“मानिसको इचछाबाट कुनै अगमवाणी आएन, तर पवित्र आतमाबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्।”
२ पत्रुस १:२१
मरणशील र कमिकमजोरी भएका जनहरूलाई आफ्नाे बचन दुवै लिखित मौखिकरूपमा उतार्न प्रभुले प्रेरित गर्नुभएको थियो। पुरानो र नयाँ करार भनेर प्रस्तुत गरिएको बाइबललाई उपयुक्त र सुनियोजित तरिकाले एउटै पुस्तकको रूपमा मिलाएकोछ। यस पतित र पापले भ्रष्ट भएको संसारका सबै मानिसहरूको निम्ति यो मार्गनिर्देशक पुस्तक हो। तिनीहरूलाई प्रदान गरेको यस पुस्तक यदि तिनीहरूले अध्ययन गऱ्याे र त्यस अनुसार चल्यो भने एक जना पापी पनि स्वर्गबाट पन्छिने छैन।
सम्पुर्ण बाइबलको मूल लेखक वा स्रोत परमेश्वर हुनुहुन्छ। तैपनि मानव लेखनशैलीमा लेखिएको छ। विभिन्न पुस्तकहरूका शैलीहरू आ आफ्नै खालका छन्। ती पुस्तकहरूले लेखेकहरूका चरित्र, र शैलीहरू छन्। तर त्यसमा भएका सत्यहरू परमेश्वरकै प्रेरणाद्वारा लेखिएको थियो। २ तिमोथी ३:१६ कतिपय समयमा त्यहाँ व्यक्त गरेका शब्द र शैलीहरू मानिसहरूका लवज हुन्। असिमित प्रभुले आफ्नाे पवित्र आत्माद्वारा उहाँका सेवकहरूका हृदय र दिमागमा दिव्य वा ईश्वरीय ज्ञानको ज्योति चम्काइ दिनुभएको थियो। सपना, दर्शन, विभिन्न प्रतिक र चित्रहरूद्वारा परमेश्वरले आ सन्देशहरू उहाँको सेवकहरूलाई प्रस्तुत गर्नुभएको थियो। सत्यलाई प्रकट गरिएको प्रभुका जनहरूलाई लेखनशैलीमा उतार्न तिनीहरूकै भाषा र सोचमा उतारेका थिए।
सिद्ध बोलिद्वारा होइन मानिसहरूले बुझ्ने गरेर तिनीहरूकै कमजोरी भाषामा तिनीहरूले बुझ्ने गरि प्रभुले बोल्नुभएको थियो। पतित, मानसिक, नैतिक, मन्द र धमिलो दिमाग भएका पृथ्वीका मानिसहरूले उहाँलाई बुझोस भनेर तिनीहरूकै बुझ्ने स्तरमा प्रभुले बोल्नुहुन्छ। यसमा प्रभु निहुरुनुभएर मानिसहरूका बोलिलाई उपयोग गर्नुभएको थियो। सरलतामा बाइबल सिद्ध, खोतरहित भएतापनि प्रभुको बारेमा महान् धारणाका प्रश्न वा जिज्ञासाहरूलाई यसले जवाफ दिँदैन। सिमित, सृष्टि गरिएका मानव साधनमा अपार, अनन्त र असिमित परमेश्वरको ज्ञान अट्नै सक्दैन। कतिपय मानिसहरूले बाइबल अतिरञ्जित गरेर लेखिएको भनेर दावी पनि गर्छन्। तर त्यसमा व्यक्त गरेका प्रभुका बलिया वचनहरूले प्रभुका महान् सोचबिचारहरू अलिअलि गरेर टुक्राइएको छ। त्यसले गर्दा मानिसहरूले आफ्नो क्षमता अनुसार उहाँलाई बिस्तारै बुझ्न सकुन भन्ने उहाँको इच्छा हो। उच्च शिक्षा वा अपार शिक्षाका सत्य सन्देशहरू मानिसहरूले आफ्नै भाषा र शैलीमा बुझुन् भनेर प्रभुले उहाँका सेवक लेखनदासहरूलाई छान्नुभएको थियो।
यस संसारका सबै मानव प्राणीले पठनीय वा पढ्नुपर्ने पुस्तक होस् भनेर बाइबलको खाका प्रभुले नै तयार गर्नुभएको थियो। बालबालिकाहरूले होस्, युवायुवतीहरूले होस् वा हुर्केका मानिसहरू होस् यो पुस्तक जीवनको पाठ्यपुस्तक वा पाठ्यक्रम मानेर सबै समयमा अध्ययन गर्न अनिवार्य छ। आफू को हो भनेर प्रकट गर्न नै प्रभुले मानिसहरूलाई बाइबल दिनुभएको थियो। परमेश्वर मानिसको सम्बन्ध राख्ने उत्कृष्ट माध्यम बाइबल हो।
५