तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठानयाै, र आफनाे इचछा अनुसार नगरी यस दिनलाई मानयता दियौ र यसमा आफनाे खुशी नगरी वयर्थका कुरा गरेनौ भने, तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उचच सथानहरूमा सवार गर्ने तुलयाउनेछु “ परमप्रभुको मुखैले यसो भननुभएको छ।“
यशैया ५८:१३-१४
हामीले कतिसम्म परिश्रम गर्ने हो भनेर परमप्रभुले हामीलाई माया गरेर त्यसको सीमाना तोक्नुभएको छ। साबथ दिनमाथि उहाँको करुणामय र दयालु हात राख्नुभएको छ। उहाँको आफ्नै दिनमा उहाँसँग आत्मियताको सम्बन्ध जोड्न, प्रकृतिको सौन्दयर्ताको उपभोग गर्न र एक आपसमा सुमधुर सम्बन्ध जारी राख्न परिवारलाई अवसर दिन सुरक्षित राखिएको छ।
दुवै साबथ र परिवारलाई अदनको बगैँचामा नै स्थापना गर्नुभएको थियो। दुवैको आपसी सम्बन्ध अटुट वा निरन्तररूपमा गाँसिरहोस् भन्ने परमप्रभुको लक्ष्य हो। अरू कुनै दिनहरूमा भन्दा यो दिनमा अदनको जीवनको प्रत्याभूति पाउन सम्भव छ। परिवारका सदस्यहरू एक आपसमा मिलिजुली, काममा, अध्ययनमा, आराधनामा र रमाइलोमा लागुन् भन्ने परमप्रभुको योजना हो।
परमप्रभुको पवित्र विश्राम दिन मानिसको निम्ति बनाइएको हो। यस दिनमा करुणा, कृपा र दयाका कामहरू गर्नु त्यस दिनको नियतसँग पुर्ण तालमेल छ।
दु:ख, पीडामा परेकाहरूलाई राहत दिन, शोकमा परेकाहरूलाई सान्त्वना दिनु प्रेमको परिश्रम हो। यस पवित्र दिनमा ती कामहरू गर्दा परमप्रभुको सम्मान हुन्छ।
परमप्रभुको सृष्टि गर्न शक्तिको स्मारकको रूपमा साबथ खडा भएकोले, अरू दिनहरूभन्दा यस दिनमा उहाँका कामहरूद्वारा उहाँसँग हामीले अझ राम्रोसँग चिनाजान गर्नुपर्दछ।
सावथ दिनको केही समय प्राकृतिक सौन्दर्यताको रमाइलो गर्न बाहिर जाने अवसर हुनुपर्दछ। यस दिनका बालबालिकाहरू खेलेर समय बिताउनुको सट्टा बाबुआमाको साथमा प्रकृतिमा भएका विभिन्न थोकहरू हेरेर परमप्रभुको बारेमा सही ज्ञान तिनीहरूले पाउनु पर्दछ। बालबालिका, किशोरकिशोरीहरूहरूका दिमागहरूमा प्रकृतिमा भएका सुन्दर दृष्यहरूद्वारा परमप्रभुसँग सम्मिलित हुन सिकोस्। जब तिनीहरूले मानिसको खुशीको निम्ति परमप्रभुले सृष्टि गर्नुभएका सुन्दर थोकहरू हेर्छन् तब तिनीहरूले उहाँलाई मायालु र कोमल पिता हुनुहुन्छ भनेर उहाँप्रति श्रद्धा राख्दै हृदयदेखि आदर गर्न सिक्दछन्। जब परमप्रभुको चरित्रलाई प्रेम, उदारता, सदाशयता, परोपकारिता, सौन्दर्यता र प्राकृतिक आकर्षणको परिवेशमा बुझ्न थाल्दछन् तब तिनीहरू उहाँतिर खिँचिन्छन्।
प्रियहरू, हप्ताभरिका दिनहरूलाई भन्दा साबथलाई अत्यन्त मिठास, आशिषमय र रमाइलो दिन बनाउन म आह्वान गर्दछु।
३०