तपाईंका वचन मेरा पाऊहरूका नििमत बत्ती, र म हिँड्नुपर्ने बाटोको नििमत उजयालो हो।
भजनसंग्रह ११९:१०५
यस जीवनमा अनेकौँ खाल्डाखुल्डीभएर हिँड्नुपर्दछ। समुद्रमा यात्रा गरिरहेको जहाजको कप्तानलाई अगुवाइ गर्ने उपकरणको आवश्यकता हुन्छ। समुद्रमा बालुवा र चट्टानहरू छन्। त्यसबाट कसरी जोगिएर यात्रा गर्ने भनेर त्यही उपकरणबाट अगुवाइ गर्दछ। हवाइ जहाज कता लाने, कुन निर्देशित दिशातिर लगाउने भनेर देखाउन रफ्तारमा उडिरहेको विमान चालकलाई राडार उपलब्ध गराएको हुन्छ। यस जीवनमा हामी आफ्नै गतिमा हिँडिरहेका हुन्छौँ। यस संसारमा अनेकौँ आवाजहरू छन् जसले हामीलाई अलमलमा पार्दछ। तर हामी तपाईंहरूलाई एउटा गरिमामय मार्गनिर्देशलाई औँल्याउन चाहन्छौँ, त्यो हो पवित्र धर्मशास्त्र बाइबल।
हामीहरूको जीवनको गति कता लाने, कुन आत्मज्ञानको बत्तीको उज्यालोले हाम्रो जीवन अघि बढाउने भन्ने हाम्रो चाहना छ। यस संसारमा हामीलाई तिर्मिराउने तडकभडक पार्ने वा अनेकौँ दर्शन, संस्कार, चालचलन, प्रतिस्पर्धात्मक वातावरणले हामीलाई अलमल वा व्याकुल बनाइरहेका छन्। तर यदि हामीले बाइबलको शिक्षादीक्षा अनुसार चल्ने कलालाई दिमागमा राखेर चल्न सक्यौँ भने हाम्रो जीवनको सबै आयामहरूमा यसले उनति ल्याउँदछ। यस गरिमामय पुस्तकमा हामीलाई चाहिने महत्त्वपुर्ण शिक्षाहरू छन्।
आज संसारको जुनसुकै दिर्घमा होस्, जुनसुकै देश, संस्कार, सभ्यता, जातजातिमा होस् पुरुष, महिला, युवायुवतीहरू कुन ठिक कुन बेठिक बाटो अपनाउने भन्ने कुरामा अन्यौलमा छन्। तर मानिसको पाप र मानिस कसरी निर्दोष भएर पवित्र चालनमा चल्ने भनेर देखाउने, कुन ठिक र कुन बेठिक छ भनेर देखाउन बाइबल नै महान् मापदण्डको रूपमा धरोहर भएर खडा भइरहेको छ। यसमा भएका जीवित नीतिहरू यदि हाम्रो जीवनमा सुनको हार जस्तै सजाएर राख्न सकियो भने सैतान र संसारमा आउने अनेकौँ दु:खकष्ट, परिक्षा, प्रलोभन, लालसामा बाइबलले सुरक्षा गार्ड जस्ताे काम गर्दछ । सत्य वा सत्यमार्गलाई देखाउने मानचित्र वा नक्सा बाइबल हो। जो मानिस बाइबलमा कोरिएको नक्सा अनुसार चल्दछ र त्यसमा परिचित भएर चल्दछ त्यो मानिस जीवनको बाटोमा नलरबराइ हिँड्न सक्छ। कुन काम, कर्तव्य, जिम्मेवारीसाथ अर्थमूलक र उपलब्धीमुलक सार्थक जीवन बिताउने हो भनेर बाइबलले नै देखाउँदछ। त्यसले मानिसलाई दिइएको प्रतिभा, दक्षता, सीप आदिलाई प्रयोग गर्न खटाउँदा उसले कुशलपुर्वक आफ्नो काम सम्पन्न गर्न सक्दछ।
जब कसैले प्रभुको वचन वेवास्ता गरेर चल्छ वा यो त धर्मपुस्तक हो, मलाई आवश्यकता छैन भनेर हठी र अभिमानी भएर चल्छ तब त्यो मानिसको आत्मिक, नैतिक र मौलिक जीवनमा चाहने मार्गनिर्देशक गुमाइरहेको हुन्छ। उसको जीवन सुरक्षित नै हुँदैन। बाइबल नपढ्ने युवायुवतीहरूलाई प्रभुबाट टाढा लगिरहेको हुन्छ। तिनीहरू अहिलेकोमात्र होइन अनन्त जीवन नै गुमाइरहेको हुन्छ।
बाइबललाई पन्छाएर हिँड्ने प्रवृत्तिले नै आज संसारमा अनेकौँ दुष्ट, खराब, ईश्वरविहिन सभ्यता वा संस्कारले प्रभावकारीरूपमा अखडा जमाइरहेका छन्। जब प्रभुको वचनलाई पन्छाएर जो कोही हिँड्छ तब त्यस व्यक्तिले दुष्ट र खराबको शक्तिसँग मुकाबिला गर्ने क्षमता नै हुँदैन। त्यस मानिस आफ्नै स्वभाव र आत्मनिर्णयलाई सर्वोपरि गरेर हिँड्छ। उसको स्वाभाविक हृदय कठोर हुन्छ। प्रभुको नाउँ उसले सुन्न पनि चाहन्दैन।
जब कोही प्रभुको वचनसँग सरसल्लाह गरिचल्छ वा यससँग सहमत भएर चल्छ, यसमा भएका खजानाहरूलाई अझ थाहा पाउन यसमा खोजिखोजि अध्ययन गर्दछ तब स्वर्गका दुतहरू पनि त्यस मानिससँग सहभागी हुन्छन्। हामीहरूको दिमागमा यसका सत्यताले प्रभाव पारिदिएको हुन्छ। हामीमा समझशक्ति र आत्मज्ञानको उदय हुन्छ। हामी वास्तविकरूपमा ठोकुवा गरेर नै यो दावी गर्न सक्छौँ, “तपाईंका वचनको ब्याख्याले ज्याेति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ।” भजनसंग्रह ११९:१३०
प्रभुको वचन आत्मज्ञानको ज्योति हो। यो सत्य हो। प्रभुको सहरतिर अगुवाइ गर्न यसले प्रत्येक कदम कदमलाई डोऱ्याउन सबल पारिदिन्छ।
२