Jan 07, 2025

अचूक वा गल्ती नभएको अलौकिक रहस्योघाटन

SCRIPTURE READING — भजनसंग्रह १२:६

परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजसता छन्, जो सात पलट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
भजनसंग्रह १२:६
मानव जगतलाई तिनीहरूको मुक्ति वा तिनीहरूलाई पापको प्रभुत्वबाट स्वतन्त्र हुने र भइरहने आवश्यक आत्मज्ञान प्रभुले बाइबलद्वारा तिनीहरूलाई सुम्पनुभएको छ। प्रभुको कामनालाई प्रकट गर्ने आधिकारिक, अचुक र कहिल्यै भुल नगर्ने वा मानिसलाई भुलमा नपार्ने साधन बाइबल हो। यसलाई जस्तो छ त्यस्तै गरेर स्वीकार्न यसको माग हो। आदर्श र सज्जन चरित्रको निर्माण गर्न, विभिन्न शिक्षादीक्षाहरूलाई प्रकट गर्न र मानिसहरूका अनुभवहरू परमेश्वरबाट हो, आफ्नै हो वा अरू कसैको प्रभावबाट हो भनेर जाँच्न बाइबल दिइएको हो। मानव जीवनको सबै आत्मिक, नैतिक, वौद्धिक र भौतिक पनि बाइबलकै स्तर अनुसार चल्न हाम्रो समक्ष राखिदिएको हो।आजको विश्व आत्मिक अन्धकारले छोपेको छ। मानिसहरूमा पनि समग्ररूपमा कठोर अन्धकारले कब्जा गरेको छ। बाइबलमा भएका विभिन्न मौलिक र नैतिक सिद्धान्त र सत्यहरूलाई धेरैले प्रश्न वा विवाद गरिरहेका छन् र सन्देह प्रकट गरिरहेका छन्। मानिसको आफ्नै तर्क, दर्शन, विध्या, सोचबिचारहरू र कल्पना वा अनुमानित धारणाहरूले बाइबल पवित्र आत्माको प्रेरणाबाट आएको हो भन्ने िवालाई वेवास्ता गरिरहेका छन्। प्रभुले आफ्नै आत्माद्वारा बाइबल उपलब्ध गराइएको हो र यो आफै सरल र स्पष्ट छ भनेर नस्वीकारी अनेकौँ गोप्य वा रहस्यमय अध्यात्मिक मन्थनले मानिसहरूको दिमागमा बादल जस्तै घेरिरहेको छ। बाइबल बलियो चट्टानमा निर्माण गरिएको हो वा यसलाई कसैले पनि हल्लाउन सक्दैन। यसमा भएका सत्यहरू स्पष्ट छन् र तिनीहरूको आफ्नै विशेषता छ। तर इसाई भनाउँदाहरू नै किन नहुन्, बाइबलप्रति पुर्वाग्रह राख्ने, अध्ययन गर्न नरुचाउने र अनेकौँ मनगढन्ते शिक्षादीक्षाहरू निकाल्ने प्रवृत्ति युगको अन्तिम दिनहरूमा हुने विभिन्न चिन्हहरूमा एक हुन।
सुरुमा के लेखिएको छ, बाइबलको स्रोत कहाँबाट आयो, यसमा लेखिएका वचनहरूभन्दा अझ बढि के निकाल्न सक्छ भनेर सिक्न मानिसहरू भरपुर प्रयास गरिरहेका छन्। तिनीहरूका ती ज्ञानबुद्धिसबै मुर्खतापुर्ण छ। युगौँदेखि सरलरूपमा प्रस्तुत गरिएका बाइबलमा हामीबाट लुकिएका सत्यहरू छन् भनेर अनेकौँ मनगढन्ते र रहस्यमय विध्याका चलखेलले मरणशील मानिसको दिमागलाई कब्जा गरेको छ। तिनीहरू माटोको हिलोमा पौडिखेलिरहेकाछन्। तिनीहरू आफुले नै रचेको हिलोको समुद्रबाट उक्सिन सक्दैनन् र आफै परिरहेको हिलोमा अरूहरूलाई कसरी निस्कने भनेर सिकाइरहेका छन्। बाइबलमा अनेकौँ गल्तीहरू छन् भनेर सच्याउन खोज्नेको ठिक चित्रण यो हो। प्रभुले के भन्नुभयो, के भन्नसक्नुपर्थ्यो भन्ने जस्ता सुझावहरू प्रस्तुत गरेर कसैले पनि बाइबललाई सुधार्न अधिकार पवित्र आत्माले दिनुभएको छैन।
प्रभुको प्रेरणाबाट पाएको बाइबल हो भनेर प्रतिवद्धता जनाउँदै बाइबल जस्तो छ त्यस्तै गरेर चल्नु मेरो अटल निर्णय हो। यसमा लेखिएका वचनहरूलाई म सम्पूर्ण हृदयले बिश्वास गर्छु र यसमा मेरो आस्थालाई कसैले पनि हल्लाउन सक्दैन।
पवित्र पुस्तकलाई सैतानले अनेकौँ तरिकाले प्रहार गरेको थियो र त्यसलाई तहसनहस पार्ने उसको प्रयास जारी नै छ। सैतानले दुष्ट र कतिको जान्ने भनेर दावी गर्ने मानिसहरूसँग मिली प्रभुको ईश्वरीय स्वभाव र चरित्रलाई अन्धकार र अनेकौँ मनगढन्ते बादलले छोपिदिएको छ। तर प्रभुले उहाँको पवित्र पुस्तकलाई आश्चर्यचकित क्रियाकलापबाट सुरक्षित राख्नुभएको छ। बाइबललाई अहिलेको अवस्था प्रभुकै योजना अनुसार ढालिएको छ। समस्त मानव प्राणीलाई स्वर्गमा जाने चार्ट वा रेखाचित्र र मार्गनिर्देशिका बाइबल हो।
बिनम्र र विद्वान मानिसहरूद्वारा तयार पारिएको बाइबलप्रति प्रभुलाई हामी धन्यवाद चढाउँछौँ। सबै युगमा र सबै वर्गको निम्ति सुनियोजित तरिकाले तयार पारिएको बाइबल उपयुक्त पुस्तक हो।

previous
अघिल्लो
अर्को
previous
chat