येशूले सैतानलाई जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटी वा खानाको निम्ति मात्र बाँच्ने होइन, तर परमेश्वरको मुखबाट निसकेको हरेक वचनबाट जीवित रहन बाँचिन्छ’।“
मत्ती ४:४
परमेश्ववरको वचन हाम्रो आत्मिक खुराक हुनुपर्दछ।
यस संसारका मानिसहरूलाई जीवन दिन ख्रीष्टको आउनुभयो। उहाँको जीवनले मानिसलाई बाँच्न दिन्छ।उहाँको वचन बाइबल हो। यसलाई अध्ययन गरेर दिमाग र हृदयमा राख्दा हाम्रो निम्ति आत्मिक पौिष्टक खुराक बन्छ। प्रभुले आफ्नै वचनद्वारा अनेकौँ रोगहरू निको पार्नुभएको थियो भने दुष्ट आत्माहरूले ग्रसित पागलहरू निको पार्नुभएको थियो। उहाँकै शक्तिशाली वचनले उर्लेको समुद्र र आँधीबेहरीलाई शान्त पार्नुभएको थियो। उहाँकै वचनले मुर्दाहरूलाई जीवित पार्नुभएको थियो। उहाँको वचन वा बोली कतिको शक्तिशाली छ भन्ने कुराको वयानको सिमाना नै छैन।
हामीहरूको भौतिक शरीरलाई पौिष्टक खुराकले थामि राख्दछ। त्यसरी नै हाम्रो आत्मिक वा आध्यात्मिक जीवनलाई प्रभुको वचनले थाम्दछ। यस संसारमा जन्मेका प्रत्येक मानव प्राणीले प्रभुको वचनलाई आफ्नै लागि व्यक्तिगतरूपमा प्राप्त गर्नुपर्दछ। हामी स्वस्थ रहन पौिष्टक खाना खान्छौँ, त्यसरी नै आत्मिकरूपमा हृटपुष्ट हुन परमेश्वरको वचन व्यक्तिगतरूपमा अध्ययन गर्नै पर्दछ।
उहाँका प्रतिज्ञा र चेतावनीहरू येशुले मेरै निम्ति दिनुभएको हो। बाइबलमा उल्लेख गरिएका बाइबलसँग सम्वन्धित विभिन्न अनुभव र विवरणहरू मेरै हुनुपर्दछ। बाइबलमा लेखिएका प्रार्थना, नीति र चेतावनीहरू मेरो बनाउन मलाई नै दिइएको हो।
यस संसार र सारा जगतको अस्तित्वको निम्ति सृजनात्मक ऊर्जा वा शक्ति प्रभुको वचनमा नै छ। वचनले शक्ति र ऊर्जा उपलब्ध गराउँछ। यसले जीवनलाई उत्पादन गर्दछ। प्रत्येक आदेश प्रभुको प्रतिज्ञा हो। आफ्नै स्वइच्छाले ग्रहण गर्नुपर्दछ। अन्तरआत्मादेखि ग्रहण गर्नुपर्दछ। अनन्त र अपार परमेश्वरको जीवन प्रभुको वचनले ल्याउँदछ।
जसरी हामीलाई प्रभुको वचनले जीवन प्रदान गर्दछ त्यसरी नै जीवनलाई प्रभुको वचनले नै थामि राख्न दिनुपर्दछ।“परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” मत्ती ४:४ हाम्रो दिमाग र विवेकको निर्माण हामीले पढेका सामग्रीहरूले गर्दछ। मानसिक र शारीरिक जीवनलाई पुष्ट र स्वस्थ राख्न के खानुपर्छ सो खान निर्णय गर्ने अधिकार प्रत्येक मानिलाई दिएको छ। त्यसरी नै हाम्रा कुन सोच, कुन विचारले दिमागमा भराएर, र कुन विषयबस्तुले हाम्रो चरित्रको निर्माण गर्न चाहन्छौँ त्यो चुन्ने अधिकार र शक्ति प्रत्येक मानिसलाई सुम्पिएको छ। प्रभुको स्वरूपमा ढाल्न वैयक्तित वा व्यक्तिगत निर्णयको अधिकार प्रत्येक मानिसको हो र कसैले कसैलाई बलजफ्ती गर्ने नीति पापी मानिसको भएतापनि परमेश्वरको पक्कै होइन।
प्रिय युवायुवतीहरू हो, येशुको नाउँमा यो हार्दिक आग्रह गर्दछु कि लगनशील भएर बाइबल अध्ययन गर्नुहोस्। तपाईंहरूलाई छिटै परमेश्वरको सिंहासनको वरिपरि म भेट्नेछु। तपाईंहरूको निम्ति बाइबल दिउँसो बादलको खम्बा र राती आगोको मुस्लो वा खम्बा हो भनेर तपाईंहरूलाई नै प्रमाणित गरेर यसले देखाउनेछ। तपाईहरूको अगाडि माथि माथि उक्लिरहेको बाटोमा जान बाइबल नै पथप्रदर्शक हो। ओहो, बाइबलको गौरब, मरिमा र यो कतिको किम्मती छ भन्ने तवाईँहरूलाई थाहा छ भनेर म भन्न सक्दिनँ! तपाईंको दिमाग, विवेक, चाहना, हृदय र जीवनको निम्ति चाहिने स्रोत र पुस्तक बाइबल हो। तपाईंहरूको निम्ति परमेश्वरको सन्देश बाइबलमै छ। यो यसरी सरल भाषा र शैलीमा लेखिएको छ कि सानो बालकले पनि बुझ्न सक्दछ। बाइबल कस्तो बहुमुल्य र दामी पुस्तक!
१४