“परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुनछ। यसैकारण उहाँद्वारा उहाँलाई हामीले दिने परमेश्वरका महिमाको नििमत हामी “आमेन” भनछाै।”
२ कोरिन्थी १:२०
बहुमुल्य बाइबल प्रभुको रमणीय बगैँचा हो। उहाँका प्रतिज्ञाहरू त्यस बगैँचामा फल्ने अनेकौँ सुन्दर फूलहरू हुन्। ती विभिन रङ्गका मनमोहक फुलहरूमा गुलाफ, सुर्यमुखी, लीली, चमेली, डेजी, लालुपाते, हिबिस्कस आदि हुन्।
ओहो, हामी सबैले प्रभुका प्रतिज्ञाहरूलाई विश्वास गर्ने खुबी भए कस्तो हुने होला? हामीले खुशी आनन्दको अनुभव गर्न र जोशिलो भावनात्मक अनुभव गर्न हामीले हाम्रा हृदयहरूमा हेर्ने होइन। हामीलाई प्रभुले आफ्नै बनाउनुभएको छ भनेर भावानात्मक अनुभवलाई प्रमाणित गरेर हेर्ने होइन। तर उहाँका प्रतिज्ञाहरू जस्ता छन् त्यस्तै लिएर भन्नुपर्दछ कि, “तिनीहरू मेरै लागि हो। पवित्र आत्मामा ममा रहन प्रभुले नै अंगालाेहाउनुभएको छ मैले ज्ञानको ज्योति पाइरहेको छु। हामीलाई यो प्रतिज्ञा दिइएको छ: “तिमीहरूले जे माग्यौँ त्यो तिमीहरूले पायौ भनेर विश्वास गर्नु र ती तिमीहरूकै हुनेछ“ भनेर येशुले प्रतिज्ञा गर्नुभएको थियो। येशु र मेरो बीचमा भएको घुम्टोलाई उघारेर उहाँलाई पक्रिराख्दछु। उहाँ मेरो बल हुनुहुन्छ। मेरो मुक्तिदाता हुनुहुन्छ भन्ने आत्मज्ञानको निम्ति म परमेश्वरलाई धन्यवाद दिँदछु।
बाइबल परमेश्वारको वचन हाम्रै लागि हो भनेर ग्रहण गर्नुपर्दछ। केवल लिखितरूपमामात्र होइन मौखिक रूपमा पनि हो। जब कोही दु:खकष्टमा परेको व्यक्ति येशुकहाँ आउँछ तर उहाँको सहायताको निम्ति आउनेहरूमात्र होइन। युगौँ युगदेखि उहाँको आवश्यकताको महसुस गर्ने र िवश्वासमा आउनेहरूलाई उहाँले पन्छाउनुभएको छैन। पक्षघातले ग्रस्त भएको मानिसलाई उहाँले बोल्भएको थियो, “बाबु, खुशी हो। तिम्रा पापहरू क्षमा भएको छ।” कपरनुममा १२ वर्षसम्म रगत बग्न व्यथा लागेकी महिलालाई उहाँले भन्नुभयो, “छोरी, खुशी र आनन्दित होऊ। तिम्रै विश्वासले तिमीलाई पुरै निको पारेको छ। शान्तिसँग जाऊ।“ अरूहरू पापका भारी बोक्नेहरु, धर्म, जात, लैङ्गिक असमानतामा परेकाहरू उहाँकहाँ आएका थिए। उहाँले सबैलाई समानपुर्वक सान्त्वना र चङ्गाइको राहत दिनुभएको थियो।
प्रभुको वचनमा भएका सबै प्रतिज्ञाहरू सबै युगको निम्ति हो। ती प्रतिज्ञाहरूद्वारा नै उहाँले हामीलाई व्यक्तिगतरूपमा बोलिरहनुभएको छ। ती वचनबाट सिधै उहाँले बोलिरहनुभएको छ। उहाँका आवाजहरू ती वचनबाट हाम्रा चेतनाहरूमा बोल्दछन्। ती प्रतिज्ञाहरूबाटै ख्रीष्टले उहाँको अनुग्रह र शक्ति सञ्चार गर्नुहुन्छ। सारा राष्ट्रलाइ निको पार्ने रूखका पातहरू ती प्रतिज्ञाहरू हुन्। ती वचनहरूलाई ग्रहण गरेर, त्यसैको सहमत र तालमेल गरेर चल्यो भने तिनीहरूले विश्वासकाे चरित्रमा बल मिल्दछ। यस जीवनमा सार्थक र अर्थमुलक जीवन बिताउन र सम्हाली राख्न तिनीहरूले प्रेरणा दिँदछ।
असिमित शक्तिको हातलाई युवायुवतीहरूले पक्रियोस्। विश्वास भनेको केवल कुरा गरेर होइन तर उपयोगमा उतारेर बढ्दछ। प्रभुका प्रतिज्ञाहरूलाई हृदय, दिमाग र चेतनामा खाँडी राख्नुहोस्। प्रभुको सरल प्रतिज्ञामा भरपरेर संतुष्ट हुनुहोस्।
तपाईंको स्मरण गर्ने दिमागको कोठामा येशुका अमुल्य वचनहरू झुण्ड्याइ राख्नुहोस्। कुनै पनि सुन चाँदी र अमुल्य पत्थर वा सम्पत्तिभन्दा तिनीहरूलाई अनमोल मानी राख्नुपर्दछ।
४