विशवासद्वारा हामी बुझदछौं कि यस पृथ्वी सहित सारा जगतहरू परमेश्वरको वचनद्वारा सृिषट भयो, र जो दृशयछ तयाे अदृशय कुराबाट बनयाे।
हिब्रू ११:३
हाम्रो पृथ्वीको सृष्टि वा यसको अस्तित्वको विवरण वा इतिहास केवल बाइबललेमात्र आधिकारिक, सप्रमाणसहित प्रस्तुत गर्दछ। पृथ्वीको सृष्टिको समयमा, परमप्रभुले पदार्थ वा भौतिक तत्वहरू सृष्टि गर्नुभएन भन्ने शिक्षा वा तर्क आधारहिन छ। हाम्रो पृथ्वीको जग बसालिन्दा परमप्रभु पहिलानै अस्तित्व भएको पदार्थ वा भौतिक तत्व र उर्जाप्रति ऋणी हुनु वा त्यसलाई उपयोग गर्नु आवश्यकता थिएन। त्यसको बिपरित सबै थोक वा चीजहरू, भौतिक वा पदार्थ वा आत्मिक वा निराकार तत्वहरू प्रभु यहोवाको सामु उहाँको आवाजले उहाँको अगाडि खडा भए। ती सबै थोकहरू उहाँकै उद्देश्यको निम्ति सृष्टि गरिएको थियो। सारा अन्तरिक्ष, अनगिन्तयौँ तारामण्डल, तारा पुञ्जहरू, पृथ्वी र यसमा भएका सबै थोकहरू उहाँका हातका कामहरूमात्र नभएर; उहाँकै मुखबाट निस्केको सासले अस्तित्व वा वियमान भएका थिए।
प्रकृतिमा विभिन्नता, विविधता र सृष्टिको प्रत्येक थोकको आआफ्नै व्यक्तिगत विशेषता भएता पनि तिनीहरू विभिन्नता वा अनेकतामा एकता छ। चित्रकलाको महान् गुरु चित्रकार परमप्रभुले उहाँले सृष्टि गर्नुभएको प्रत्येक थोकमा आफ्नाे नाउँ कोरिनुभएको छ। चाहे लेबनानका विशाल, अल्गो देवदार वा धुपी रूखहरू होस् वा पर्खालमा उम्रेमा घाँस किन नहुन् तिनीहरूमा परमप्रभुको नाउँ लेखिएको हुन्छ (तिनीहरू परमप्रभु होइन, त्यसकारण तिनीहरू वा प्रकृतिलाई पूजा गर्ने भनिएको छैन तर तिनीहरूमा परमप्रभुको नाउँको छाप छ भन्न खोजिएको हो)। गौरबमय हिमालदेखि बिशाल समुद्रमा रहेको सानोभन्दा सानो शेल वा खपटाले परमप्रभुको हातका काम र कलाहरूको घोषणा गर्दछ।
रातको आकाशमा देखिने करौडौँ चम्किलो ताराहरूको ताँती उहाँले नै बनाउनुभएको थियो। उहाँले तिनीहरूको नाउँ दिनुभएको छ। स्वर्ग, आकाश, नक्षेत्र र अन्तरिक्षले परमप्रभुको महिमा गर्दछ। तिनीहरू सबैले उहाँका हातका कामहरू देखाउँदछ। अन्तरिक्षमा भएको सानोभन्दा पनि सानो पृथ्वी त परमप्रभुको सृष्टिमा केवल थोप्लामात्र हो भनेर उहाँले बुझाउन चाहनुहुन्छ।
विज्ञानका अत्यन्तै गम्भीर विद्यार्थीले प्रकृतिमा अपार शक्तिले काम गरिरहेको छ भनेर महुसस गर्न कर लगाउँछ। तर परमप्रभुको सहायताबिना प्रकृतिले सिकाउने शिक्षा बाझिएको र निराश बनाउने खालको मानिसको तर्कमा हुन्छ। बाइबलमा देखाएको आत्मज्ञानले वा वचनलेमात्र प्रकृतिलाई ठिक तरिकाले बुझ्न सकिन्छ, त्यो पनि “विश्वासद्वारा हामी बुझ्न सकिने हुन्छ।“
“सुरुमा परमप्रभु“ उत्पत्ति १:१ यसमामात्र विभिन्न जान्न चाहने प्रश्नहरू दिमागमा लिएर आउँदा, नोहाको जहाजमा ढुकुरले पाएको विश्राम जस्तै, विश्राम पाउन सक्छ। चाहे माथि होस् चाहे तलहोस् वा अपारमा होस् परमप्रभुको असिमित र अपार प्रेमले काम गरिरहेको हुन्छ।” “यस हेतुले हामी तिमीहरू सबैका नििम्त निरन्तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नाे बोलावटको योग्य बनाऊन्, र हरेक असल उेश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पुर्ण गरिदेऊन्, ताकि हाम्रा परमेश्वर र प्रभु येशु ख्रीष्टको अनुग्रहअनुसार हाम्रा प्रभु येशुको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।” २ थेसलोनिकी १:११-१२ हो, सबै थोक उहाँको असल आनन्दको शौकमा संतुष्ट हुन काम गरिरहनुहुन्छ।
१८