Jan 23, 2025

तपाईंको जीवन के हो र?

SCRIPTURE READING — लूका १२:२३

किनकि प्राण भोजनभनदा र शरीर वसत्रभनदा ठूलो हो।
लूका १२:२३
परमप्रभुले हामीलाई जीवन दिनुभयो। त्यो जीवनलाई निरन्तरता दिन उहाँमा नै भर पर्दछ। यदि पात रूख वा विरूवाबाट अलगियो भने त्यो पात सुक्छ र मर्छ।
जीवनले परमप्रभुको प्रेमलाई प्रकट गर्दछ। जीवन परमप्रभुले हामीलाई दिनुभएको धन साथै प्रतिभा हो। उहाँको पुत्रको बलिको दृिष्टकोणले हेरियो भने त्यो धन वा प्रतिभा अत्यन्तै महङ्गो छ। जीवन वा जीवित जीवले परमप्रभुको स्वामित्वलाई प्रकट गर्दछ। सृष्टिको कारणले हामी उहाँको हौँ। हामीलाई मुक्ति दिनुभएकोले हामी झन वा दोवर उहाँको हुनपुगेका छौँ। हाम्रो जिउने प्राण उहाँबाटनै आउँदछ। उहाँ सृष्टिकर्ता र जीवनको स्रोत हुनुहुन्छ। उच्च जीवनको लेखक वा स्रस्ता उहाँ हुनुहुन्छ। मानव प्राणी उहाँको स्वरूपको ढाँचा वा परिपाटीमा चलोस् भन्ने उहाँ चाहनुहुन्छ।
यस संसारमा जन्मिने प्रत्येक मानिसले यो गम्भिर प्रश्नलाई ध्यान दिनु आवश्यक ठान्नुपर्दछ। परमप्रभु र मेरा मानिसहरूको सामु मेरो जीवन के हो? कोही मानिस पनि आफ्नै निम्तिमात्र बाँच्दैन। कुनै पनि जीवन त्यसै तटस्थ वा टापु भएर बस्न सक्दैन।
प्रत्येक मानिसको दायित्व इसाई वा येशूभक्त जीवन बिताउनु हो। हाम्रो व्यक्तित्व, हामीमा भएका दक्षता, सीप, प्रतिभा, हाम्रो समय, हाम्रो प्रभाव, क्षमता र तागत परमप्रभुले हामीलाई दिनुभएको छ। स्वइच्छाले ती सवै उहाँलाई फर्काउनुपर्दछ। हाम्रो जीवनको लक्ष्य अस्थायी लाभहरूलाई सुरक्षित राख्ने होइन तर अनन्तको लाभहरू हामीले पाएका छौँ भनेर नििश्चत हुनु हो। तपाईंको प्राण वा आत्मा, तपाईंको भौतिक शरीर र सबै सामर्थ्य वा क्षमताहरू उहाँको हो भनेर उहाँले दावी गर्नुहुन्छ; किनभने उहाँको आफ्नै बहुमूल्य रगतले हाम्रा प्राण, भौतिक शरीर र सामर्थ्यहरू किन्नुभएको छ। तिनीहरूको स्वामी उहाँनै हुनुहुन्छ। मेरो जीवन मेरै हो मलाई जे मनलाग्छु त्यही गर्छु, कसैको सरोकार छैन भन्ने मनस्थितिमा तपाईं हुनुहुन्छ भने तपाईंले परमप्रभुलाई सरासर लुटिरहनुभएकोछ। त्यसकारण, प्रत्येक येशूभक्तको महत्त्वपूर्ण सरोकारीय प्रश्न यो हुनुपर्दछ, के मेरो जीवन येशूसँग बुनिएको वा गाँसिएको छ?
इसाई वा येशूभक्तको जीवन के हो? पापको संसारबाट उद्धार गरिएको तपाईंको जीवन हो। तपाईंको जीवन येशूको जीवनसँग टाँसिएको छ।
यदि ख्रीष्टमा भएको हाम्रो जीवन परमप्रभुमा लुकिएको छ भने, जब ख्रीष्ट आउनुहुन्छ, तब हामीपनि उहाँकै गौरव र महिमामा देखा पर्नेछौँ। जबसम्म हामी यस संसारमा छौँ तबसम्म हाम्रो पवित्र सेवा र हामीलाई उहाँले दिनुभएको सबै योग्यता र खुबीहरू उहाँलाई नै सुम्पिनुपर्छ। जीवन के हो? कुनै न कुनै समयमा त्यसको जवाफ तपाईंले दिनै पर्दछ।
२४

previous
अघिल्लो
अर्को
previous
chat