जीवन दिनुहुने आतमा हुनुहुनछ, भौतिक शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आतमा र जीवन हुन्।
यूहन्ना ६:६३
प्रत्येक बिउ आफैमा उम्रिने नीति हुन्छ। यसैमा विरुवाको जीवन बेरिएको हुन्छ। परमेश्वरको बचन पनि बिउ हो। यसमा जीवन छ। येशुले भन्नुभयो, “तिमीहरूलाई दिएका मेरा वचन र बोलीहरू आत्मा र जीवन हुन्।” युहन्ना ६:६३ बाइबलमा लेखिएका प्रत्येक आदेश र प्रत्येक प्रतिज्ञामा शक्ति छ। तिनीहरूमा परमेश्वसको वास्तविकतालाई अनुभव गरिन्छ। जसले विश्वास र आस्थाद्वारा बाइबललाई ग्रहण गर्दछ उसले परमेश्वरकै जीवन र चरित्रलाई पाइरहेको हुन्छ।
जब हामी बाइबललाई दिन दिनै अध्ययन गर्छौँ तब हाम्रो आत्मिक क्षमता र बल बढ्दै जान्छ। हामी अनुग्रहमा र सत्यको ज्ञानमा बढ्दै जान्छौँ। आत्मसंयमको आदर्श आचरणहरू बनिन्छ र त्यसलाई सशक्तिकरण गरिन्छ। बचपनका कमजोरी र दुर्वलताहरू-पिरोल्ने, झनक्क रिसाउने, आफूले मनपर्ने गर्ने बानी, स्वार्थपना, जे मुखमा आयो त्यही बोल्ने, आवेगमा आएर चल्ने र आफ्नाे मात्र भाऊ खोज्ने प्रबृत्ति प्रभुको वचनद्वारा बिलाउनेछ। तिनीहरूको ठाउँमा परिपक्व येशुभक्त भएर अनुग्रहमा बढ्दै जानेछन्।
बाइबलको शक्ति र प्रभावले दुष्ट बानीका सिक्रीहरू भाँचिदिएको छ। तिनीहरूले स्वार्थपनालाई त्यागेका छन्। गालिबेइञ्जत गर्ने , जे पायो त्यही बोल्ने, परमेश्वरको अपमान गर्नेहरू श्रद्धेय र सज्जन बनेका छन्, जँड्याहा र मतवालीपनहरू शान्त र भलादमी बनेका छन्, व्यभिचारी, चरित्रहीन र भ्रष्टहरू सफा र शुद्ध बनेका छन्। सैतान जस्ता राक्षसहरू भएका मानिसहरू कायापलट भएर परमेश्वरको स्वरूप बनेका छन्।
के तपाईं ईश्वरीय स्वरूपमा मिल्न चाहनुहुन्छ? ख्रीष्टले दिनुहुने जीवनको पानी के तपाईं पिउन चाहनुहुन्छ? यदि त्यो पानी तपाईंले पिउनुभयो तपाईंमा अनन्त जीवनको फोहरा बाल्नेछ। के तपाईं प्रभुको महिमाको निम्ति फलफलाउनु हुन्छ वा गुणै गुणहरूले भरिन चाहनुहुन्छ? के तपाईं अरूहरूको जीवनमा आनन्द, फुर्तिलो र जाँगर ल्याउन चाहनुहुन्छ वा तिनीहरूका अनुहारहरू चम्काउन चाहनुहुन्छ? तब जीवनको खुराकको निम्ति भोकाएका र तिर्खाएको जस्तै बाइबल पढ्नुहोस्। बाइबलमा घोरिएर यसमा भएका सत्य आत्मज्ञानलाई खनेर निकाल्नुहोस्। यसमा दिएका तपाईंलाई जीवन दिने प्रत्येक विद्या र नीति अनुसार चल्न प्रतिवद्धता जनाउनुहोस्। बाइबलमा तपाईंले विश्वास गरेको कारण तपाईं निष्कलङ्क, चोखो, शुद्ध र धर्मी बन्नु हुनेछ। बाइबललाई श्रद्धापुर्वक अध्ययन गर्दा परमेश्वरका सबै आज्ञा र आदेशहरूलाई पालन गर्न अगुवाइ गर्नेछन्।बाइबल तपाईंको निम्ति परमेश्वरको शिक्षा वा सिकाउने आवाज होस्। यो वचनलाई पालन गर्न तपाईंले वचन दिनुहोस, “तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछििल्तर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।” यशैया ३०:२१ ख्रीष्टले आफ्ना तत्कालिन र बन्नुहुने चेला र भक्तहरूको निम्ति यो प्रार्थना गर्नुभएको थियो, “तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।“ यूहन्ना १७:१७
१५