यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र अत्यन्त महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइचछाबाट आउने भ्रषटताबाट उमकेर तिमीहरू ईशवरीय सवभावका सहभागी होओ।
२ पत्रुस १:४-५
मानव प्राणीकाे कमजाेर र दुर्वलता मुक्तिदाता आफैले बाेक्नुभएकाे थियो। उहाँले गर्दा कोही पनि मानिस, मानव स्वभावको कम्जोरीको कारणले दुष्ट र पापी स्वभावलाई पराजित गर्न सक्दैन भनेर डराउनुपर्दैन।
येशुले भन्नुभयो, “यस संसारको शासक आइरहेछ। त्यसको ममाथि केही शक्ति वा अधिकार छैन।” युहन्ना १४:३० उहाँको विरुद्धमा सैतान र उसका मानव मतियारहरूले गरेका झुटो तर्कहरूको जवाफ दिन उहाँमा केही पनि थिएन। पाप गर्न उहाँलाई धकेले पनि उहाँ पापमा फस्नुभएन। उहाँले आफ्नाे सोचबिचार पनि पापको प्रलोभनतिर लगाउनुभएन। हामीमा पनि उहाँको जस्तै मानिसिकता र स्वभाव हुनसक्छ। येशुको ईश्वरीयता वा दिव्य स्वभाव परमप्रभुको ईश्वरियताको स्वभावमा मिसिएको थियो। उहाँमा पवित्र आत्मा भएकोले नै कुनै पनि द्वन्द्वसँग सामना गर्न सक्षम् हुनुभएको थियो। र उहाँ आउनुभयो ताकि हामी पनि उहाँकै ईश्वरीय स्वभावमा सहभागी हुन सकौँ। जबसम्म विश्वास, आस्था र निश्ठाद्वारा हामी उहाँसँग एकढिक्का भएर बस्छौँ तबसम्म पापले हामीमाथि रजाईँ गर्न सक्दैन।
वास्तविकरूपमा भन्ने हो भने, पाप गर्ने एउटा रुचि वा झुकाव पनि हामीमा कायम राख्नु आवश्यक छैन। जब हामी ईश्वरीय स्वभावमा सहभागी हुन्छौँ, तब हामीमा भएका बंशज वा हाम्रै रुचिले आवादी वा उत्पादन गरेका गलत नियत वा स्वभावहरू हाम्रा चरित्रबाट टुक्रिएर जानेछन्, अनि असलको निम्ति हामी जीवित शक्ति बनाइन्छ। ईश्वरीय शिक्षकबाट निरन्तररूपमा सिकिरहँदा, दिनदिनै उहाँको स्वभावमा भागिदार भइरहँदा हामी परमप्रभुसँग सहकार्य गरेर सैतानका लोभ, लालसा र फसाउने युक्तिहरूलाई जितिरहनेछौँ।
यस्तो आदर्शमय सफल विश्वासी जीवन कसरी बिताउने भनेर ख्रीष्टले हामीलाई देखाउनुभएकोछ। सैतानसँगको मुकाबिलामा उहाँले कसरी जित्नुभयो त? परमप्रभुको वचनद्वारा। पवित्र वचनद्वारामात्र सैतानले ल्याएको सबै प्रलोभनहरूलाई उहाँले रोक्नुभएको थियो। “यो लेखिएको छ” भनेर उहाँले जिकिर गर्नुभएको थियो। र हामीलाई नै “अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइक्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हुन सकोस्।” २ पत्रुस १:४ परमप्रभुको प्रत्येक प्रतिज्ञा हाम्रै हो। जब अनेकौँ प्रयासद्वारा सैतानले आक्रमण गर्दछ, तब परिस्थितिहरूतिर नहेर्नुहोस् न त तपाईंका आफ्ना कमीकम्जोरी वा दुर्वलहरूलाई, तर परमप्रभुको वचनको शक्तितिर हेर्नुहोस्।
उहाँका प्रतिज्ञा वा वचनहरूलाई जीवनको रूखका पातहरू जस्तै गरेर दिमागमा जम्मा गरेर राख्नुहोस् र तिनीहरूलाई पक्रिराख्नुहोस्। उहाँले यो प्रतिज्ञा गर्नुभएको छ, “पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ।” युहन्ना ६:३७ जब तपाईं उहाँकहाँ आउनुहुन्छ तब उहाँले तपाईंलाई स्वीकार्नुहुन्छ वा आफ्नै बनाउनु हुन्छ भनेर विश्वास गर्नुहोस्। तपाईंले केही गरेकोले होइन तर उहाँले नै प्रतिज्ञा गरेकोले हो। जब तपाईंले यो गर्नुभयो भने तपाईं कहिल्यै पनि नाश हुनेछैन, अहँ कहिल्यै पनि।
१७