आहा ! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इनसाफहरू कति अगम र उहाँका मार्ग बुझन नसकिने!
रोमी ११:३३
प्रभुको वचन बाइबल यसको दिब्य लेखकको चरित्र जस्तै छ। यसमा कतिपय रहस्यहरू छन् जुन मरणशील मानिसहरूले कहिल्यै पनि पुरा बुझ्न सक्दैनन।
यदि प्रभु र उहाँको बारेमा पुरै बुझ्ने ज्ञान हासिल गर्ने सम्भवगरी मानवप्राणी सृष्टि गरिएको थियो भने तिनीहरू त्यो स्थितिमा पुगेको दावी गर्न सक्छन्, अब सत्यको खोजी गर्न अघि बढ्न आवश्यकता छैन भनेर तिनीहरूले सोच्न सक्दछन्। तिनीहरू आत्मज्ञानले चम्किसकेका छन् र प्रभुको थप ज्ञानको बारेमा जान्नुपर्दैन भनेर ढुक्क हुनसक्छन्। अनि प्रभुको ज्ञान र बुद्धिमा बढ्नु आवश्यकता नभएको र दिमाग, मन वा हृदयलाई प्रभुको आदर्श चाहना अनुसार निर्माण गर्न तिनीहरूले चासो दिँदैनन्। तिनीहरूको निम्ति प्रभु सर्वोच्च हुँदैन। मानिसहरू सिमित ज्ञानले प्रफुल्ल भएर आफू सिद्धि प्राप्त गरेर भगवान वा स्वामी भनेर दावी गर्दै त्यसमा अडकियो भने, हामीलाई नयाँ सत्यतिर लम्किनबाट तिनीहरू रोक्नेछन्। तर प्रभुलाई धन्यवाद चढाऔँ कि यो स्थितिमा मरणशील मानिसलाई पुऱ्याउनुभएको छैन। परमेश्वर अपार, अनन्त, अपरिमेय वा सिमितरहित हुनुहुन्छ। उहाँमा नै “सबै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्।” कलस्सी २:३ वास्तविकरूपमा सारा अनन्तभरि प्रभुको ज्ञान खोजिरहनेछन्, सिकिरहनेछन् र उहाँको ज्ञान, भलाई र शक्तिको बहुमुल्य दौलत कहिल्यै पनि सिद्धिने छैन।
प्राकृतिक संसार, प्रकृति सम्पदा र पर्यावरणमा अनेकौँ रहस्य कुराहरू लुकेका छन्। वैज्ञानिकहरूले अलिअलि गरेर खोतल्दै निकाल्ला, तर कतिपय कुराहरू छन् जुन हामीले कहिल्यै पनि बुझ्न सक्दैनौँ। के आत्मिक जगतमा पनि हामीले बुझ्न नसकिने रहस्य र तथ्यहरू छन् भनेर सोच्नुपर्दा के हामी अचम्म मान्नु पर्दछ र?
बाइबलमा भएका रहस्यहरू र आत्मज्ञानको खानीले प्रभुको प्रेरणाद्वारा बाइबल लेखिएको हो भन्ने बलियो र सबुद प्रमाणहरू अरूभन्दा के होला? प्रभुको बारेमा यहाँ केही लेखिएको छैन जुन हामीलाई आवश्यकता भएको ज्ञानलाई हामीले बुझ्न सक्दैनौँ। यदि परमेश्वरको महानता, वैभवता, महिमा र राजकीयतालाई सिमित वा मरणशील मानिसले बुझ्न सकेको भए बाइबल प्रभुबाट आएको हो भन्ने प्रमाणित हुने थिएन। यसमा प्रभुको अस्तित्वको प्रमाण निश्खोट र सिद्धरूपमा प्रस्तुत गरिएको छ। जति जति खोजनीति गर्दै बाइबल पढियो त्यति त्यति यो प्रभुको जीवित वचन हो भनेर गहिरोरूपमा दिमागमा घुस्न थाल्दछ। अनि मानिसका सबै तर्कहरू, दर्शनहरू, आत्मज्ञानहरू र विद्याहरूले प्रभुको तेजस्वी र राजकीयको अगाडि झुकाउँछ।
मुक्ति पाएकाहरूलाई जीवनको नदीतिर ख्रीष्टले डोऱ्याउनुहुनेछ। यस संसारमा नबुझेका र बुझ्न चाहेका ज्ञानहरू उहाँले नै उघारेर देखाउनुहुनेछ।
प्रभुको सिंहासनबाट निस्किएको चमकले सबै रहस्यहरू बिलय हुनेछन्। आफूले कहिल्यै पनि बुझ्न नसकिने बाइबलमा भएका सत्यहरू थाहा पाएर मुक्ति पाएकाहरूले यसको सरलता थाहा पाएर चकित हुनेछन्।
९