सम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो, “परमप्रभु घोषणा गर्नुहुन्छ।” यशैया ५४:१७।
युगको अन्तिम समयमा, अन्तिम महान सङ्कष्टको अघि र यस पृथ्वीलाई पुरै नष्ट गर्नुभन्दा अघि मानिसहरू मोजमज्जा, विवेकलाई मिचेर स्वार्थ, भौतिक चाहनालाई मात्र पोषाउने वा रागहरूमा डुब्ने छन्। जे नाश हुने वा वितिजाने र देखिने तडकभडकहरूले गर्दा अदृश्य र अनन्तको बारेमा तिनीहरूको आत्मज्ञानको आँखा अन्धो भइरहको छ। नाश हुने कुरामा लागेर तिनीहरू आफ्ना सबै धनसम्पत्ति, स्रोत साधनहरू नाश गरिरहेकाछन्। तिनीहरूले अनन्त जीवनमा पाउने दौलत त्यागीरहेका छन्। सारा राष्ट्रहरूको उदय र पतनलाई बाइबलका पवित्र पानाहरूले सरलरूपमा प्रस्तुत गरेको छ। मानिसका सांसारिक महिमा, यश, देखावटी मानसम्मानहरू बेकारका छन् भन्ने बाइबलबाट तिनीहरूले सिक्न आवश्यक छ। यस संसारमा कुनै पनि तत्वहरूमा केवल बाइबलमात्र अटल छ। यो हाम्रो विश्वासको नििश्चत जग हो।
“सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसको फुलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिल्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्। घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”यशैया ४०:६-८ “उहाँका हातका कामहरू विश्वासयोग्य र न्यायपुर्ण छन्, उहाँका सबै आदेश विश्वसनीय हुन्छन्। ती सदाकालको लागि अटल छन्, विश्वासयोग्यता र सत्यतामा गरिएका छन्।’ भजनसंग्रह १११:७-८ मानिसहरूका विद्धा, दर्शन र आधिकारिक वजनहरू सबै नाश भएर जानेछन्। तर परमेश्वरको अटल चट्टान बाइबलमा आफ्नाे जग राख्नेहरू सदासर्वदा खडा भइरहनेछन्।
१०