Jan 18, 2025

प्रकृतिले परमेश्वरको बारेमा बताउँदछ

SCRIPTURE READING — लूका १२:२७

“लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न कात्छन्, तर म तिमीहरूलाई भनदछु, सोलोमन राजा पनि आफनाे सारा गौरवमा यीमधये एउटा जतिको पनि विभूषित थिएनन्।“
लूका १२:२७
सुरुमा परमप्रभुले सृष्टि गर्नु भएका सबै थोकहरू सुन्दर र सिद्ध वा कुनै दाग थिएन। तिनीहरू सबैले परमप्रभुको सोचविचारलाई व्यक्त गर्दथे। अदनको बगैँचा आदम र हव्वाको सुन्दर घर थियो। परमप्रभुको शिक्षणमा अदनको बगैँचाका भएका यावत प्रकृति सम्पदा उहाँको ज्ञान वा विद्याले भरिएको थियो। तिनीहरूको आँखामा प्रकृतिमा भएका बुद्धिज्ञानले बोलेका थिए भने तिनीहरूको देखेका ज्ञानहरू हृदयमा खुसीसाथ ग्रहण गर्दथे। परमप्रभुका सृष्टिका कामहरूमा नै ध्यान दिएर तिनीहरूले उहाँसँग संवाद गर्दथे। पाप र पापको दुषित वातावरणले यो पृथ्वी अब विग्रिएको छ र तहसनहस भएको छ। तैपनि तिनीहरूको वरवाद अवस्थामा पनि प्रकृतिमा धेरै सौन्दर्यता कायमै छ।
खैरो र खरानी रङ्गको गलैँचाले यस पृथ्वीलाई हाम्रो परमप्रभु पिताले किन ढाक्नुभएन? हाम्रा इन्द्रिय र भावनाहरूलाई अत्यन्तै मनमुग्ध पार्न र हेर्दा नै रमाइलो र शान्ति दिन उहाँले प्रकृतिलाई विभिन्नु आकर्षित रङ्गहरूले सजाउन चुन्नु भएकोथियो। पृथ्वीको जीवित हरियालीहरूको पहिरणहरूलाई हामीले देख्न पाउँदा हाम्रा हृदयहरू खुशीले कस्तो गदगद हुन्छन् र थकित आत्मा वा दिमागहरूलाई ताजा बनाउँछ ! प्रत्येक घाँसको टुप्पो, प्रत्येक खोलिरहरेको कोपिला र फुलिरहेका फुल परमप्रभुप्रभुको मायाको चिनो हो। तिनीहरूबाट हामीले परमप्रभुमाथि विश्वास गर्न र भरोसा राख्ने पाठहरू सिक्नुपर्दछ।
प्रकृतिको सौन्दर्यतामा निरन्तररूपमा परमप्रभुको बारेमा बोल्न आफ्नाे जिब्रो खोलिरहेको हुन्छ। जब उहाँका हातका कामहरूलाई देख्दछन्, तब खुला हृदय भएकोले उहाँको महिमा र प्रेमको बारेमा प्रभावित हुनसक्छ। प्रकृतिमा भएका मनमुग्द आवाजहरूद्वारा परमप्रभुको संवादलाई सुन्न र बुझ्न सक्छौँ। सूर्यको किरणद्वारा र प्रकृतिका विभिन्न थोकहरूद्वारा पाठहरू सिकाउन परमप्रभुले हाम्रो सामु प्रस्तुत गर्नुभएको छ। हरिया चौर, शानदार रूखहरूले, कोपिला र फुलहरूले आकाशमा तैरिरहेको बादलले, झरिरहेको वर्षाले, कलकल बगिरहेको खोलाले, सूर्य, चन्द्रमा र अन्तरिक्ष तथा आकाशमा भएका ताराहरू सबैले हाम्रो ध्यान खिँक्न चाहन्छ र तिनीहरूको मनन गर्न हामीलाई आह्वान गर्दछ।
धनले मात्र किन्न सक्ने कृतिम वा बनावटी गौरबहरू, अति महंगो चित्रकलाहरू, घरमा सजाउने धेरै दामले किन्ने फर्निचरहरू र तडकभडक देखाउने लुगा वा पहिरणको निम्ति धेरै चाहना गर्नुहुने तपाईंलाई ईश्वरीय शिक्षकको आवाज सुन्न म आह्वान गर्दछु। उहाँले चौरको फुललाई औँल्याउनुहुन्छ। यसको सरल डिजाइन, बुट्टा र बनावट, कुनै पनि मानव सिपको बराबरीमा छैन।
परमप्रभु सुन्दर वा सौन्दर्यताको सोखिन हुनुहुन्छ। मानिसको बाहिरय देखावटी र आकर्षण भन्दा भित्री चरित्रको सौन्दर्यतालाई उहाँले सराहना गर्नुहुन्छ। फूलमा भएको शान्त अनुग्रहहरू, निर्मलता र सरलता जस्तो चरित्र हामीले निर्माण हामीले गरुन् भन्ने परमप्रभुको चाहना हो।
१९

previous
अघिल्लो
अर्को
previous
chat