Jan 22, 2025

पृथ्वीको सृिषटको शिखर रचना

SCRIPTURE READING — उत्पत्ति १:२७

परमेश्वरले मानिसलाई आफनै सवरूपमा सृिषट गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृिषट गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृिषट गर्नुभयो।
उत्पत्ति १:२७
मानव जातिको उत्पति कसरी भयो भनेर उत्पति १:२७ मा साफ साफ जानकारी दिएको छ। बाइबलमा प्रस्तुत गरेको मानव जीवनको सुरुवातको विवरण यस्तो सरल शैलीमा दिइएको छ कि त्यसलाई बँग्याउन र गलत निष्कर्ष निकाल्न कुनै कारण पनि छैन।
पृथ्वीको भौगोलिक सृष्टिपछि, परमप्रभुले विभिन्न जनावर, पंक्षी, जलचर र बनस्पति सृष्टि गर्नुभएको थियो। त्यसपछि सृष्टिकर्ताको शिखर रचना मानिस सृष्टि गर्नुभएको थियो। यस सुन्दर पृथ्वी उनलाई नै सुहाउने गरि रचना गरिएको थियो। परमप्रभुले सारा सृष्टि र जीवजीवातहरूको सामु आदमलाई प्रस्तुत गर्नुभएको थियो। परमप्रभुको रचनाहरूलाई सक्रियरूपमा संभार गर्न उनलाई उभ्याइएको थियो।
जब सृष्टिकर्ताको हातबाट आदम बनियो तब उनको उचाईँ अग्लो थियो तब उनको शारीरिक, आत्मिक र मानसिक संरचना सिद्ध र परिपक्व थियो। उनको अनुहार रातोपिरो थियो। यसले उनको शरीर पूर्ण स्वस्थ थियो भनेर देखाएको थियो। उनको अनुहारमा जीवनको ज्योतिको टलक थियो। उनी आनन्दले भरेका थिए। अहिलेका मानिसहरूको उचाईँ भन्दा उनको उचाई ठूलो थियो। हव्वाको उचाई आदमको भन्दा कम थियो; तैपनि उनको बनावट गौरबमय थियो र उनमा सौन्दर्यताले भरिएको थियो।
बनस्पति वा शुक्ष्म प्राणीबाट बिकसित हुँदै बाँदरबाट मानिस विकसित भयो भनेर कठित वैज्ञानिक र शिक्षकहरूले सिकाइरहेका अनुमानित शिक्षाको कुनै आधार नै छैन। उच्च आकाश तथा नक्षत्रहरूमा तारागणहरू स्थापना गर्नुहुने, चौरका मनमोहक फूलहरूलाई बडो सीपद्वारा सजाउनुहुने, आनाे शक्तिले पृथ्वी र आकाश तथा नक्षत्रहरूलाई भरिदिनुहुने परमप्रभुले जब आफ्नाे शिखर संरचना मानिसलाई सृष्टि गर्नुभयो त्यो उहाँको गौरबमय संरचना थियो। उहाँको हातले सुयोग्य मानव प्राणी रक्नुहुँदा उहाँले आफ्नो उत्कृष्ट सृजनाको कला देखाउनुभएको थियो। उनलाई जीवन दिनुभएर यस सुन्दर पृथ्वीको शासकको रूपमा उभ्याइएको थियो। हाम्रो मानव जातको वंशावली बाइबल अनुसार यसको उत्पत्तिलाई औँल्याउँछ। हाम्रो वंशावलीमा वैज्ञानिक वा दार्शनिक भनाउँदाहरूले सिकाएको जस्तै हाम्रो पूर्खा शुक्ष्म जीवाणु, चिप्लेकिरा र चौपाया पशुबाट विकसित हुँदै मानिस भएको होइन तर महान् सृष्टिकर्ता परमप्रभु नै हुनुहुन्छ भनेर हाम्रो वंशावलीले वताउँछ। जमिनको माटो र धुलोबाट बनिएको भएपनि आदम परमप्रभुको पुत्र थिए। स्वर्गदूतहरू पछि सृष्टि गरिएको मानव परिवार परमप्रभुको स्वरूपमा रचिएको थियो। उहाँको सृष्टिका सबै कामहरूमा गौरबमय सृष्टि मानव प्राणी थियो।
जब परमप्रभु सृष्टिकर्ताको हातबाट आदम निस्केका थिए तब उनको रचियिताको जस्तै शारीरिक, मानसिक र आत्मिक स्वभाव बोकेका थिए। जति धेरै लामो आयु भएर मानिस जीवित हुन्छ तब यस स्वरूपलाई प्रकट गरोस् भन्ने परमप्रभुको लक्ष्य थियो।अनि बढ्दै बढ्दै उनको सृष्टिकर्ताको महिमालाई झन झन पूर्णरूपमा प्रतिबिम्बित गरिएको परमप्रभुको चाहना थियो।
२३

previous
अघिल्लो
अर्को
previous
chat