Jan 24, 2025

सृिषटमा स्थापना गरिएको

SCRIPTURE READING — उत्पत्ति २:२-३

आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र तयसलाई पवित्र तुलयाउनुभयो, किनभने आफूले सृिषटमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
उत्पत्ति २:२-३
महान् यह्वे परमप्रभुले पृथ्वीको जग बसाल्नुभएको थियो। सारा संसारलाई नै र उहाँले सौन्दर्यताको वस्त्रले सजाउनुभएको थियो। मानिसलाईउपयोगी हुने सबै थोकहरूले यस पृथ्वी भर्नुभएको थियो। पृथ्वीका सबै चकित पार्ने भौगोलिक र सागरहरूको संरचना उहाँले नै सृष्टि गर्नुभएको थियो। छ दिनमा सृष्टिको महान् काम सम्पन्न भएको थियो। अनि सातौँ दिनमा आफूले गर्नुभएको कामपछि विश्राम लिनुभयो। आफ्ना हातहरूका कामलाई संतुष्ट भएर उहाँले हेर्नुभयो। सबै सिद्ध र सुन्दर थियो। यो ईश्वरीय स्रस्ता वा रचनाकारको निम्ति योग्य थियो। उहाँले विश्राम लिनुभयो, तर उहाँ थाक्नुभएको कारणले होइन, तर आफ्नाे वुि र सृष्टिका नतिजाहरूले सृष्टिको उत्तम फाइदाहरूको निम्ति बनाउनुभएका संरचनाहरूले उहाँको महिमा प्रकट गरेकोले उहाँले विश्राम लिनुभएको थियो।
सातौँ दिनमा विश्राम लिने सिलसिलामा परमप्रभुले यस दिनलाई पवित्र पार्नुभयो, र मानिसको निम्ति विश्रामको दिन भनेर स्थापना गर्नुभएर अरू दिनहरूबाट अलग राख्नुभयो। सृष्टिकर्ताकै अनुसरण गरेर यस पवित्र दिनमा मानिसले विश्राम लिनुपर्दछ ताकि उसले आकाश अर्थात् नक्षत्रमा र पृथ्वीमा भएका संरचनाहरूलाई हेरेर उहाँको सृष्टिको महान् कामको बारेमा चिन्तन गरुन्। ती सबैमा परमप्रभुको बुद्धिमता र भलोपनका प्रमाणहरू हेर्दै उसको हृदय प्रेमले भावविभोर भएर वा भरिएर उसको सृष्टिकर्ताप्रति श्रद्धा र अगाढ आदर गरुन्।
साबथ मानिसको निम्ति अत्यावश्यक भएको परमप्रभुले महसुस गर्नुभएको थियो। पापले मानिसलाई थकान, पेलान पार्नुभन्दा अघि नै अदनको बगैचामा मानिसलाई साबथ दिन उहाँले उपहारस्वरूप दिनुभएकोथियो। आफ्ना सबै चासोहरू, पेसा र व्यवसायहरूलाई एक दिनको लागि रोकेर परमप्रभुको काममा अझ धेरै र पूरै चिन्तनमनन उसले गर्नुपर्दछ। परमप्रभुको बारेमा अझ धेरै ज्ञानहरू स्पष्टसँग जान्न र उहाँप्रति आभारलाई जगाउन उसलाई साबथको आवश्यकता थियो। उसले रमाइलो गरि उपभोग गरेका सबै आशिषहरू र थोकहरू सृष्टिकर्ताको उदार हातबाट आएका हुन् भनेर उसले थाहा पाइरहनु जरुरी छ।
जब पृथ्वीको जग बसालिएको थियो तब साबथको निम्ति पनि जग बसालिएको थियो। यस गरिमामय प्रतिष्ठानले हाम्रो श्रद्धा, आदर भक्तिको माग गर्दछ। यो कुनै मानवीय अधिकारको आदेशले स्थापना भएको होइन। साबथ कुनै मानवीय र मानव निर्मित धार्मिक परम्पराहरूमाथि बसालिएको होइन। यो परमप्रभुप्रभु आफैले स्थापना गर्नुभको हो। उहाँकै अनन्त वचनको आदेशद्ववारा स्थापना गरिएको गौरबमय साबथ हो।
२५

previous
अघिल्लो
अर्को
previous
chat