मेरो देह खाने र मेरो रगत पिउनेसित अननत जीवन छ, र अनतयको दिनमा म तयसलाई जीवित पार्नेछु। किनभने मेरो देह साँचचै खानेकुरो हो, र मेरो रगत साँचचै पिउने कुरो हो।
यूहन्ना ६:५४-५५
बाइबलमा भएका र बाइबलले देखाएका जीवित तत्वहरूलाई प्राप्त गर्नु र परमेश्वरको इच्छा वा मनोरथ पुरा गर्नु नै अनन्त जीवन हो। परमेश्वरको पुत्रको देह खानु र रगत पिउनुको अर्थ नै त्यो हो। स्वर्गबाट आएको खुराक वा खाना खान सरिक हुनु हाम्रो विशेष अवसर हो। यो अवसर बाइबल अध्ययन गरेमात्र उपलब्ध हुन्छ। बाइबल अध्ययनले हामीहरूको आत्मिक शरीरमा आत्मिक कोश, आत्मिक हाडहरूभित्र अत्यावश्यक तन्तुहरू र आत्मिक बलियो मांसपेशीको निर्माण हुन्छ।
ती गुणहरू कसैले कसैबाट सार्न सकिन्दैन। प्रत्येक व्यक्तिलाई उपलब्ध गराइएको आशिष आफ्नै भनेर व्यक्तिगतरूमा विनियोजन वा प्रयोग गर्नुपर्दछ। नसारिने अरूको आत्मिक जीवनबाट त्यो व्यक्ति स्वस्थ आत्मिक व्यक्ति हुन सक्दैन र आत्मिकरूपमा सधैँ भोकमरीको मारमा परिरहेको इसाई हुन जान्छ। तपाईंको टेबुलमा खानाको निम्ति असल पौिष्टक परिकारहरू राखिएको छ र अरूहरूले रमाइलोसँग खाइरहेको छ‚ तर तपाईं आफैले त्यसलाई लिएर खाएन भने त्यस परिकारलाई हेरेरमात्र तपाईंको भोक तृप्त हुँदैन न त त्यसले दिने पौिष्टक तत्वहरूले तपाईंलाई स्वस्थ बनाउँछ। खाना हेरेरमात्र कसैक भोक मर्दैन। जसरी भौतिक पौिष्टक खाना हामीले खाएनौँ भने हामी भोकले रन्थनिन्छौँ त्यसरी नै व्यक्तिगतरूपमा आत्मिक भोजन खाएनौँ भने हामीहरूको आत्मिक बल, जोश, जांगर, उमङ्ग, उत्साहहरू चिसिन थाल्दछ र मानिसहरूले त्यस्तो इसाईलाई हेरेर “कस्तो चिसो इसाई रहेछ” भनेर अचम्म मान्न सक्दछ।
हाम्रो सामु भोज राखिएको छ, त्यो भोज खान ख्रीष्टले तपाईंलाई निम्तो दिइरहनुभएको छ। के हामी पछाडि उभिन्दै त्यो भोज नखान्दै यो भनौँ “त्यो त मेरो लागि होइन“ भनेर हात बाँधेर बसौँ? एक जना बाबुले आफ्ना सबै छोराछोरीहरू र घरपरिवारलाई जम्मा गरेर ठूलो भोज दिएका थिए। तर बाहिर एक जना भोको र माग्ने उभिरहेको थियो। त्यस माग्नेलाई भित्र आएर खान खाऊ भन्दा बढो शोकित भएर चिच्यायो, “त्यहाँ त मेरो बुबा छैन!” अनि भोकै फर्केर गयो। यदि येशू आफैले तपाईंलाई खान निम्तो दिइरहनुभएको छ भने के तपाईं पनि त्यस भोको व्यक्ति जस्तो माग्ने? ढुक्क हुनुहोस्, स्वर्गको दरवारमा तपाईं र समस्त मानव प्राणीको पिता हुनुहुन्छ। उहाँ तपाईंको व्यक्तिगत पिता हुनुहुन्छ भनेर तपाईंको जीवनबाट देखाउन म तपाईंलाई आग्रह गर्दछु। उहाँको उदार र विशाल हृदयले दिनुभएको प्रसस्त खजाना र आशिषहरूमा तपाईं सरिक होस् भन्ने उहाँको चाहना हो। प्रत्येक व्यक्ति जो सानो बालकको जस्तो विश्वासले सजिएर र मायालु हृदय लिएर उहाँकहाँ आओस। स्वर्गको दरवारमा तपाईंको पिता हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्।
जीवनको पानीनिर आउनुहोस् र पिउनुहोस्। म तिर्खाएको छु भन्दै गुनासो गर्दै त्यसबाट नभाग्नुहोस्। त्यो जीवनको पानी पिउन तपाईंले केही खर्च गर्नुपर्दैन। तपाईंलाई सित्तैमा उपलब्ध गराएको छ।
जो मानिसले बाइबललाई खान्छ वा पढ्छ र पचाउन सक्छ, आफ्नाे प्रत्येक क्रियाकलाप बाइबलको माग अनुसार चलाउँछ, आफ्नाे चरित्र, स्वभाव र जीवनशैलीलाई बाइबलकै विद्या अनुसार ढाल्दछ, त्यो मानिस परमेश्वरको बल र तागतमा बलियो हुँदै बढ्दछ। यसले मानिसलाई कहिल्यै ननासिने जोश, जाँगर, बल र फुर्ती दिन्छ, प्रत्येक अनुभवलाई खार्दा खार्दै तपाईंलाई परिपक्व आदर्श येशुभक्त बनाउँछ। यसले तपाईंमा सदासदा रहने गरि आनन्द ल्याउँदछ।
१६