“तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।”
भजनसंग्रह ११९:११
यस संसारमा अनेको गलत, झुटा र मानिसको दिमागलाई अलमल पार्ने जस्ता सामग्री र अनेकौँ बुद्धिमानी, ज्ञानी, दार्शनिक र वैज्ञानिकहरुका शिक्षादीक्षाले भरिभराऊ छ। यदि हामी गलत बाटोमा हिँड्न चाहन्दैनौँ भने हाम्रो दिमागमा सत्यको वचनलाई ओगटिन दिनै पर्छ। बाइबलले मानिसहरूलाई ईश्वरीय शक्तिका अस्त्रहरूले सुसज्जित बनाउन सक्छ। सैतान र उसका मतियारहरूका अग्निवाणहरूको मुकाविला गर्न प्रभुले शक्ति आपुर्ति गर्नुहुन्छ। यदि कोही मानिस सैतान वा अरू कसैको प्रलोभन वा परिक्षामा पर्दा उसको दिमागमा जतन गरिराखेका बाइबलका वचन वा ज्ञानका सम्पत्तिहरूले दिने बल सैतानसँग भिँड्न सक्छ, त्यो मानिस धन्य हो। ऊ श्यावासीको पात्र हो किनकि उसले प्रभुका प्रतिज्ञाहरूमा आश्रय पाउँछ। भजनका लेखकले सबैले बुझ्ने गरेर लेख्दछन्, “तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।”
हामीहरूको हृदयमा, दिमागमा र ओठमा यो वचन निरन्तररूपमा अड्काइ राख्नु जरुरी छ। “यसरी लेखिएको छ” भन्ने वचन नै हाम्रो जीवनको अङ्कुस हुनुपर्दछ। प्रभुको वचनलाई जसले आफ्नो सल्लाहकार बनाउँछ, र यसको सहमति अनुसार चल्न प्रतिवद्धता जनाउँछ, त्यसले आफ्नो मानव हृदय कमजोर भएको भेट्टाउँछ। उसमा भएका प्रत्येक स्वार्थी, अपवित्र र शुद्ध वा चोखो नभएका नियतहरूलाई सफा गर्न र दवाउन प्रभुको अनुग्रहको शक्तिको आबश्यक भएको महसुस गर्दछ। तिनीहरूको दिमाग र मनको स्थिति नै प्रार्थनाले सुसज्जित भइरहेको हुन्छ। अनि तिनीहरूलाई सुरक्षा दिने स्वर्गदुतहरू तिनीहरूको साथमा हुन्छन्। बाढी पहिरो जस्तो जब सैतान आउँछ, तब प्रभुको आत्माले तिनीहरूलाई उचाल्दछन् र उसँग भिड्न बल दिइन्छ। जब प्रभुको वचनलाई सर्वोपरी गरेर हिँड्छ तब त्यस ब्यक्तिको हृदय त्यससँग तालमेल गरेर चल्दछ। उसमा भएको अमुल्य, प्रभावकारी र शक्तिशाली सत्यहरूले उसलाई थामी राख्दछ।
जीवित प्रभुसँग सऺवाद र सम्पर्क जारी राख्ने अरू कोही नभएर प्रभुको वचन नै हो। जसले प्रभुको वचनलाई खाएकै खाएकै गर्छ त्यो व्यक्तिले जे गरेतापनि असल काममा फलदायी भएर देखाउँदछ। बाइबल धेरै सत्यका अनमोल खनिजहरूको खानी छ। ती लुकिएको धन निकाल्न उसले आफ्नो प्रयास जारी राख्नु पर्दछ । त्यो व्यक्ति ईश्वरीय वचनको खानी विशेषज्ञ हुनसक्छ। जब त्यो व्यक्तिलाई फसाउन अनेकौँ प्रलोभन आउँछ तब प्रत्येक क्षण आफुमा भएको प्रभुको वचनलाई प्रयोग गर्दछ। आफूलाई नै चाहेको क्षणमा प्रभुको वचनलाई धेरै प्रभावकारी रूपमा उसले प्रयोग गर्न सक्दछ।
बाइबलसँग अझै उत्तम र राम्रोसँग परिचित हुनु हामीलाई धेरै खाँचो छ। यदि हामीले वचनलाई हृदयमा जतन गरिराख्न सक्यौँ भने हामीलाई प्रहार गर्ने अनेकौँ प्रलोभनहरूका ढोकाहरूलाई बन्द गरिराख्न सक्दछ। सैतानले जब हाम्रो चेतनामा वा अरूहरूकै माध्यमबाट हामीलाई फसाउन खोज्छ तब “यो लेखिएको छ” भन्ने पर्खाल हाम्रो वरिपरि ठड्याऔँ। हामीहरूको साहस, विश्वास, आस्था, निष्ठा र प्रतिवद्धतालाई परिक्षा गर्न सैतानले प्रहार गर्नसक्छ। तर येशुले दिन चाहनुहुने अनुग्रहबाट त्यस प्रहारको मुकाबिला गरियो भने हामी बलियो हुनेछौँ र निरन्तर विजयी जीवन बिताउन उहाँले हामीलाई सशक्त बनाउनुहुन्छ। तर हामीले विश्वास त गर्नै पर्छ। प्रभुले दिनुभएका असङ्ख्य प्रतिज्ञा वा वाचाहरू हाम्रै निम्ति हो भनेर बिना सङ्कोच र विवाद नगरी हाम्रो दिमागमा कब्जा गरिनै राख्नुपर्दछ।
३