परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले तयहाँका सबै ग्रह-नक्षत्रहरू।
भजनसंग्रह ३३:६
प्रकृतिको पुस्तक र परमप्रभुले प्रकट गर्नुभएको वचनको पुस्तक वा बाइबलले एउटै परमप्रभुको दिमागको छाप भएकोले तिनीहरूको बीचमा मेलमिलाप वा तालमेल छ। तिनीहरू एक आपस नबाझिएर नै बोल्दछ।
अनेकौँ गलत वा भ्रमपूर्ण अनुमान वा अइकवहरूलाई दिमागमा राखेर प्रकृतिलाई हेर्दा निकालिने धारणाहरूले विज्ञान र बाइबलको बीचमा बाझिएको वा तालमेल नभएको भनेर सांसारिक विद्धान, शिक्षक र वैज्ञानिक भनाउँदाहरू सिकाइरहेकाछन्। गन्जागोल तत्वहरू बिकसित हुन्दै अहिलेको पृथ्वीको अस्तित्व हुन करौँडौँ वर्ष लागेको थियो भनेर तिनीहरूले सिकाउँदछन्। मानिसको दिमाग खेलाएर प्रकट गरिएको अनुमानित विज्ञानसँग बाइबललाई तालमेल गराउन अक्षरस वा वास्तविक छ दिन लगाएर यस पृथ्वीको सृजना भएको हो भन्ने परमप्रभुको ती विकासवाद वैज्ञानिक वा दार्शनिकहरूले बाइबलमा एक दिन भनेको लाखौँ, करोडौँ वा असिमित समय हो भनेर सिकाउँदछन्। यस खालका बाइबलसँग तालमेल नभएका धारणाहरूको कुनै आधारनै छैन।
सृष्टिको प्रत्येक दिन अहिलेको जस्तै बिहान र बेलुका वास्तविक २४ घन्टा दिनहरू नै थिए भनेर बाइबलले हामीलाई बताउँदछ।
सृष्टिको कामको बारेमा व्याख्या गर्दै ईश्वरीय बाणी यस्तो छ, “उहाँका मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्याे स्थिर रह्यो वा त्यसको अस्तित्व भयो।“ भजनसंग्रह ३३:९। यस पृथ्वी, अनगिन्तियौँ ग्रह र नक्षेत्रहरूको अस्तित्वको निम्ति गन्जागोल वा भद्रगोल तत्वहरू बिकसित हुन कतिवर्ष लाग्छ त?
मानिस, बोटबिरूवा, जन्तुजनावरहरूको भग्नावशेष वा प्राचिन बस्तुहरूले बाइबलले तोकिएको सृष्टिको निर्धारित वर्ष भन्दा पनि धेरै वर्षलाई औँल्याउँछ। यसबारे बाइबलको इतिहासले चाहिँदोमात्रामा व्याख्या गर्दछ। जलप्रलयभन्दा अघि बनस्पति र जनावरहरू अहिलेको भन्दा अथाह उच्चकोटीका थिए। जब जलप्रलय भयो तब पृथ्वीका सतहहरू पटपट फुटेका थिए, उल्लेखनीय परिवर्तन भएको थियो, र पृथ्वीका पाप्रा वा खुम्चिएका सतहहरूलाई सुरक्षित राखिएको थियो। जलप्रलयभन्दा पहिला तिनीहरू थिए भनेर प्रमाण गर्न तिनीहरू सुरक्षित राखिएको थियो। तिनीहरू र अरू धेरैले बाइबलको सत्यलाई चुपचाप गवाही दिइरहेकाछन्।
परमप्रभुले सृष्टिको रचना कसरी गर्नुभयो सो मानव जातिलाई कहिल्यै पनि प्रकट गरिएको छैन। परमप्रभु उच्च परमेश्वरकाे रहस्यहरू वैज्ञानिक वा मानवीय विज्ञानले खोतलेर खोतल्न सक्दैन। जसरी उहाँको अस्तित्वलाई कसैले बुझ्न सक्दैन त्यसरी नै उहाँको सृजनात्मक शक्तिलाई कसैले बुझ्न सक्दैन।
२१